संसदको आयुको विषयलाई लिएर राजनीतिक दलहरु र निर्वाचन आयोगबीचको लामो खिचातानीपछि सरकार अन्ततः संसद अधिवेशन अन्त्य गर्न तयार भएको छ।
सरकारले शनिबार राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरिसकेको छ।
सरकारका एक मन्त्रीले दिएको जानकारी अनुसार शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
निर्वाचन आयोगगले असोज २ गतेलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकका उम्मेदवारहरुको नामावलीको बन्द सुची बुझाउने दिन तोकको थियो। आयोगले बिहीबार मात्र पत्रकार सम्मेलन गरेर पुरानो बन्द सुचीमा रहेका व्यक्तिहरुको पद स्वतः खारेज हुने जनाएको थियो। आयोगले राजनीतिक दलका प्रतिनिधीहरुसँग छलफल गरेपछि पत्रकार सम्मेलन गरेको थियो।
यसअघि राजनीतिक दलहरुले संसद्को आयु लम्बाउन विभिन्न किसिमका कसरत गरेका थिए। उनीहरुले आगामी निर्वाचनबाट जितेर आउने सांसदहरुको पहिलो बैठकको अघिल्लो दिनसम्म सांसद रहने गरी कानुन संशोधनका लागि विधेयक तयार गरेर प्रतिनिधिसभामा पेश गरेका थिए।
निर्वाचन आयोगलगायतल कानुन व्यवसायीहरुको दबाव बढेपछि सरकार पछि हटेको हो। आयोगले विध्यमान व्यवस्थालाई उद्रित गर्दै निर्वाचन मिति घोषणा भइसकेको र बन्द सुची बुझाउने मिति समेत सार्वजनिक भएको अवस्थामा संसद र सांसदको आयु नलम्बिने बताउँदै आएको थियो।