काठमाडौं–प्रधानमन्त्री केपी ओलीले वार्तामा बोलाएको नाममा आँफूहरुलाई धम्क्याएको मधेसी मोर्चाले आरोप लगाएको छ। प्रधानमन्त्री केपी ओलीले मंगलबार देशवासीका नाममा सम्वोधन गर्दै मधेसी मोर्चालगायत आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका थिए।प्रधानमन्त्रीले वार्तामार्फनै समस्याको समाधान निस्कने भन्दै सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रतिनिधि पठाएर सहमतिमा आउन आग्रह गरेका थिए। तर मधेसी मोर्चाका नेताले भने प्रधानमन्त्रीले वार्तामा बोलाउने भन्दा पनि धम्क्याउने काम गरेको टिप्पणी गरेका छन्। 'वार्तामा आउने भए आउ नत्र अगाडि बढ्छौं भनेर पनि वार्तामा बोलाएको हुन्छ,' तराई मधेस सद्भावना पार्टीका अध्यक्ष एवं मोर्चाका नेता महेन्द्र राय यादवले नागरिकन्युजसँग भने,' प्रधानमन्त्रीले वार्तामा बोलाउने भन्दा पनि हामीलाई धम्क्याउने काम गर्नु भएको छ। यो सरकार वार्ताको पक्षमा छैन।'
वर्तमान सरकारसँग वार्ताको सम्भावना नरहेको भन्दै उनले भोलि बस्ने संघीय गठबन्धनको बैठकले नयाँ रणनीति तय गर्ने बताए। भावी रणनीति तथा आन्दोलनको कार्यक्रम तय गर्न भोलि (बिहीबार) संघीय गठबन्धनको बैठक बस्दैछ। 'अब उत्पीडनमा परेका सबै समुदाय र जातीय समुहसँग कार्यगत एकता गरी आन्दोलनलाई अगाडि बढाउने दिशामा हामी अगाडि बढेका छौं,' यादवले भने,'अबको आन्दोलन देशव्यापी बनाउने र काठमाडौंलाई दबाब दिने किसिमको हुन्छ।'
मधेसी मोर्चाले आफ्ना माग पूरा गर्न सरकारलाई चैत मसान्तसम्मको समय दिएको थियो। मोर्चाले चैत अन्तिमसम्म पनि माग पूरा नगरे बैशाखदेखि आन्दोलन गर्ने चेतावनी दिएको थियो। 'मोर्चाले दिएको समयसिमा भित्र सरकाले वार्ताको पहल नै गरेन,' यादवले भने,'अब आन्दोलनको विकल्प छैन।' मोर्चाले वर्तमान सरकार रहेसम्म वार्ताको संभावना नरहेकोसमेत जिकिर गरेको छ। वर्तमान सरकार वार्ता र सहमति विरोधी भएको आरोप लगाउँदै आन्दोलनमार्फत नै आफ्नो अधिकार लिने दाबी मोर्चाका नेताहरुले गरेका छन्।