अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मत दिन पाउने
०१ असोज २०७९
•
२ मिनेट पाठ
अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मत दिन पाउने
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने भएका छन्।  




निर्वाचन आयोगले अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फमात्र मत दिन पाउने गरी अस्थायी मतदाता नामावली सम्बन्धी कार्यविधि देशभरका जिल्ला निर्वाचन कार्यालयहरुमा पठाएको छ। जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निर्वाचन अधिकारी दिनेश खनालका अनुसार आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलनका लागि कार्यविधि र प्रकृयाको सूची पठाएको छ। तर मतदाता नामावली कहिलेबाट संकलन गर्ने भन्ने बारे केहि खुलाइएको छैन। कार्यविधिमा आयोगले अस्थायी मतदाता नामावली संकलन गर्ने कार्यक्रम सहितको सूचना प्रकाशन गर्ने उल्लेख गरिएको छ।  

नेपाल सरकार,प्रदेश सरकार स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी,ब्यारेकमा रहेका नेपाली सेना,नेपाल प्रहरी वा सशस्त्र प्रहरी,कारागारका रहेका थुनुवा र कैदी,निर्वाचनको कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी,नेपाल सरकार,प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा नेपाल सरकार,प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिई सञ्चालनमा रहेको वृद्धाश्रममा बसेका व्यक्तिको नाम अस्थायी मतदाता नामावलीमा समावेश गर्ने कार्यविधिमा उल्लेख छ। तर कारागारमा रहेका थुनुवा वा कैदीको हकमा निर्वाचन कसुरमा सजाय भोगिरहेका व्यक्तिको नाम भने अस्थायी मतदाता नामावलीमा समावेश गर्न नसकिने आयोगले जनाएको छ।

कार्यविधिमा कर्मचारी भन्नाले नेपाल सरकार,प्रदेश सरकार तथा स्थानीय तहका सबै सेवा,समूहमा कार्यरत स्थायी,अस्थायी र करारमा कार्यरत कर्मचारी सम्झनुपर्ने उल्लेख गरिएको छ। यो शब्दले विद्यालय र विश्व विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई समेत जनाउने कार्यविधिले परिभाषित गरेको छ।  
अर्को समाचार
निर्वाचन आयोगले जिल्लामा पठायो अस्थायी मतदाता कार्यविधि
०२ असोज २०७९
•
२ मिनेट पाठ
निर्वाचन आयोगले जिल्लामा पठायो अस्थायी मतदाता कार्यविधि
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगले अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मत दिन पाउने गरी अस्थायी मतदाता नामावली सम्बन्धी कार्यविधि देशभरका जिल्ला निर्वाचन कार्यालयमा पठाएको छ।  




जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निर्वाचन अधिकारी दिनेश खनालका अनुसार आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलनका लागि कार्यविधि र प्रक्रियाको सूची पठाएको छ। तर, मतदाता नामावली कहिलेबाट संकलन गर्ने भन्नेबारे केही खुलाइएको छैन। कार्यविधिमा आयोगले अस्थायी मतदाता नामावली संकलन गर्ने कार्यक्रमसहितको सूचना प्रकाशन गर्ने उल्लेख गरिएको छ। 

नेपाल सरकार, प्रदेश सरकार स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिई सञ्चालनमा रहेको वृद्धाश्रममा बसेका व्यक्तिको नाम अस्थायी मतदाता नामावलीमा समावेश गर्ने कार्यविधिमा उल्लेख छ। 

तर, कारागारमा रहेका थुनुवा वा कैदीको हकमा निर्वाचन कसुरमा सजाय भोगिरहेका व्यक्तिको नाम भने अस्थायी मतदाता नामावलीमा समावेश गर्न नसकिने आयोगले बताएको छ। कार्यविधिमा कर्मचारी भन्नाले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका सबै सेवा, समूहमा कार्यरत स्थायी, अस्थायी र करारमा कार्यरत कर्मचारी सम्झनुपर्ने परिभाषा गरिएको छ। यो शब्दले विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई समेत जनाउने कार्यविधिले परिभाषित गरेको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस