काठमाडौं- नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्न निर्माण गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रले दुई महिना नाघिसक्दा पनि पूर्णता पाएको छैन।प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण जानु अघिल्लो दिन गत फागुन ६ गते उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा नेतृत्वमा उक्त संयन्त्र गठन भएको थियो।
प्रदेश संख्या र सीमांकनलगायत मोर्चाका ११ बुँदे मागबारे सहमति खोज्न सरकारले एकतर्फी गठन गरेको उक्त संयन्त्र ११ सदस्यीय हुने जनाइएको थियो। जसमा १० सदस्य पछि थप गर्ने भनिए पनि दुई महिना नाघ्दासमेत पूर्ण हुन सकेको छैन।
उपप्रधान तथा भौतिक योजना निर्माणमन्त्री विजयकुमार गच्छदारले आन्दोलनरत मधेसी मोर्चाले नाम नदिएकाले समितिले पूर्णता पाउन नसकेको जनाए। 'मधेसी मोर्चाबाट समितिलाई पूर्णता दिनका लागि नाम मागेका छौं तर उहाँहरुले दिइरहनुभएको छैन,' गच्छदारले भने, 'उहाँहरूले नाम दिए समितिले तुरुन्तै पूर्णता पाएर काम सुचारु गर्नेछ।'
समितिलाई पूर्णता दिनका लागि सरकारका तर्फबाट प्रयास भने जारी नै राखिएको उनको भनाइ छ। मोर्चाका नेताले थापाको नेतृत्वप्रति असन्तुष्टि जाहेर गरेको उनले बताए। 'व्यक्तिलाई हेरेर समितिमा बस्ने/नबस्ने निर्णय मोर्चाले गर्नुहुन्न, यो सरकारले बनाएको समिति हो,' उनले भने। आन्दोलनभन्दा पनि संविधान संशोधनमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड गर्दै उनले समितिमा आउन मोर्चालाई आग्रह गरे।
सरकारले प्रस्ताव गरेको उक्त संयन्त्र गठन गर्नेबारे प्रमुख दल र मोर्चा सहमत छन् र तर कार्यविधि विवाद मिल्न सकेको छैन। मुख्यतः कार्यविधिमै मोर्चाले 'तराई–मधेसमा दुई प्रदेश हुनेगरी सीमांकन विवादको हल खोज्ने' बुँदा राख्न माग गरेपछि सहमति हुन नसकेको हो।
राजनीतिक संयन्त्र निर्माण गर्ने सवालमा मधेसी मोर्चा सहमत भए पनि त्यसको कार्यविधि, कार्यक्षेत्र र वैधताको सवालमा स्पष्ट धारणा सरकारका तर्फबाट आउन नसक्दा मोर्चाले अस्वीकार गरेको तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले बताए।
'संयन्त्र निर्माणमा मोर्चाको सहमति हो तर त्यसको कार्यविधि, कार्यक्षेत्र र वैधताको सवालमा सरकारी टोलीले प्रष्ट धारणा ल्याउन सकेन,' उनले नागरिकसँग भने, 'त्यसैबीच एकतर्फी रूपमा संयन्त्र गठन गरियो र यो भारत भ्रमणको भिसाका रुपमा सम्झनामा मात्रै रह्यो, काम केही गरेन।' प्रधानमन्त्रीको भारत भ्रमण जाने आधार भूमि तयार पार्न मात्रै संयन्त्र गठन गरिएको उनको आरोप छ।
मोर्चाको वार्ता टोली सदस्यसमेत रहेका त्रिपाठीले थापाको नेतृत्वमा संयन्त्र गठन भएपछि सम्पर्कसमेत नगरेको जनाएका छन्। 'आजसम्म त्यो संयन्त्रलाई पूर्णता दिनेबारे कुराकानी भएको छैन, सरकारी टोलीले कुनै पहल पनि लिएको छैन,' उनले भने।
सीमांकनलगायत मधेसी मोर्चाका मागबारे संयन्त्र गठन गरी तीन महिनाभित्र सुझाव दिइसक्ने जनाइएको थियो। मोर्चाले त्यसमा भद्र सहमति जनाए पनि अघिल्लो संविधानसभाको राज्य पुनर्संरचना समिति र राज्य पुनर्संरचना आयोगको सिफारिसलाई 'आधार बनाउने कि सन्दर्भ सामग्री लिने' भन्नेमा पनि मोर्चा र सरकारबीच सहमति जुट्न सकिरहेको छैन।