चितवन–भारतीय जनता पार्टीका नेता दिनेश उपाध्यायले नेपाल भारत छिमेकी मात्रै नभएर नातेदार भएको बताएका छन्।'भारत नेपालबीचको सम्बन्ध अर्कै छ। मित्र र छिमेकीको सम्बन्ध होइन हामी त नातेदार नै हौं। नेपाल चीन होस वा पुरै विश्वसँग मित्रता गरोस हाम्रो नाता परिवर्तन हुँदैन', मंगलबार बिहान नारायणगढमा पत्रकारसँग कुरा गर्दै नेता उपाध्यायले भने।
भाजपा स्थापना कालसँगै सो पार्टीमा आवद्ध उपाध्यया हाल सो पार्टीको चिकित्सक संगठनको राष्ट्रिय सह–सयोजक हुन्। उनले नेपाली संविधानमा 'सनातनदेखि चल्दै आएको धर्मको संरक्षण गर्दै' भन्ने वाक्य रहनु खुसीको कुरा भएको बताए। सनातन धर्म हिन्दु धर्मभन्दा पनि पुरानो भएको र नेपाली संविधानले सनातन धर्मको रक्षा र गाईको रक्षा गर्नु निकै सुखद भएको उनले बताए।