अस्वाभाविक रूपमा कर्मचारी चलाउँदै वनमन्त्री
०४ असोज २०७९
•
३ मिनेट पाठ
अस्वाभाविक रूपमा कर्मचारी चलाउँदै वनमन्त्री
आफ्नो चाहनाअनुसार काम नगरेपछि वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयमातहतका कर्मचारीहरू अस्वाभाविक रूपमा चलाएका छन्। मन्त्रालयमा आएलगत्तै यादवले मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा विधि र परम्पार मिच्दै कर्मचारीहरूको जिम्मेवारी फेरबदल गरेका हुन्। काठ मापनसम्बन्धी (सूत्र) तथा झ्याउ संकलन तथा निकासीसम्बन्धी वन नियमावली, २०७९ लाई परिमार्जन गर्न मस्यौदा तयार गर्न गठित कार्यदलको संयोजकसमेत रहेका वन तथा भूसंरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसीलाई अपमान गर्दै वन मन्त्री यादवले अघिल्लो साता वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको उपमहानिर्देशक पदमा लगेका थिए। दीपेशमनि त्रिपाठीलाई विभागको महानिर्देशकमा ल्याउन केसीलाई विभागबाट सरुवा गरिएको थियो।  




केसीले प्रशिक्षण केन्द्रमा आफूले हाजिरी नगर्ने, बरू जागिरी छाड्ने अडान लिएपछि मन्त्री यादव केही लचिलो भए। केसीलाई चुरे उत्थानशील आयोजनाको प्रमुख बनाइ सरुवा गरे। त्यहाँ पनि केसीले हाजिरी गरेका छैनन्। केसीनिकट स्रोतका अनुसार उनले अझै ४÷५ दिन हाजिरी नगर्ने सोच बनाएका छन्। मन्त्रालय स्रोतका अनुसार केसीले तयार गरेको प्रतिवेदनमा १० क्युफिट (घनमिटर) बराबरको काठ मापन विधिलाई बढाएर १२ देखि साढे १२ सम्म क्युफिट पु¥याउन प्रस्ताव गरिएको छ। यसबाट काठ खरिद गर्न व्यापारीलाई घाटा हुने र राज्यलाई राजस्व बढ्ने निश्चित छ। यसबाट काठसँग सम्बन्धित व्यापारीहरू खुसी नभएको स्रोतको भनाइ छ। राज्यलाई राजस्व थप उठ्ने गरी तयार गरिएको प्रस्तावमा मन्त्री यादव सकारात्मक नभएको बताइएको छ। ‘त्यसैले यो प्रस्ताव मन्त्रिपरिषद्सम्म लगिएको छैन,’ स्रोतले भन्यो। केही समयअघि नै कार्यदले प्रतिवेदन तयार गरी मन्त्रालयमा बुझाइसकेको छ।  

निवर्तमान वनमन्त्री रामसहाय यादवले ल्याएका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागकाका महानिर्देशक रामचन्द्र कँडेललाई सरूवा गरी कँडेलको ठाउँमा महेश्वर ढकाललाई ल्याइएको छ। यसैगरी यादवले जलवायु परिवर्तन व्यवस्थापन महाशाखका महाशाखा प्रमुख राधा वाग्लेलाई सरुवा गरी वनस्पति विभागमा लगेका छन्। वनस्पति विभागका महानिर्देशक बुद्धि पौडेललाइ सरुवा गरी जलवायु परिवर्तन व्यवस्थापन महाशाखामा लगिएको छ।

यसैगरी मन्त्रालयका सहसचिव सिन्धु ढुंगानालाई राष्ट्रपति चुरेको सदस्य सचिवमा लगिएको छ। राष्ट्रपति चुरको सदस्य सचिव महेश्वर ढकाललालई निकुञ्ज विभागमा लग्न मन्त्री यादवले ढुंगानालाई मन्त्रालयबाट मन्त्रालयबाट ल्याएका थिए। मन्त्री यादवले दुईवटा कार्यालयमा उपसचिवको दरबन्दीमा शाखा अधिकृतलाई जिम्मा दिएका छन्। संरक्षण अधिकृत (उपसचिवसरह) दरबन्द रहेको कोसी टप्पु वन्यजन्तु आरक्षमा शाखा अधिकृत सरहका सहायक संरक्षण अधिकृतर रमेश यादवलाई जिम्मेवारी दिइएको छ। यसैगरी संरक्षण अधिकृतको दरबन्दी रहेको पर्सा राष्ट्रिय निकुञ्जमा सहायक संरक्षण अधिकृत अशोक रामलाई जिम्मा दिइएको छ।  

दार्चुलामा रहेको अपिनप्पा संरक्षण क्षेत्रमा भने उपससचिव सरहका कर्मचारी जान नमाने पछि शाखा अधिकृत सरहका कर्मचारीलाई जिम्मा दिइएको छ।  

निकुञ्जभित्र होटल खोल्न दिने तयारी वनमन्त्री यादवले राष्ट्रिय निकुञ्ज नियमावली छैटौ संशोधन गरी १२ वटै निकुञ्जभित्र होटल खोल्ने दिने तयारी गरेका छन्। निकुञ्ज नियमावली संशोधन गर्न उनले निकुञ्जका उपहानिर्देशक अजय कार्कीको संयोजकत्वमा एउटा कार्यदल गठन गरिएको छ। उक्त कार्यदलले निकुञ्ज नियमावली संशोधनका लागि प्रतिवेदन तयार गर्न अध्ययन गरीरहेको कार्यदलका संयोजक कार्कीले बताए। अहिले रारा राष्ट्रिय निकुञ्ज मात्र निजी क्षेत्रलाई होटल खोल्न दिइएको छ। त्यो पनि एउटा मात्र होटल खोलिएको छ। चितवन राष्ट्रिय निकुञ्जमा खोलिएका ७ वटा होटल २०६८ सालमै बन्द गरिएका थिए।

कार्यदलमा रहेका एक सदस्यका अनुसार निश्चित विधि र प्रक्रिया पूरा गरेर निकुञ्जमा होटल खोल्न दिनुपर्छ भन्ने राय सहित प्रतिबेदन बुझाउने कार्यदलको तयारी रहेको छ। ‘निकुञ्जभित्र होटल दिन आवश्यक भइसकेको छ। तर यसका लागि निश्चित विधि र प्रक्रिया पूरा गर्नुपर्छ,’ ती सदस्यले भने, ‘तर कसैसँग सोझै सम्झौता गरी निकुञ्जभित्र होटल खोल्नुहुँदैन।’ अहिले सगरमाथा, लामटाङ र मकाल निकुञ्जमा साना साना चियापसल खोल्न दिइएको छ। वन मन्त्रालय स्रोतका अनुसार आफ्नै कार्यकालमा निकुञ्जभित्र केही व्यवासायी होटल खोल्नकोलागि अनुमानित दिने वनमन्त्री यादवको योजना छ।
अर्को समाचार
विकासका नाममा हुने डोजर आतङ्क बन्द हुनुपर्छ: मन्त्री यादव
२५ भदौ २०७९
•
२ मिनेट पाठ
विकासका नाममा हुने डोजर आतङ्क बन्द हुनुपर्छ: मन्त्री यादव
वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका नाममा हुने डोजर आतङ्क बन्द हुनुपर्ने बताएका छन्। पछिल्लो समय विकासका नाममा जाथाभावी डोजर प्रयोग गरी जङ्गल विनास गर्नुका साथै ठाउँ–ठाउँमा पहिरा जाने र बाढी पहिराको जोखिम बढ्दै गएकाले विकासमा नाममा जङ्गल तथा डाँडाकाँडा भत्काउने तथा मास्ने कार्य तत्काल बन्द हुनुपर्ने उनले बताए।




उनले भने, ‘सडक चाहियो भन्दैमा डोजर लाएर जङ्गल मासेर डाँडा भत्काउन काम अब रोक्नुपर्छ, जथाभावी डोजर प्रयोग गर्दा कति विनास हुँदैछ, त्यसको ख्याल गरेरमात्रै डोजर प्रयोग गर्न आवश्यक छ।’ यसैगरी उनले शिक्षा, सडक, विद्युत् आजको प्रमुख आवश्यकता भए पनि जथाभावी डोजर प्रयोग गरेर सडक बनाउँदा विकाससँग सँगै विनास निम्त्याएको उल्लेख गरे।

‘म विकासको विरोधी होइन तर विकास गर्ने नाममा विनास नमित्यिोस’, उनले भने, ‘हामीले गरेका विकासले दीर्घकालिन रुपमा सेवा देओस् तर हाम्रा विकासले विनासको जोखिम नल्याओस।’ जलवायू परिर्वतनका कारण विश्वभरीमा विभिन्न घटनाक्रम बढ्दै गइरहेकाले नेपालले पनि अब जलवायू परिर्वतनका क्षेत्रमा सचेत भएर काम गर्नुपर्ने उनको भनाइ थियो।  

विशेष गरी नेपालका पहाडी क्षेत्रमा पछिल्लो समय डाँडाकाँडा भत्काउनका लागि तीनै तहका सरकारतर्फबाट डोजर प्रयोग गर्दै आइएकाले त्यसलाई रोक्न कडा कानुनको व्यवस्था आवश्यक रहेको र उक्त कार्य रोक्नु पर्ने मन्त्री यादवको जोड थियो। सडकलगायतका विकास गर्दा विज्ञसँगको राय सुझाव तथा सल्लाह अनुसार काम गर्नुपर्ने मन्त्री यादवको भनाइ थियो।

यसैगरी उनले विकास र वातावरण एक आपसका प्रतिद्धन्द्धी नभइ परिपूरक भएकाले दिगो विकासको अवधारणा बमोजिम नै नेपाल सरकारले सञ्चालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई अनिवार्य रुपमा सम्बोधन गर्नुपर्ने धारणा राखे। वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ अनुसार सबैले विकास निर्माणका काम गर्नुपर्ने उनको भनाइ थियो। वायू प्रदूषण न्यूनीकरणका लागि सरकारले विभिन्न काम गर्न निती नियम बनाएको भए पनि कार्यान्वयन पक्ष फितलो भएका कारण समस्या भएको समेत मन्त्री यादवले बताए। 
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस