काठमाडौं- नयाँ संविधानप्रति बिमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मोर्चासमेत आबद्ध रहेको संघीय गठबन्धनले खस समुदायलाई आदिबासीमा सूचीकृत गर्न माग गरेको छ।संघीय गठबन्धनकोतर्फबाट जारी २६ बुदेँ साझा मुद्दा र मागहरु शीर्षकमार्फत् खस समुदायलाई आदिबासी समुदायमा सुचिकृत गर्न माग गरेको हो। मधेसी मोर्चाका नेताको सहमतिमा निमार्ण भएको उक्त अवधारणमा पहिलो पटक यस्तो मागको ब्यवस्था गरिएको हो।
साझा मुद्दा र माग उल्लेख भएको अपिलको बुदाँ नं २ मा नै 'खस समुदायलाई पनि आदिबासीको सूचीकृत गर्ने' भन्ने उल्लेख गरिएको छ। औपचारिकरुपमा खसान प्रदेश बनाउनुपर्ने माग राख्दै उक्त गठबन्धनले पहिलो पटक राजधानीमा सोमबार बृहत् अन्तर्क्रियात्मक कार्यक्रमको आयोजना गरेको थियो।
उक्त कार्यक्रममा खसान राष्ट्रिय संयुक्त संघर्ष समितिका संयोजक प्रेमवहादुर खातीले मोर्चाका नेताहरुलाई हिमाल पहाडमा भ्रमण गर्न आग्रहसमेत गरेका थिए। ...राजेन्द्र (महतो)जी तपाई अब दिल्ली होइन,, हिमाल पहाडमा घुम्न आउनुहोस, हामी तपाईलाई खान र बस्ने ब्यवस्था मिलाउँछौं' उक्त कार्यक्रममा खातीले भने पछि महत्तोले स्विकृति स्वरुप टाउको पनि हल्लाएको थिए। खातीले उक्त कार्यक्रममार्फत मधेसी नेतालाई पहाड, हिमाली भेग घुम्नका लागि आग्रह गरेका थिए।