काठमाडाैं-सरकारले आफ्नो माग पूरा नगरेको भन्दै आन्दोलनको तयारी गरिरहेको संघीय गठबन्धनले आन्दोलनको स्वरुपका विषयमा निर्णय गर्न सकेन।मंगलबार संघीय समाजवादी फोरम नेपालको कार्यलय तीनकुनेमा बसेको गठबन्धनको बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेपनि आन्दोलनको स्वरुपका विषयमा नेताहरुबीच मत बाँझिएपछि आन्दोलनका कार्यक्रम घोषणा नभएको हो।
गठबन्धनले बुधबार बस्ने बैठकले त्यससमन्धी निर्णय लिने नेताहरुले बताएका छन्। 'आजको बैठकमा सहभागीहरुले आन्दोलनका विषमया आ–आफ्नो सुझाव दिनु भएको छ,' गठबन्धनका नेता एवं तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले भने,' नेताहरुबाट प्राप्त सुझावलाई भोलिबस्ने बैठकले अन्तिम रुप दिनेछ।'
बैठकमा नेताहरुले विगतमा तराई केन्द्रित आन्दोलन गर्दा तराईका जनताले दुःख पाएको र त्यसले काठमाडौंलाई सोचेजस्तो प्रभाव नपारेको भन्दै अबको आन्दोलन काठमाडौं केन्द्रित गर्नुपर्ने बताएका थिए। 'हाम्रो माग सरकारसँग हो। सरकारलाई माग पूरा गर्न बाध्यपार्न काठमाडौं केन्द्रित आन्दोलन आवश्यक छ,' बैठकमा जनजाति केन्द्रित दलले भनेका थिए। तर मधेस केन्द्रित दलले भने ७५ वटै जिल्लामा आन्दोलन सुरु गर्नुपर्ने प्रस्ताव राखेका थिए।
'आज सबैका कुरा सुन्ने काममात्र भयो,' सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले भने,'हामीले (मधेसी दल) ७५ वटै जिल्लाबाट आन्दोलन सुरु गर्नुपर्छ भन्ने प्रस्ताव राख्यौं। जनजाति सम्बन्धित दलले भने काठमाडौं केन्द्रित आन्दोलन गर्न सुझाव दिनु भएको छ।'
बुधबार बस्ने गबठन्धनले भावी आन्दोलनका कार्यक्रम घोषणा गर्ने संभावना रहेको एक नेताले बताए। पहिलो चरणमा जनजागरणका कार्यक्रम गर्ने र जेठको पहिलो साताबाट दबाब मुलक कार्यक्रम संचालन गर्न गठबन्धनको सचिवालयले शीर्ष नेतालाई सुझाव दिइसकेको छ। सबैको भावना समेटेर आन्दोलनका कार्यक्रम घोषणा हुने नेताहरुले बताएका छन्। गठबन्धनमा विभिन्न २५ दल सहभागी छन्।