भागबन्डामा २१ राजदूत सिफारिस
०७ वैशाख २०७३
•
१३ मिनेट पाठ
भागबन्डामा २१ राजदूत सिफारिस
काठमाडौं-सरकारले बिनामापदण्ड, राजनीतिक भागबन्डाका आधारमा २१ जनाको नाम राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। मन्त्रिपरिषद बैठकले मंगलबार कूटनीतिक सेवा (परराष्ट्र) बाट ८ र विभिन्न राजनीतिक दलको भागबन्डाका आधारमा १३ गरी २१ जनाको नाम राजदूतमा सिफारिस गरेको हो।




परराष्ट्र सेवाबाट वरिष्ठताका आधारमा ८ जना सहसचिवलाई राजदूतमा सिफारिस गरिएको छ भने अन्य १३ जना बिनामापदण्ड पार्टीमा आबद्ध रहेकै आधारमा सिफारिसमा परेका छन् । राजदूतमा सिफारिस हुनेमा ३ जना पूर्वमन्त्रीसमेत रहेका छन् भने दूतावास नै नखोलेको देश अस्ट्रियाको लागि समेत राजदूत सिफारिस गरेको छ । सरकारले पहिलोपटक यति ठूलो संख्यामा एकैपटक राजदूतको नाम सिफारिस गरेको हो ।

'२१ जनाको नाम राजदूतमा सिफारिस गरिएको छ,' मन्त्रिपरिषद बैठकबारे जानकारी दिँदै मुख्य सचिव सोमलाल सुवेदीले भने, 'रिक्त रहेको ओमानका लागि भने राजदूत सिफारिस गरिएको छैन ।'

राजदूतमा सिफारिस भएका परराष्ट्र मन्त्रालयका ८ जना वरिष्ठ सहसचिवमा दुर्गाबहादुर सुवेदी, रमेश खनाल, झविन्द्र अर्याल, लोकबहादुर थापा, प्रकाश सुवेदी, सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल र ऋषि घिमिरे छन् । सहसचिवहरु दुर्गाबहादुर, खनाल, अर्याल, थापा, प्रकाश, अधिकारी, पोखरेल र घिमिरे क्रमशः बेलायत, जर्मनी, इजिप्ट, बेल्जियम, अस्ट्रिया, पाकिस्तान, ब्राजिल र म्यानमारका लागि राजदूतमा सिफारिस गरिएको छ ।

राजनीतिक भागबन्डामा परेका १३ राजदूतमध्ये नेकपा एमालेका तर्फबाट ६ जना, एकीकृत नेकपा माओवादीतर्फबाट ४ र राप्रपा नेपालका तर्फबाट तीन जना छन् । एमालेको कोटाबाट राजदूतमा सिफारिस भएकोमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, एमाले पोलिटब्युरो सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री युवराज कार्की, प्राध्यापक नारद भारद्वाज, एमाले केन्द्रीय सदस्य शिवमाया तुम्बाहाम्फे, त्रिभुवन विश्वविद्यालय इन्टरनेसनल रिलेसनको संयोजक तथा एमालेका पूर्व विदेश विभाग सदस्य खड्ग केसी र इन्जिनियर अलि अख्तर मिकरानी छन् ।

एमालेको कोटाबाट राजदूतमा सिफारिस परेका पाण्डे, कार्की, भारद्वाज, तुम्बाहाम्फे, केसी र मिकरानी क्रमशः चीन, दक्षिण कोरिया, श्रीलंका, इजरायल, जापान र साउदी अरबका लागि राजदूतमा सिफारिस भएका हुन् । माओवादी कोटाबाट राजदूतमा सिफारिस भएकोमा दोस्रो संविधानसभा निर्वाचनअघि एमालेबाट माओवादीमा प्रवेश गरेकी पूर्वसभासद लक्की शेर्पा, राइजिङ नेपालका प्रधान सम्पादक युवनाथ लम्साल, दलित आन्दोलनकर्मी पदम सुन्दास र प्राध्यापक महेन्द्र सिंह छन् ।

राजदूत सिफारिसमा परेका शेर्पा, लम्साल, सुन्दास र सिंह क्रमशः अस्ट्रेलिया, डेनमार्क, बहराइन र कतारका लागि सिफारिस भएका हुन् । यस्तै, राप्रपा नेपालबाट पूर्व गृहराज्यमन्त्री तथा कानुनमन्त्री निरञ्जन थापा, राप्रपा नेपालकै केन्द्रीय सदस्य तथा पूर्वजर्नेल भरतबहादुर रायमाझी र अर्का केन्द्रीय सदस्य तथा पूर्व शिक्षासचिव खगेन्द्र बस्नेतको नाम पनि राजदूतका लागि सिफारिस भएको छ । थापा, रायमाझी र बस्नेत क्रमशः रुस, युएई र बंगलादेशका लागि राजदूत सिफारिस भएका हुन् ।

राजदूतमा सिफारिसमा परेका पूर्वमन्त्रीमध्ये पाण्डे सुशील कोइराला नेतृत्व सरकारमा एमालेबाट परराष्ट्रमन्त्री थिए । एमाले पोलिटब्युरो सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री कार्की एमाले नेता झलनाथ खनालनिकट मानिन्छन् ।

राजदूत सिफारिसमा परेका अर्का पूर्वमन्त्री थापा २०४६ को जनआन्दोलनअघि गृहराज्यमन्त्री र पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा कानुनमन्त्री थिए ।

एमाओवादीबाट राजदूत सिफारिसमा परेकी शेर्पा पहिलो संविधानसभामा एमालेबाट सभासद थिइन् । उनी दोस्रो संविधानसभा निर्वाचनको केही दिनअघि मात्र माओवादी प्रवेश गरेकी हुन् । मंगलबार मन्त्रिपरिषद बैठकमा उनैको नाममा एमाले र माओवादी मन्त्रीबीच भनाभन चलेको थियो । स्रोतअनुसार एमालेले शेर्पाको नाम राजदूत सिफारिसबाट हटाउन चाहे पनि माओवादीको ठूलो दबाबपछि राजदूत सिफारिसको सूचीमा समावेश गरिएको थियो ।

सरकार फेरिएपिच्छे राजदूत नियुक्त गर्दा सधैँ मापदण्ड बनाएर मात्र सिफारिस गर्ने भनिँदै आए पनि यसपटक पनि सरकारमा सहभागी दलले बिनामापदण्ड भागबन्डाका आधारमा आफ्ना कार्यकर्ता सिफारिस गरेका हुन् । यसपटक सरकारले सर्वोच्च अदालत आदेश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझावसमेत लत्याएर राजदूत नियुक्तिमा कार्यकर्ता पठाएका हुन् ।

राजदूत सिफारिस गर्दा प्रतिस्पर्धा र मापदण्ड बनाएर मात्र नियुक्ति गर्नुपर्ने माग गर्दै अधिवक्ता मञ्जु मरासिनीले सर्वोच्च अदालतमा २०७२ साउन २१ गते रिट दायर गरेकी थिइन् । सर्वोच्चले त्यसपछि सोही महिनाको २८ गते 'राजदूत नियुक्तिको आधार, मापदण्ड र त्यस्तो नियुक्तिलाई अन्तर्राष्ट्रिय स्तरका सबै नागरिकले मर्यादा गर्ने प्रकारबाट निवेदनको मागलाई विपक्षीद्वारा सम्बोधन गर्न सक्ने नै छ' भन्दै फैसला सुनाएको थियो । त्यसपछि अख्तियारले पनि नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई राजदूत नियुक्तिको स्पष्ट मापदण्ड बनाउन भनेको थियो ।

'राजदूत एवं श्रमसहचारीजस्ता कूटनीतिक नियुक्ति गर्दा व्यक्तिको क्षमता, भाषाको ज्ञान, अनुभवजस्ता स्पष्ट मापदण्ड÷आधार बनाई गर्ने,' अख्तियारले मन्त्रिपरिषद कार्यालय र परराष्ट्रलाई लेखेको पत्रमा उल्लेख छ । अहिले सरकारले परराष्ट्रका सहसचिवलाई वरिष्ठताका आधारमा राजदूत सिफारिस गरे पनि राजनीतिक कोटामा परेकालाई भने बिनामापदण्ड सिफारिस गरेको हो ।

'नेपालमा राजदूत मात्र त्यस्तो पद हो जसमा राजनीतिक नियुक्ति हुन कुनै योग्यता तोकिएको छैन, जो कोही पनि हुन सक्छ,' सरकारले मंगलबार गरेको राजदूत सिफारिसप्रति व्यंग्य गर्दै पूर्व परराष्ट्रसचिव मधुरमण आचार्यले प्रश्न गरे, 'घरको पर्खाल लगाउनेको त योग्यता खोजिन्छ । विदेशमा बसेर देशको प्रतिनिधित्व गर्नुपर्ने ठाउँमा भागबन्डाका आधारमा नियुक्त गर्दा हालत के होला ?'

सरकारले ओमानमा भने राजदूत सिफारिस गरेको छैन । ओमानका लागि राजदूतको कोटा विजय गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम, लोकतान्त्रिकलाई छुट्याइएको थियो । फोरम लोकतान्त्रिकले मंगलबारको मन्त्रिपरिषद बैठकमा आफ्नो कोटामा परेको नाम दिन नसकेपछि त्यो बाहेकका २१ देशका लागि राजदूत सिफारिस गरिएको हो ।

सरकारले नेपाली दूतावास नै नखुलेको अस्ट्रियाका लागि समेत राजदूत सिफारिस गरेको छ ।

'अस्ट्रियामा नेपाली दूतावास छैन र सरकारले खोल्ने निर्णय गरेको समेत हामीले थाहा पाएका छैनौं । दूतावास खोल्ने निर्णय नै नभएको ठाउँमा सरकारले राजदूत पठाउने निर्णय गर्दै नाम सिफारिस गर्दा हामी चकित छौं,' परराष्ट्र मन्त्रालयस्रोतले भन्यो ।

मंगलबारको मन्त्रिपरिषद बैठकले अस्ट्रियामा दूतावास खोल्ने निर्णय गरेपश्चात राजदूत सिफारिस गरेको हुनसक्ने स्रोतको अनुमान छ । यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश मामिलाविज्ञ गोपाल खनालसँग जिज्ञासा राख्दा उनले पनि अस्ट्रियामा दूतावास खोल्ने विषयबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

सरकारले २१ जनाको नाम राजदूतमा सिफारिस गरे पनि संसदीय सुनुवाइ समिति नहुँदा उनीहरुको राजदूतमा नियुक्ति हुन केही समय लाग्नेछ । सुनुवाइपश्चात राजदूतको नाम राष्ट्रपतिसमक्ष पठाइनेछ । त्यसपछि उनीहरुको एग्रिमो सम्बन्धित देशबाट स्वीकृत भएर आएपछि राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने प्रावधान छ ।

राजदूतमा को–को सिफारिस भए

परराष्ट्र सेवाबाट

१. दुर्गाबहादुर सुवेदी – बेलायत

२. रमेश खनाल – जर्मनी

३. झविन्द्र अर्याल – इजिप्ट

४. लोकबहादुर थापा – बेल्जियम

५. प्रकाश सुवेदी – अस्ट्रिया

६. सेवा लम्साल अधिकारी – पाकिस्तान

७. ताराप्रसाद पोखरेल – ब्राजिल

८. ऋषि घिमिरे – म्यानमार

एमालेबाट

१. महेन्द्रबहादुर पाण्डे – चीन

२. युवराज कार्की – दक्षिण कोरिया

३. नारद भारद्वाज – श्रीलंका

४. शिवमाया तुम्बाहाम्फे – इजरायल

५. खड्ग केसी – जापान

६. अलि अख्तर मिकरानी – साउदी अरब

एकीकृत माओवादीबाट

१. लक्की शेर्पा – अस्ट्रेलिया

२. युवनाथ लम्साल – डेनमार्क

३. पदम सुन्दास – बहराइन

४. महेन्द्र सिंह – कतार

राप्रपा नेपालबाट

१. निरञ्जन थापा – रुस

२. भरतबहादुर रायमाझी – युएई

३. खगेन्द्र बस्नेत – बंगलादेश
अर्को समाचार
१४ देशमा राजदूत सिफारिस
१० फागुन २०७३
•
६ मिनेट पाठ
१४ देशमा राजदूत सिफारिस
काठमाडौं- सरकारले दक्षता र क्षमतालाई लत्याउँदै दलीय भागबन्डामा विभिन्न १४ देशमा राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषद्को सोमबार दोस्रोपटक बसेको बैठकले कांग्रेस कोटाबाट छ, माओवादी केन्द्र कोटाबाट चार, राप्रपा कोटाबाट तीन र फोरम लोकतान्त्रिक कोटाबाट एक गरी १४ जनालाई राजदूत सिफारिस गरेको हो।




बैठकपछि सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले दिएको जानकारीअनुसार राजदूत रिक्त रहेका डेनमार्क, अस्ट्रेलिया, साउदी अरब, बहराइन, कोरिया, म्यानमार, बंगलादेश, श्रीलंका, कतार, युएई, जापान, इजरायल, ओमानमा राजदूत सिफारिस गरिएको छ। त्यसैगरी सरकारले स्पेनमा दूतावास खोल्ने निर्णय गरी राजदूत सिफारिस गरेको छ।

सरकारले कांग्रेस कोटाबाट अर्जुनबहादुर सिंहलाई कोरिया, भीम उदासलाई म्यानमार, चोपलाल भुसाललाई बंगलादेश, विश्वम्भर प्याकुरेललाई श्रीलंका, रमेशप्रसाद कोइरालालाई कतार र आशा लामालाई युएईका लागि  राजदूतमा सिफारिस गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सिंह परराष्ट्र राज्य मन्त्री थिए। उदास गैर आवासिय नेपाली संघका संरक्षक हुन् भने भुसाल कांग्रेस केन्द्रिय सदस्य पुष्पा भुषालको श्रीमान हुन्।

त्यसैगरी माओवादी केन्द्र कोटाबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अस्ट्रेलिया, महेन्द्रबहादुर सिंह साउदी अरब र पदम सुन्दास बहराइनका लागि राजदूतमा सिफारिस भएका छन्।

माओवादी कोटाबाट राजदूतमा सिफारिस भएकी शेर्पा दोस्रो संविधानसभा निर्वाचन अघि एमालेबाट माओवादीमा प्रवेस गरेकी थिईन्, लम्साल राईजिङ नेपालका प्रधान सम्पादक हुन्, सुन्दास दलित आन्दोलनकर्मी तथा अध्येता, साहित्यकार हुन् र सिंह प्राध्यापक हुन्।

राप्रपा कोटाबाट राजदूत सिफारिस हुनेमा प्रतिभा राणा (जापान), भरत रायमाझी (स्पेन) र निरञ्जन थापा (इजरायल) छन्। राणा कांग्रेस सभापति शेरबहादुर देउवाकी सासू हुन्। राणा कांग्रेस सभापति देउवाकी सासु हुन्। फोरम लोकतान्त्रिक कोटाबाट शर्मिला पराजुलीलाई सरकारले ओमानका लागि राजदूतमा सिफारिस गरेको छ।

सिफारिस भएका राजदूतको संसदीय सुनुवाइपछि सरकारले सम्बन्धित देशमा एग्रिमो पठाउँछ। सम्बन्धित देशबाट एग्रिमो स्वीकृत भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ।

यसअघि गत वैशाखमा केपी ओली नेतृत्वको सरकारका पालामा सिफारिस भएका २२ राजदूतमध्ये पुष्पकमल दाहाल नेतृत्वको सरकारले साउनमा परराष्ट्रका कर्मचारीबाहेक १४ जनाको सिफारिस फिर्ता लिएको थियो। फिर्ता लिइएका मध्ये माओवादी केन्द्रका पुरानै सिफारिस दोहोरिएका छन् भने राप्रपाबाट पहिले सिफारिस भएका खगेन्द्र बस्न्यातको सट्टा राणा सिफारिसमा परेकी हुन्।

तत्कालीन सरकारले भारतका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएपछि वर्तमान सरकारले यसअघि नै भारतमा फिर्ता बोलाइएका राजदूत दीपकुमार उपाध्यायलाई पुनः नियुक्त गरिसकेको छ भने पूर्वमुख्य सचिव लीलामणि पौडेल चीनको राजदूत नियुक्त भइसकेका छन्।

कांग्रेसमा असन्तुष्टि

सरकारले १४ देशमा गरेको राजदूत नियुक्ति सिफारिसमा कांग्रेसभित्र असन्तुष्टि देखिएको छ। पार्टीभित्रको आन्तरिक सन्तुलन नमिलाई सभापतिले एकलौटी ढंगले राजदूतका लागि पार्टी कोटाबाट नाम पठाएको भन्दै कांग्रेसभित्र असन्तुष्टि सुरु भएको हो। 

'सन्तुलीत पनि भएन र राजदुत नियुक्तीको आधारमा के हो भन्ने पनि थाहा भएन,' नेता रामचन्द्र पौडेलले भने , ' यसमा सबैको सन्तुष्टि छैन।'

पाँच सचिवको सरुवा

सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत पाँच सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा गरेको छ। त्यसैगरी अख्तियारबाट राजेन्द्रकिशोर क्षेत्री सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका छन्। यस्तै सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा सामान्य प्रशासनमा, सिँचाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुर राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएका छन्। रामानन्दप्रसाद यादव सिँचाइ मन्त्रालयमा सरुवा भएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस