काठमाडाैं-नयाँ संविधानप्रति बिमति जनाउँदै आन्दोलनमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले जेठ १ गते सिंहदरबार घेर्ने भएको छ।गठबन्धनको शुक्रवार बसेको बैठकले बैशाख १५ गतेदेखि पुनः आन्दोलनमा जाने घोषणा गर्दै १५ दिन लामो आन्दोलनको कार्यक्रम घोषणासमेत गरेको छ। संयुक्त आन्दोलन राष्ट्रिय परिचालन भन्दै पहाड, हिमाल र तराईमा एकैपटक आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
बैशाख १५ गते बिरोध पत्र बुझाउने, १७ गते सरकारी कार्यालयमा कालो झन्डा गाड्नेसहित बुटवल, पाँचथर, रौतहट, वीरगञ्ज, नेपालगञ्ज, जनकपुर, पाल्पा, इलाम, सुर्खेत, धनगढी लगायत एक दर्जनबढी जिल्लामा बिरोध सभा गर्नेसम्मका कार्यक्रम सार्वजनिक गरेका छन्।
'काठमाडौं जाऊ, सिंहदरवार घेरौं' भन्ने नारासहित आन्दोलनलाई काठमाडौं केन्द्रित बनाउने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले बताए।