‘चुनाव टारेर सरकारको विकल्प खोज्ने कसरत’
०६ असोज २०७९
•
७ मिनेट पाठ
‘चुनाव टारेर सरकारको विकल्प खोज्ने कसरत’
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक सीमा र परिधिबाहिर गएर नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेसँगै मुलुकमा संवैधानिक र राजनीतिक संकट उत्पन्न भएको छ। संविधानको धारा ११३ (३) ले राष्ट्रपतिलाई अर्थबाहेकका विधेयकलाई पुनर्विचारका लागि सन्देशसहित १५ दिनभित्र पठाउने अधिकार दिएको छ। तर दोस्रोपटक राष्ट्रपतिलाई विधेयक फिर्ता गर्ने वा प्रमाणीकरण नगर्ने छुट संविधानले दिएको छैन। धारा ११३ (४) ले त्यसरी फिर्ता पठाएको विधेयक परिमार्जनसहित वा उस्तै रूपमा संसद्ले पारित गरेर पठाएपछि १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरेको छ। नागरिकता विधेयकप्रति असन्तुष्ट राष्ट्रपति भण्डारीले संविधानको उक्त व्यवस्थालाई पनि बेवास्ता गर्दै संविधानलाई नै चुनौती दिएकी छन्।  




राष्ट्रपतिको जिम्मेवारीमा पुगेसँगै पूर्वदल एमालेको स्वार्थअनुकूल चलेको आरोप निरन्तर खेप्दै आएकी भण्डारीले संघीय  

संसद्को दुवै सदनले दुईपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगर्नुलाई सोहीअनुसार हेरिएको छ। २०६२÷६३ को परिवर्तनका साथै संविधानसभाबाट जारी संविधानप्रति असन्तुष्ट परिवर्तनविरोधी शक्तिहरूसँग निरन्तर सम्पर्कमा रहेकी भण्डारीले नागरिकता विधेयकमा हलो अड्काएर मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्न खोजेको विश्लेषण गर्न थालिएको छ। संविधानको व्यवस्थाविपरीत दुईपटक प्रतिनिधिसभा विघटन गर्ने केपी ओली नेतृत्व सरकारको सिफारिसलाई मध्यरातमा हतारहतारमा राष्ट्रपति भण्डारीले सदर गरेकी थिइन्।  

दुवै विघटनलाई सर्वोच्च अदालतले बदर गर्दै शेरबहादुर देउवा नेतृत्वमा सरकार गठनसँगै राष्ट्रपति भण्डारी रुष्ट छिन्। देउवा नेतृत्वको सरकारको विकल्प खोज्न निरन्तर सक्रिय भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणमा हलो अड्काएकी छन्। यससँगै सरकार र पाँच दलीय गठबन्धनसँग थप दूरी बढाएर राष्ट्रपति भण्डारी देउवा सरकारको विकल्प खोज्ने÷दिने रणनीतिमा रहेको निकट स्रोतको दाबी छ। नागरिकता विधेयक प्रमाणीकरणको पक्ष र विपक्षमा जनतालाई विभाजित गर्ने र मंसिर ४ गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन रोक्ने भण्डारीको चाहना रहेको स्रोतको दाबी छ। मंसिर ४ अघि नै निर्वाचन गराउन नसके देउवा नेतृत्वको वर्तमान सरकारको विकल्प खोज्ने पक्षमा रहेकी भण्डारीले यसबीचमा विभिन्न पक्ष र व्यक्तिहरूसँगको भेटमा निर्वाचनको निष्पक्षताका विषयमा प्रश्न उठाउँदै आएकी छन्।

पाँच दलीय गठबन्धन मंसिर ४ को निर्वाचनमा मिलेर जाँदा प्रमुख प्रतिपक्षी एमालेसहित इतर पक्षको अवस्था कमजोर हुने विश्लेषण सर्वत्र गर्न थालिएको छ। त्यहीबेला राष्ट्रपति भण्डारीले पुलिस प्रशासनदेखि सबै कुरा सरकारसँग हुने भन्दै सरकारले निष्पक्ष निर्वाचन गराउनेमा आशंका व्यक्त गर्दै आएकी छन्। मुलुकको राष्ट्रियतासहित अर्थतन्त्र जोगाउन स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने जनाउँदै भण्डारीले राष्ट्रवादी शक्ति र व्यक्तिले आफूलाई साथ दिनुपर्ने बताउँदै आएकी छन्। निर्वाचन आयोगले मात्र निष्पक्ष चुनाव गराउन नसक्ने बताउँदै आएकी भण्डारीले असोज २ बाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रक्रिया सुरु भएसँगै संसद् स्वतः विघटन भइसकेको छ।  

मंसिर ४ गते निर्वाचन नहुँदा मुलुकमा अर्को रिक्तता खडा हुने र त्यसमै टेकेर आगामी वैशाखमा निर्वाचन गर्नेगरी नयाँ सरकार गठन गर्न सकिने सुझाव पनि राष्ट्रपतिलाई दिएको स्रोतको दाबी छ। प्रदेश र प्रतिनिधिसभा स्वतः विघटन भएसँगै वर्तमान सरकार पनि कामचलाउ बनेको र तोकिएको मितिमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य सकिने शीतल निवासको बुझाइ छ। जनताको प्रतिनिधिमूलक संस्था प्रतिनिधिसभा नहुँदा राष्ट्रपतिविरुद्ध महाभियोगसहित कदम उठाउने विकल्पसमेत राजनीतिक दलहरूसँग बाँकी छैन। राष्ट्रपतिले संवैधानिक सीमा नाघ्ने संकेत पाएको सरकारले प्रतिनिधिसभाको कार्यकाल अर्को संसद्को शपथ हुने अघिल्लो दिनसम्म रहनेगरी संशोधन विधेयक लगेको थियो। निर्वाचन आयोगसहितका विभिन्न संस्था र व्यक्तिको चौतर्फी विरोधका कारण सरकार त्यसबाट पछि हटेको थियो। तर राष्ट्रपति भण्डारीले त्यही रिक्ततामा खेल्दै मुलुकलाई राजनीतिक र संवैधानिक अराजकतामा धकेल्ने प्रयास भएको गठबन्धनका नेताहरूले निष्कर्ष निकालेका छन्।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर मंसिर ४ गतेका लागि तय भएको चुनाव बिथोल्न लागिपरेको आरोप लगाएका छन्। ‘सचेत संयमित बनौं, निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग पनि हो यो घटनाक्रम,’ पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सार्वभौम जनताको प्रतिनिधि संस्था संघीय संसद्ले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता विधेयक प्रमाणित नगर्नु एकातिर संविधानको घोर उल्लंघन हो भने अर्कातिर आफ्ना नागरिकलाई राज्यविहीन बनाउने अमानवीय कार्य हो।’  

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको उम्मेदवारी प्रक्रिया सुरु भएको भन्दै संसदको कार्यकाल असोज १ गते रातिबाट सकिएकाले प्रमाणीकरणका लागि शीतल निवास पुगेको विधेयक पनि स्वतः निष्क्रिय भएकाले प्रमाणीकरण र संविधानको धारा ११३ को उपधारा ४ आकर्षित नहुने राष्ट्रपतिनिकटहरूको दाबी छ। संविधानको धारा ६१ को उपधारा ४ ले राष्ट्रपतिलाई संविधानको संरक्षक र पालकका रूपमा जिम्मेवारी दिएको भन्दै संघीय संसद्ले पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयक धारा ३८ मा रहेको महिलाको हकको व्यवस्था र धारा १५ मा रहेको नेपालको नागरिकतासम्बन्धी अन्य व्यवस्थाविपरीत रहेको शीतल निवासको दाबी छ।

राष्ट्रपति भण्डारीले तत्कालीन केपी ओली नेतृत्व सरकार नेपाल नागरिकता ऐन, २०६३ को दफा ३ मा संशोधन उपदफा ३ पछि देहायका उपदफा ४, ५ र ६ थप्नेगरी अध्यादेश लगेकी थिइन्। उनले २०७८ जेठ ९ गते ओली सरकारले ल्याएको नागरिकता अध्यादेश जारी गरेकी थिइन्। अहिले संसद्बाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरिएको विधेयकमा ओली सरकारले ७ उपदफा ५ बमोजिम नागरिकता प्राप्त गरेको कुनै व्यक्तिको बाबु विदेशी रहेको ठहर त्यस्तो व्यक्तिले वंशजका आधारमा लिएको नागरिकता कायम रहनेछैन र निजले बाबुको नागरिकताका आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी तोकिएबमोजिम स्वघोषणा गरी वंशजका आधारमा प्राप्त गरेको नागरिकताको प्रमाणपत्र बुझाए अंगीकृत नागरिकता प्राप्त गर्नेछ भन्ने थपिएको छ।

दबाबमा गठबन्धन

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेसँगै सत्तारूढ दलहरू दबाबमा परेका छन्। विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदम असंवैधानिक र संसदको अपमान भएको गठबन्धनका शीर्ष नेताहरूको बैठकले ठहर गरेको छ। तर संविधानको व्यवस्थाविपरित विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध कसरी अघि बढ्ने भन्नेमा गठबन्धन दलहरू नै दबाबमा परेका छन्। मंसिर ४ का लागि तोकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणासँगै समानुपातिकतर्फको उम्मेदवारी मनोनयन प्रक्रिया सुरु भएसँगै संसदको कार्यकाल असोज १ गते रातिबाट समाप्त भएको छ। प्रतिनिधिसभा कायम रहेको भए उनीविरुद्ध महाभियोग लगाउने विकल्प गठबन्धनका नेताहरूसँग हुने थियो। तर अब त्यो विकल्प पनि बाँकी छैन।

संविधानको व्यवस्थालाई अस्वीकार गर्ने राष्ट्रपतिको कदमविरुद्ध सडक आन्दोलन गर्ने गठबन्धनका दलहरूको अर्को विकल्प छ। तर सत्तारूढ दल नै सडकमा जाँदा मंसिर ४ गतेका लागि तोकिएको निर्वाचन प्रभावित हुन सक्ने उनीहरूको आशंका छ। राष्ट्रपति भण्डारी निर्वाचन हुन नदिएर आफ्नो कार्यकाल लब्याउने र वर्तमान संविधानको अस्तित्व समाप्त पार्ने चालमा रहेको निष्कर्षमा गठबन्धन दलहरू पुगेका छन्। अदालत जाँदा पनि उक्त विषय फेरि संवैधानिक इजलासमा जाने र निर्वाचनअघि त्यस विषय टुंगोमा नपुग्ने बुझाइमा गठबन्धन दलहरू छन्।  

संविधानअनुसार १५ दिनभित्र प्रमाणीकरण नभएपछि उक्त विधेयक स्वतः प्रमाणीकरण भएको मान्दै राजपत्रमा प्रकाशित गरेर अघि बढ्दा सरकार र राष्ट्रपतिबीचको द्वन्द्व थप बढ्ने बुझाइमा रहेका गठबन्धनका एक नेताले भने, ‘त्यस्तो अवस्थामा वर्तमान संविधान नचाहने शक्तिहरूले राष्ट्रपतिलाई थप दुरूपयोग गरेर यसको औचित्य नै समाप्त पार्ने खेल खेल्न सक्नेछन्।’ संविधान कुल्चने राष्ट्रपतिको कदमलाई स्वीकार गरेर अब सरकार र सत्तारूढ दलले फेरि विधेयक वा अन्य कुनै विषय लिएर जान नसकिनेमा दलहरू एकमत रहेको दाबी गरे। ‘राष्ट्रपति कदमविरुद्ध आन्दोलनकै रूपमा मंसिरमा हुने निर्वाचनमा अजेन्डा बनाएर जानुपर्ने अवस्था आउन सक्छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘नयाँ संसद् आएपछिको पहिलो काम संविधानविपरीत अघि बढ्ने राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने गरी अघि बढ्नुपर्छ भन्ने विषयमा पनि कुरा भएको छ।’ संविधानको रक्षा र निर्वाचनको सुनिश्चित हुनेगरी सत्ता गठबन्धनमा रहेका दलहरू अघि बढ्ने बैठकमा सहभागी एक नेताले जानकारी दिए। तर त्यो कदम के हो भन्ने ती नेताले खुलाएनन्। प्रधानमन्त्रीसहितका सत्ता गठबन्धनमा रहेका राजनीतिक दलका शीर्ष नेताले बुधबार नै कानुनविद्हरूसँग परामर्श गरेका छन्। 
अर्को समाचार
सन्तुलित परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना जरुरी: राष्ट्रपति
११ फागुन २०७९
•
४ मिनेट पाठ
सन्तुलित परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना जरुरी: राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सर्वोपरी हितलाई ध्यान दिएर परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिएकी छिन्।




नेपाल विश्व सम्बन्ध परिषद्को ७५औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले बदलिँदो परिवेशअनुरूप नेपालको कूटनीतिक सम्बन्ध सन्तुलित तवरबाट सञ्चालन हुनुपर्ने बताइन्। ‘बदलिँदो परिवेशमा नेपालको परराष्ट्र नीतिको उद्देश्य र लक्ष्य प्राप्तिका लागि भइरहेका प्रयासका बारेमा यस्ता फोरममा छलफल हुन जरुरी छ’, उनले भनिन्।

एकातिर विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा अभूतपूर्व विकासले मानव जीवनलाई सहज र सुखी बनाउन योगदान पुगेको छ भने अर्कातर्फ विश्वव्यापी रूपमा अभूतपूर्व चुनौतीको सामना गरिरहेको भन्दै राष्ट्रपति भण्डारीले भूराजनीतिक जटिलता, बढ्दो असमानता, जलवायु परिवर्तनले ल्याएको सङ्कटलगायतका कारणले विश्व शान्ति र समृद्धिमा नयाँ चुनौती उत्पन्न भएको उल्लेख गरे।

उनले आत्मनिर्भर, स्वावलम्बी र स्वाधीन अर्थतन्त्रको विकासमा वर्तमानको अन्तरनिहीतलाई चिर्दै नेपालको उपस्थितिलाई अर्थपूर्ण र प्रभावकारी बनाइनुपर्नेमा जोड दिइन्। नेपालले सदैव आफ्नो स्वतन्त्रता र सार्वभौमसत्ता अक्षुण्ण राखेको भन्दै परराष्ट्र नीतिमा व्यापक साझा सहमति तथा एकीकृत दृष्टिकोण निर्माण गर्न जरुरी रहेको उल्लेख गरे। ‘बदलिँदो आन्तरिक तथा अन्तर्राष्ट्रिय परिवेशलाई विचार गरी आफ्नो राष्ट्रिय हित अनुकूल परराष्ट्र नीति सञ्चालन गर्नु हाम्रो प्राथमिकतामा पर्नुपर्दछ। नेपालको संविधानले निर्दिष्ट गरेको मुलुकको शासन सत्ता, अखण्डता र राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ’, उनले भनिन्।

राष्ट्रपति भण्डारीले नेपालको परराष्ट्र नीतिको प्रमुख उद्देश्य नेपाल र नेपाली जनताको हित प्रवर्द्धन गर्नु हो भन्दै अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि उच्च राख्न र सबै देशबाट अधिकतम सद्भाव, समर्थन र सहयोग प्राप्त गर्न प्रभावकारी कूटनीतिको माध्यमबाट अनुकूल अन्तर्राष्ट्रिय वातावरणको सिर्जना गरिनुपर्नेमा जोड दिइन्। उनले भूपरिवेष्टित राष्ट्रको पारवहन अधिकारको पैरवी तथा पर्वतीय मुलुकको विकाससम्बन्धी अवधारणालाई अन्तर्राष्ट्रिय मञ्चमा अघि बढाउन नेपालले निरन्तर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।

राष्ट्रपति भण्डारीले दिगो शान्ति, समृद्धि र जनताको जीवनमा परिवर्तन ल्याउन नेपालले आर्थिक सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै दिगो विकासका लक्ष्य, अन्तर्राष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय विकासको आकांक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताइन्। आर्थिक विकास, वैदेशिक लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र निर्यात प्रवर्द्धनमा राष्ट्रिय विकासलाई अन्तर्राष्ट्रिय सद्भाव र सहयोग अभिवृद्धिका लागि ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ छ।

राष्ट्रपति भण्डारीले दुई छिमेकी मुलुक भारत र चीनसँगको मित्रवत सम्बन्धलाई थप प्रगाढ तुल्याउँदै पारस्परिक लाभका आधारमा सौहार्दपूर्ण सम्बन्ध कायम गरी आर्थिक लगानी आकर्षण गर्न पहल गरिनुपर्नेमा जोड दिइन्। उनले भारत र चीनले आर्थिक विकासमा गरेको अभूतपूर्व उपलब्धिबाट नेपाल खुसी रहेको भन्दै यसबाट अधिकतम लाभ लिनसक्नुपर्नेमा जोड दिइन्।

दुई निकट छिमेकी मुलुकका साथै अन्य मित्रराष्ट्र तथा श्रम गन्तव्य मुलुकसँगको सम्बन्धलाई पनि उत्तिकै ध्यान दिन जरुरी रहेको उनले उल्लेख गरिन्। उनले नेपालको अन्तर्राष्ट्रिय छविको प्रवर्द्धनका साथै आर्थिक विकास र सामाजिक प्रगतिका लागि अन्तर्राष्ट्रिय समुदायबाट सहयोग प्राप्त गर्न संयुक्त राष्ट्रसङ्घलगायत संस्थासँगको सम्बन्धलाई सुदृढ तुल्याइनुपर्ने खाँचो औँल्याए।

संयुक्त राष्ट्रसङ्घको बडापत्र अनुरूप सार्वभौम समानताको सम्मान, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मान सबै राष्ट्रले आत्मसाथ गर्दै अन्तर्राष्ट्रिय शान्ति र विवादरहित समाधानका लागि कूटनीतिक सम्वादका रूपमा पहल गरिनुपर्नेमा जोड दिइन्। साथै उनले विश्व शान्ति, असंलग्न र पञ्चशीलमा आधारित नेपालको परराष्ट्र नीतिलाई सुदृढ बनाउने उद्देश्यका साथ सकारात्मक गोष्ठी र छलफलजस्ता महत्त्वपूर्ण कार्यक्रम गर्दै आएकोमा संस्थाको सराहना गर्दै आगामी दिनमा पनि यस्ता प्रयासलाई निरन्तरता दिन आग्रह गरिन्। राष्ट्रपतिले देश र विश्वमा भएका परिवर्तनका सन्दर्भलाई ध्यानमा राखी यस्ता सार्वजनिक मञ्चले परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय मामिलामा वस्तुगत तथा सान्दर्भिक पक्षमाथि छलफल र बहस गर्नुपर्दछ भन्दै यसले परराष्ट्र नीतिमा साझा दृष्टिकोण निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापाले नेपालले सन्तुलित कूटनीतिको माध्यमबाट विश्वपरिवेश जटिल बनिरहेको आजको सन्दर्भमा शान्ति प्रवर्द्धनका निम्ति सकारात्मक र समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिइन्। 

परिषद्का अध्यक्ष हेमन्त खरेलले कूटनीतिक बहस र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापनामा संस्थाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताइन्। सो अवसरमा परिषद्ले प्रकाशन गरेको स्मारिका राष्ट्रपति भण्डारीले विमोचन गरेकी थिइन्। त्यस अवसरमा कूटनीतिक तथा आर्थिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै परिषद्ले डा थापालाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गरेको थियो। रासस
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
यो पनि पढौँ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस