सामाजिक सेवाको माध्यमबाट नै समाजमा रुपान्तरण सम्भव छः प्रधानमन्त्री देउवा
०६ असोज २०७९
•
१ मिनेट पाठ
सामाजिक सेवाको माध्यमबाट नै समाजमा रुपान्तरण सम्भव छः प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताएका छन्।  




बिहीबार काठमाडौँमा समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा आायोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाल जस्तो विकासोन्मुख मुलुकमा सामाजिक सेवाको माध्यमबाट नै ठूलो रुपान्तरण ल्याउन सकिने बताएका हुन्। उनले सामाजिक सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासमा मुल प्रवाहकरण गर्नुका साथै उनीहरुको सामाजिक, आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान गर्न सामाजिक सेवा आवश्यक रहेको बताए। प्रधानमन्त्री देउवाले सबैले आफ्नो निजी स्वार्थ भन्दा माथि उठेर समाजको वृहत्तर हित, कल्याण एवं उत्थानका लागि निःस्वार्थ भावले समर्पित हुन आवश्यक रहेको बताए। 

उनले गैर सरकारी संघसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यक्ता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरी देशको नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न आवश्यक रहेको बताए। उनले १५ औं योजनामा उल्लेखित सामाजिक विकास सम्बन्धी उद्देश्य र दिगो विकास सम्बन्धी लक्ष्यहरु हासिल गर्नका लागि सरकार र गैर सरकारी क्षेत्रले एक आपसमा समन्वय सुरु गरी काम गर्न आवश्यक रहेको पनि उल्लेख गरे।  

प्रधानमन्त्री देउवाले गैर सरकारी संस्थाहरुले आफ्ना क्रियाकलाप सञ्चालन गर्दा जनसहभागिता, दिगोपना, मितव्ययिता, स्थानीय आधारमुृखी श्रमसीप र प्रविधिको अत्याधिक उपयोगलाई प्रोत्साहन गर्नसके गैरसरकारी संस्थाको आवश्यक्ता र अपरिहार्यता बढ्ने बताए।
अर्को समाचार
जाडोमा २ सय विपन्नलाई न्यानो कपडा उपहार
०४ माघ २०८०
•
३ मिनेट पाठ
जाडोमा २ सय विपन्नलाई न्यानो कपडा उपहार
शीत लहरसँगै जाडो बढ्दै गए पछि कपिलवस्तुको महराजगंज नगरपालिकाका २ सय विपन्नलाई न्यानो कपडा सेट उपहार प्रदान गरिएको छ।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यको पहलमा पालिका भित्र रहेका अति बिपन्नको नामावली छनौट गरी ८ हजार बढी मूल्य पर्ने कपडाको सेट प्रदान गरिएको हो।




कतार च्यारेटीको सहयोग, समाज कल्याण परिषद्को समन्वय र लिडो नेपालको आयोजनामा महारागंज नगरपालिका ९ सेमरी गाउँमा सो कपडा सेट बाँडिएको हो।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले विपन्नलाई कपडा हस्तान्तरण गरेका थिए।बिभिन्न ८ प्रकारका जाडोमा आवश्यक पर्ने सामाग्रीहरू विपन्नलाई प्रदान गरिएको थियो।न्यानो कपडाहरूमा कम्मल, फाइबर सिरक, पी फोम, न्यानो तन्ना, पछ्यौरी, थर्मस र तातो पानी रबर ब्याग छन। 

सो अवसरमा मन्त्री आचार्यले जाडो बढे पछि समस्यामा परेका अति बिपन्न परिवारलाई राहत दिने उद्देश्यले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने चार पालिकमा न्यानो कपडा बाँडिएको बताए।उनले आफूले दाताहरूको खोजी गरेर विपन्नका लागि पहिलो चरणमा यो कार्यक्रम गरेको बताए।उनले यस क्षेत्रको जनताको सुख दुःखमा साथ दिने आफ्नो कत्तब्र्य रहेको बताए।उनले सिचाई हेन्ड पाइप लगायतका लागि समेत आफू प्रयासरत रहेको बताए।

उनले अहिलेको लागि सीमित व्यक्तिहरूको लागि मात्र कपडा बाँडिएको र आफूले थप कम्मलका लागि पहल गर्ने बताए।मन्त्री आचार्य कै पहलमा कपिलवस्तु क्षेत्र नम्बर २ का सांसद आचार्यको क्षेत्रमा पर्ने यशोधरा गाउँपालिकामा ४ सय ८० कपिलवस्तु र बुद्धभुमी नगरपालिकामा चुजी फाउन्डेसनको सहयोगमा पाँच पाँच सय कम्मल र चप्पल उपलब्ध गराइएको छ।सो अवसरमा लिडो संस्थाका अध्यक्ष तथा पूर्व सांसद अतहर कमालले मन्त्री आचार्यको पहलमा गरिएको यो रचनात्मक काम निकै राम्रो भएको बताए।

विशेषतः महराजगंजका बिपन्न परिवारलाई उपलब्ध गराइएको यो सामान निकै उपयोगी हुने बताए। उनले यस्तो कार्यक्रम जिल्लाभर संचालन गर्नु पर्ने बताए।चिसो अत्यधिक बढेका बेला न्यानो कपडाको सेट पाए पछि विपन्नहरूको मुहारमा खुसी छाएको छ।उनीहरुले सरकारले सबै विपन्नलाई जाडो याममा राहत मिल्ने किसिमको सेवा सुविधा दिनु पर्ने माग गरे ।कपडाको सेट पाएर खुसी बनेका राजपुर गाउँका महबुल धोबीले जायो याममा पाएको यो सामान आफ्नो परिवारका लागि अति उपयोगी भएको बताए।उनले यसले जाडोमा आफुलाई निकै राहत मिल्ने बताए।समेरीकी मायादेबी चमारले शीतलहरले जाडो बढ्दै गएको बेला पाएको सामाग्री आफ्नो लागिबहुमुल्य रहेको बताईन।

उनले यो सामागीले परिवारलाई धेरै सहज हुने बताईन।सो अवसरमा महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलामले बिपन्न परिवारले न्यानो कपडाका सेट उपहार पाउँदा आफुलाई पनि निकै खुसी लागेको बताए।उनले यस्तो कार्यक्रम पालिकामा राखेमा आयोजकलाई धन्यवाद दिँदै पछि परको आफ्नो पालिका बिकासका लागि थप पहल गर्न मन्त्री समेत आग्रह गरे।

महराजगंज नगरपालिकाका मेयर कलामको अध्यक्षता खग प्रसाद चापागाईँको संचालनमा भएको कार्यक्रममा वडा नम्बर ९ का  वडाध्यक्ष फरिद माहोम्मद लगायतले यस्तो कार्यक्रम थप ल्याउनु पर्ने बताए।महाराजगंजमा थप २ सय जनालाई यस्तै कपडाको सेट केही दिन मै उपलब्ध गराउने कार्यक्रम रहेको लिडोकी व्यवस्थापक सुनिता बेल्बासेले बताईन।महाराजगंजमा सुत्केरी आमा र बच्चाका लागि न्यानो कपडा वितरण समेत गरिने उनले बताईन।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस