दाहाल-वैद्य एकीकरण होला?
१७ वैशाख २०७३
•
७ मिनेट पाठ
दाहाल-वैद्य एकीकरण होला?
काठमाडौं- सत्तारुढ एकीकृत नेकपा माओवादीले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग एकीकरण गर्ने उद्देश्यसहित छलफल सुरु गरेको छ। जारी स्थायी समिति बैठकले वैद्य नेतृत्वको केन्द्रीय समितिका बहुमत सदस्य आफ्नो पार्टीसँग एकता गर्न उत्साही भएको संकेत पाएलगत्तै एमाओवादीले एकता प्रक्रियाबारे बुधबारबाट औपचारिक रूपमै छलफल थालेको हो।




पार्टी विभाजनपछि अन्य पार्टीसँग एकता गर्ने उद्देश्यसहित एमाओवादीले गम्भीरतासाथ बहस चलाएको यो पहिलोपटक हो। अन्य माओवादी दलसँग कसरी एकता गर्ने भन्नेबारे छलफल सुरु गरिएको स्थायी समिति सदस्य जनार्दन शर्माले बताए। 'वैद्यजीको पार्टीलगायत एकता प्रक्रियामा आउनसक्ने अन्य पार्टीसँग कसरी एकता गर्ने भन्नेबारेमा छलफल जारी छ,' शर्माले नागरिकसँग भने, 'एकीकरणपछि संगठनको जिम्मेवारी, पार्टीको भावी कार्यदिशा, कार्यनीतिलगायत विषयमा गम्भीर छलफल गरिरहेका छौं।' एकता प्रक्रियामा आउने माओवादी शक्तिलाई कसरी समायोजन र सम्मानजनक स्थान दिनेलगायत विषयमा सैद्धान्तिक छलफल सुरु गरिएको उनको भनाइ छ।

समाजवादी क्रान्तिको तयारीमा जानुपर्ने दाहाल नेतृत्वको एमाओवादीको कार्यदिशा र जनवादी क्रान्ति गर्नुपर्नेमा जोड गर्ने अध्यक्ष वैद्यबीच अझै पनि सैद्धान्तिक सहमति जुट्न सकेको छैन। सिद्धान्त, मुद्दा र विचार मिलेपछि मात्रै एमाओवादीसँग एकता गर्नुपर्छ भन्ने अध्यक्ष वैद्य, सिपी गजुरेल, परी थापालगायतको धारणा छ। तर, महासचिव रामबहादुर थापा, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, लेखनाथ न्यौपानेलगायत बहुमत केन्द्रीय नेताले भने पार्टी एकता गरेपछि नयाँ कार्यदिशा निर्माणमा जानुपर्ने तर्क राख्दै आएका छन्। जसका कारण वैद्यले जारी बैठक अचानक अनिश्चितकालका लागि स्थगित गरिदिएका छन्। जुन विषय महासचिव थापालाई चित्त बुझेको छैन।

यद्यपि वैद्य, गजुरेल र परी थापाबिनै एमाओवादीसँग पार्टी एकता गर्नका लागि रामबहादुर थापालगायत बहुमत टिम तयार भएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भने उत्साही भएर एकीकरण प्रक्रियाबारे पार्टीभित्र छलफल सुरु गराएका हुन्।

'किरण (वैद्य) र सिपी गजुरेलजी नआए पनि बादल (थापा) को नेतृत्वमा बहुमत सदस्य आउने संकेत मिलेको छ, उनीहरुलाई कसरी व्यवस्थापन गर्ने र कुन–कुन पदमा राख्ने भन्नेसम्मका छलफल आजबाट सुरु भएका छन्,' एक स्थायी समिति सदस्यले नागरिकसँग भने। थापालाई उपाध्यक्ष दिएर भए पनि दाहाल क्रान्तिकारी माओवादीका बहुमत सदस्यलाई पार्टीमा भित्र्याउने तयारीमा एमाओवादी जुटिसकेको उनले जानकारी दिए।

एकताबारेमा छलफल गर्न एमाओवादी अध्यक्ष दाहालले मंगलबार वैद्य र थापालाई निवासमा बोलाएका थिए तर वैद्य उपस्थित भएनन्। वैद्य एकतामा नआउने 'पक्कापक्की' भएपछि उनीबिनै एकता गर्ने उद्देश्यसहित दाहालले बुधबारदेखि एकता प्रक्रियामा बहस चलाएका हुन्। दाहाललाई भेट्न वैद्य लाजिम्पाटमा नगएपछि आक्रोशित थापाले कुपोन्डलस्थित नेवाः राज्य समितिमा आफूनिकट प्रमुख नेताको बैठक बोलाएर मंगलबार नै धारणा मागेका थिए।

संयुक्त बैठकको अनौपचारिक निर्णयअनुसार वैद्यले पार्टी एकताका लागि आनाकानी गरे थापाले केही दिनभित्रै केन्द्रीय समिति बैठक आह्वान गर्नेछन्, जुन बैठकले एमाओवादीसँग एकीकरण गर्ने निर्णय गर्नेछ।

'कुपोन्डल बैठकले वैद्यजीले केन्द्रीय समिति बैठक नबोलाएमा अबको बैठक बादल (थापा) जीले डाक्नुहुनेछ र एकतामा जान नचाहने अध्यक्ष वैद्यलाई कारबाही गरेर पार्टी एकीकरणको औपचारिक निर्णय लिनेछ,' बैठकमा उपस्थित एक नेताले नागरिकसँग भने, 'त्यसपछि बाँकी रहेका बहुमत सदस्यसहित बादल (थापा) नेतृत्वमा पार्टी एकीकरण हुनेछ।'

कुपोन्डलस्थित नेवाः राज्य समितिको कार्यालयमा भएको बैठकमा थापासहित नेकपा माओवादी अध्यक्ष मातृका यादव, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा, कुलप्रसाद केसीलगायत दर्जन नेताको उपस्थिति थियो।

'बैठकमा सहभागी सबैले दाहाल नेतृत्वको एमाओवादीसँग एकीकरण गरेर जाने विषयमा विलम्ब नगर्न सुझाव दिएका छन्,' स्रोतले भन्यो। एमाओवादी र वैद्यसहित माओवादी शक्तिलाई एकीकरण गराउन पहलकदमी गरिरहेका क्रान्तिकारीका महासचिव मणि थापाले माओवादी शक्तिको पार्टी एकता अन्तिम चरणमा पुगिसकेको जानकारी दिए।

'माओवादी शक्तिबीच पार्टी एकीकरण अन्तिम प्रक्रियामा पुगेको छ, अब केही विषय मात्रै मिलाउन बाँकी छ,' थापाले नागरिकसँग भने, 'सबैलाई एकीकरण अनिवार्य बनेको छ, यो शुभसंकेत हो।' वैशाखभित्र एकीकरण प्रक्रिया टुंग्याउनेबारे कम्तीमा पाँच माओवादी शक्तिबीच घनिभूत छलफल भएको र त्यसलाई निष्कर्षमा पुर्यायउने प्रयास जारी रहेको थापाले जानकारी दिएका छन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस