प्रकाश तिमिल्सिना, मनोज अधिकारी पोखरा, माघ २३-नेपाल पुलिस क्लबले पोखरामा सञ्चालित आहा गोल्डकपको उपाधि जितेको छ। पुलिसले शनिबार भएको फाइनलमा विभागीय प्रतिद्वन्द्वी नेपाल आर्मी क्लबलाई १-० ले पराजीत गर्दै लगातार तेस्रो पटक प्रतियोगिता जित्यो।
पुलिसलाई पोखरामा चौथो पटक उपाधि दिलाउने क्रममा योगेश श्रेष्ठले १ सय १७ औं मिनेटमा विजयी गोल गरेका थिए। निर्धारित ९० मिनेटको खेल गोल रहित रहेपछि थपिएको ३० मिनेटको २७ औं मिनेटमा योगेशले गोल गरेका थिए।
काराभान गोल्डकपबाट सुरु भएको प्रतियोगिताको पहिलो संस्करण जितेको पुलिस पछिल्लो दुई संस्करणको पनि बिजेता हो। गत वर्ष उपाधि जित्ने क्रममा पुलिसले आर्मीलाई फाइनलमा ५-० ले पराजीत गरेको थियो। शनिबारको खेलमा आर्मीले केही चुनौती दिए पनि पुलिसको रक्षा पंक्तिलाई छिचोल्न सकेन।
पुलिसका गोल रक्षक रितेश थापाले उत्कृष्ठ खेलाडी घोषित हुँदै यामाहा मोटरसाइकल जिते। उनलाई नै उत्कृष्ट गोल रक्षकको पुरस्कार दिइयो।
मनाङ मर्स्याङ्दी क्लबका दीपक भुसाल उत्कृष्ट रक्षक, पुलिसका योगेश श्रेष्ठ उत्कृष्ट मिडफिल्डर, आर्मीका विकर्ण श्रेष्ठ उत्कृष्ठ स्ट्राइकर र आर्मीकै राजु शाक्य उत्कृष्ट प्रशिक्षकमा चुनिए। सबै उत्कृष्टले जनही १० हजार रुपैयाँ पाए। विकर्णले ४ गोलका साथ सर्वाधिक गोलकर्ताका लागि १५ हजार रुपैयाँ पाए।
मोफसलको प्रतिष्ठित प्रतियोगिता जित्दै पुलिसले नगद एक लाख पचास हजार रुपैयाँ हात पार्यो। उपविजेता आर्मीले ७५ हजारमै चित्त बुझायो।
विजयी तथा उपविजयी खेलाडीलाई हिमश्री फुड्सका प्रमुख सूर्यबहादुर केसीले ट्रफी तथा पुरस्कार प्रदान गरेका थिए।