काठमाडौं, माघ २३ (नागरिक)-सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको सट्टा अधिकारसम्पन्न 'मिडिया पारिश्रमिक बोड' गठन गर्ने भएको छ। श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक मात्र निर्धारण गर्ने दायित्व भएको समितिलाई प्रतिस्थापन गरी अधिकारसम्पन्न बोर्ड गठन गर्न लागिएको हो।
सरकारले श्रमजीवी पत्रकार ऐन संशोधन गरी मिडिया पारिश्रमिक बोर्ड गठन गर्न लागेको हो। सरकारले श्रमजीवी ऐन संशोधन विधेयक तयार गरी संसद्मा लाने तयारी गरेको छ।
सरकारले बोर्डलाई श्रमजीवी पत्रकार ऐन तथा नियमावलीबमोजिम सञ्चारकर्मी/कर्मचारीलाई सेवा शर्त र सुविधा नदिने सञ्चार प्रतिष्ठानलाई कारबाही गर्न सक्ने अधिकार प्रदान गर्ने भएको छ।
बोर्डले सञ्चार प्रतिष्ठानहरूको वर्गीकरणअनुसार तिनमा कार्यरत श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरी कार्यान्वयनका लागि सिफारिस गर्ने र लागू भए/नभएको अनुगमन गर्ने व्यवस्था विधेयकमा गरिएको छ।
विधेयकका अनुसार बोर्डले ऐन तथा नियमावलीबमोजिम पत्रकारले सेवा शर्त र सुविधा पाए/नपाएको अनुगमन गर्ने र कुनै सञ्चार प्रतिष्ठानले नदिएको पाइएमा कारबाहीका लागि प्रेस रजिष्टारसमक्ष सिफारिस गर्नेछ।
बोर्डको सिफारिसमा प्रेस रजिष्टारले ऐन तथा नियमावलीबमोजिम श्रमजीवी पत्रकारलाई तलब सुविधा नदिने र सेवा शर्त लागू नगर्ने सञ्चार प्रतिष्ठानलाई लोक कल्याणकारी विज्ञापन रोक्ने, भन्सार छुट र प्रेस पास नदिने तथा सरकारी भ्रमणमा सामेल नगराउनेलगायतका कारबाही गर्नेछ। बोर्डमा अध्यक्ष र आवश्यकताअनुसार सदस्य राख्ने प्रस्ताव गरिएको छ।