काठमाडौं- दलहरुबीच सहमति नजुटेपछि सात महिनादेखि विवादित बन्दै आएको संसद नियमावली व्यवस्थापिका संसदमा प्रस्तुत हुने भएको छ। सोमबार बसेको नियामवली मस्यौदा समितिको बैठकमा पनि सहमति नजुटेपछि भोलि (मंगलबार) बस्ने संसद बैठकमा नियमावली पेस हुने मस्यौदा समितिका सभापति राधेश्याम अधिकारीले जानकारी दिए।
दलहरुबीच सुनुवाई विशेष समिति कति सदस्यीय हुने भन्नेमा विवाद छ। एमाले र एमाओवादी नयाँ संविधान अनुसार सुनुवाई समिति १५ सदस्यीय हुनुपर्ने पक्षमा छन भने प्रमुख प्रतिपक्ष कांग्रेससहित साना दल पुरानै व्यवस्थाअनुसार नियमावली समिति ७२ सदस्यीय हुनुपर्ने अडान लिएका छन्। जसका कारण न्यायपरिषदले सिफारिस गरका ११ न्यायाधीश र सरकारले नियुक्तिका लागि सिफारिस गरेका २१ राजदूतको सुनुवाई प्रभावित बनेको छ।
संविधानमा संसदीय सुनुवाई समिति १५ सदस्यीय हुने उल्लेख छ। संविधानको धारा २९२ मा सोसम्बन्धी व्यवस्था गरिएको छ।
दलहरुबीच लामो छलफलपछि १५ सदस्यीय बनाउने सहमति भएअनुसार संविधानमा सो उल्लेख गरिएपनि दलहरुले अहिले आफू अनुकुल व्याख्या गर्न थालेका छन्।
यसअघि शनिबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमासमेत नियमावली समितिको विषयमा गम्भीर छलफल भएको थियो। बैठकमा नेताहरुले सहमतिबाटै समाधान खोज्न सुझाव दिएका थिए।