सरकारको विकल्प खोज्दै एमाओवादी
२० वैशाख २०७३
•
५ मिनेट पाठ
सरकारको विकल्प खोज्दै एमाओवादी
काठमाडौं- सत्तारुढ गठबन्धनको दोस्रो ठूलो दल एकीकृत नेकपा माओवादीले सरकारका काम–कारबाहीप्रति असन्तुष्टि जनाउँदै त्यसको विकल्प खोज्न थालेको छ। एमाओवादी महासचिव कृष्णबहादुर महरा वर्तमान सरकार पूर्णरुपमा असफल भएको ठम्याइसहित विकल्प खोज्न सक्रिय रहेको स्रोतको दाबी छ। उनले सरकारमा सहभागी नभएका केही साना दलका नेतासँग सरकार परिवर्तनका विषयमा छलफलसमेत गरेका छन्।एमाले नेतृत्वमा सरकार गठन गर्न एमाओवादीले गरेको आठबुँदे सम्झौता कार्यान्वयन नभएको, सरकारले कालोबजारी नियन्त्रण गर्न नसकेको, भूकम्पपछिको पुनर्निर्माणमा अपेक्षाकृत काम गर्न नसकेको एमाओवादी निष्कर्ष छ।

'हामीले शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न, कालोबजारी नियन्त्रण र भूकम्पपछिको पुनर्निर्माणलगायत विषयमा सामूहिक छलफल गर्न एक महिनाअगाडि एमालेलाई पत्र पठाएका थियौं,' एमाओवादी सचिव वर्षमान पुनले नागरिकसँग भने, 'आजका मितिसम्म एमालेले कुनै जवाफ दिएको छैन।'

संविधान कार्यान्वयन, मधेस मुद्दा सम्बोधन, भूकम्पपछिको पुनर्निर्माणलगायत मुख्य समस्या समाधानमा सरकार उदासीन देखिएको भन्दै एमाओवादीले सरकारको कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिएको छ।

केही दिनअगाडि बसेको एमाओवादी स्थायी समिति बैठकले समेत आफैं सहभागी सरकार पूर्णरूपमा असफल भएको भन्दै राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, मधेसी मोर्चासमेत सहभागी संघीय गठबन्धनसँग छलफल चलाउने निर्णय गरेको थियो। सोही आधारमा एमालेलाई राष्ट्रियता, पुनर्निर्माण र मधेस समस्या समाधान गर्न लिखित प्रस्ताव नै बुझाइसकिएको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए।

'स्थायी समितिको निर्णयअनुसार मुलुकका प्रमुख समस्या समाधान गर्न एमालेलाई लिखित आग्रह गरेका हौं,' श्रेष्ठले नागरिकसँग भने।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि सोमबार विराटनगरमा सरकारको काम गर्ने शैलीप्रति तीव्र असन्तुष्टि जनाए। 'तत्काल सरकार परिवर्तनभन्दा पनि सरकारको काम गर्ने शैली परिवर्तन गर्नुपर्छ,' उनले भने। एमाओवादीको राम्रो साथ र सहयोग पाएको वर्तमान सरकारको काम गर्ने शैलीप्रति स्वयं एमाओवादी नै सन्तुष्ट छैन भन्ने दाहालको अभिव्यक्तिले प्रस्ट पारेको छ।

एमाओवादीले मुख्य रूपमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारले चासो नदिएको आरोप लगाएको छ। सत्तारुढ दलकै नेता तथा वकिलले द्वन्द्वकालका घटना ब्युँताएर मुद्दा हाल्नेदेखि एमाओवादी नेता–कार्यकर्तालाई फसाउने प्रयास गरेको भन्दै एमाओवादी आक्रोशित भएको छ। 'हाम्रो सहयोगमा सरकार सञ्चालन गर्ने अनि हामीविरुद्ध नै मुद्दा हाल्दा र बहस गर्दा विश्वासको संकट उत्पन्न हुन्छ?' पुनले भने।

सरकार गठनताका एमालेसँग भएको सहमति र सम्झौताअनुसार सरकारले काम गर्न नसकेको उनले बताए। 'प्रधानमन्त्रीका कुरा सुन्दा के–के न भयो जस्तो देखिन्छ,' पुनले भने, 'यथार्थमा सरकारले सिन्कोसम्म पनि भाँच्न सकेन।' मधेस समस्या समाधान गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र बनाए पनि सरकारले मधेसी दललाई विश्वासमा लिन नसकेको र वार्तालाई प्राथमिकता नदिएको उनले बताए। 'अब प्रधानमन्त्री करेक्सन नहुने हो भने हामी धेरै दिन काँध थापेर बस्दैनौं,' उनले भने।
अर्को समाचार
एमाओवादी नेता सरकारको विकल्प खोज्दै
२८ वैशाख २०७३
•
१ मिनेट पाठ
एमाओवादी नेता सरकारको विकल्प खोज्दै
काठमाडौं–सत्तारूढ एमाओवादीका जनजाति पक्षधर नेताहरू केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्न थालेका छन्। उनीहरू संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासमेत सामेल संघीय गठबन्धनको काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी हुने तयारीमा छन्।एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नौबुँदे सहमतिमार्फत ओली सरकारको आयु बढाएकोप्रति असन्तुष्ट उनीहरू संघीय गठबन्धनले आफ्नो २६ बुँदे मागमा ओली सरकार विघटनको माग थपे आफूहरू पनि आन्दोलनमा सहभागी हुने बताए ।

एमाओवादी स्थायी कमिटी सदस्य गोपाल किरातीले किरात संघर्ष समितिबाट गठबन्धनको काठमाडौंकेन्द्रित आन्दोलनमा सक्रिय सहभागी हुने बताए । वैशाख २३ गते भएको नौबुँदे सहमतिमा १५ दिनभित्र शान्तिप्रक्रिया टुंग्याउन कानुन बनाउने लेखिए पनि त्यो सम्भव नभएको किरातीको जिकिर छ । 'शान्तिप्रक्रिया टुंग्याउने सहमति लागू नहुँदा एमाओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनुको विकल्प छैन,' उनले भने ।

नेता किरातीले संघीय गठबन्धनको सिंहदरबारकेन्द्रित आन्दोलनमा आफूहरूको सक्रिय सहभागिता रहने बताउँदै सरकारबाट दमन भए प्रतिरोधमा निर्णायक संघर्ष गर्ने जानकारी दिए ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस