नियमावलीमा जुटेन सहमति
२० वैशाख २०७३
•
५ मिनेट पाठ
नियमावलीमा जुटेन सहमति
काठमाडौं- संसदीय सुनुवाइ विशेष समितिको सदस्य संख्यासम्बन्धी विवाद सुल्झाउन नसकेपछि व्यवस्थापिका–संसदको नियमावली मस्यौदा समितिले सोमबार अपुरो मस्यौदा संसदको पूर्ण बैठकमा पठाएको छ।

समिति सभापति राधेश्याम अधिकारीले लामो समयसम्म विवाद कायम रहँदा संसदीय काम–कारबाही नै प्रभावित हुने अवस्था देखिएको भन्दै अपुरै मस्यौदा पूर्ण बैठकमा पठाउने निर्णय सुनाएका थिए। नयाँ संविधानको व्यवस्थाअनुसार जाने कि पुरानै व्यवस्थामा टेकेर संसदीय सुनवाइ विशेष समिति निर्माण गर्ने भन्ने विषयमा सत्तारुढ र प्रतिपक्षी दलबीच सात महिनादेखि विवाद हुँदै आएको थियो। नेपालको संसदीय इतिहासमा अपुरो नियमावली मस्यौदा पूर्ण बैठकमा गएको सम्भवतः यो पहिलो घटना हो।

अधिकारी नेतृत्वको समितिले सात महिना छलफल गरेर पनि सहमति जुटाउन नसकेको उक्त मस्यौदाबारे अब संसदको पूर्ण बैठकमा छलफल हुने भएको छ। 'सुनवाइ समितिबारे सहमति गर्न सकिन, अब यो मस्यौदा व्यवस्थापिका संसदमा पठाउने निर्णय गर्दछु,' बैठकको अन्तिम दिन अधिकारीले भने। अधिकारीको उक्त प्रस्तावमा सदस्यहरूले सर्वसम्मत सहमति जनाएका छन्।

नयाँ संविधान जारी भएलगत्तै सोहीअनुकूल नियमावली बनाउन मंसिर ४ गतेदेखि उक्त समितिले काम सुरु गरेको थियो। एमाओवादी सांसद रामनारायण बिडारी संयोजकत्वको उपसमितिले पुस ४ गते नयाँ संविधानअनुसार संसदीय सुनवाइ समितिको सदस्य संख्या १५ सदस्यीय बनाउनुपर्ने सुझाव मूल समितिमा पेस गरेको थियो। तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र साना दलले त्यसमा असहमति जनाउँदै पुरानै व्यवस्थाअनुसार ७३ सदस्यीय बनाउन दबाब दिएका थिए।

सात महिना छलफल गरेर पनि सहमति जुटाउन नसकेको भन्दै समिति सदस्यले भने सभापति अधिकारीसमक्ष आक्रोश पोखेका छन्। अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्काले सात महिनासम्म अड्काएर अहिले संसदमा पठाउनु लाजमर्दो भएको बताए। 'सहमति जुटाउन सकिँदैनथ्यो भने सात महिनाअघि नै पठाउनुपर्थ्यो, यत्रो समयसम्म अड्काएर अहिले संसदमा पठाउनु राजनीतिक अकर्मण्यताको परकाष्ठा हो,' उनले बैठकमा भने, 'यसले संविधान कार्यान्वयन गर्न प्रमुख दल नै जिम्मेवार छैनन् भन्ने देखाएको छ।'

राष्ट्रिय जनमोर्चाकी सांसद मीना पुनले सहमति नजुटाइ पूर्ण बैठकमा मस्यौदा लैजानु लाजमर्दो भएको बताइन्। एमाओवादी सांसद धनीराम पौडेलले सुरक्षा समितिको संरचना नयाँ संविधानको व्यवस्थाअनुसार बन्ने तर संसदीय सुनवाइ किन नबन्ने भन्ने प्रश्न अन्तिम बैठकमा समेत गरेका थिए।

सभापति अधिकारीले आफूले सहमति जुटाउन नसकेको स्वीकार गर्दै अपुरो मस्यौदा पूर्ण बैठकमा पेस गर्ने निर्णय सुनाएलगत्तै कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सभापतिको अभिव्यक्तिलाई समाएर सुनवाइ समितिमा सहमति गर्न सकिन नभन्न र सहमति जुटेन भनेर भाषा सच्याउन सुझाव दिए।

'सहमति पनि नजुटाउने र मतदानमा नि लगेर नटुंगाइकन जसरी आज अपुरो मस्यौदा संसदमा लैजाने निर्णय भयो, सदस्यको नाताले म दुःख व्यक्त गर्छु,' एमाले सांसद रेवतीरमण भण्डारीले भने, 'यस्तो स्थिति अब नआओस् भनेर सचेत हुनुको अर्को विकल्प छैन।' नियमावली पारित हुन नसक्दा प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद सदस्य, संवैधानिक आयोगका प्रमुख र सदस्यको सुनवाइ पूरै प्रभावित हुन पुगेको छ। पुरानै नियमावलीमा टेकेर उनीहरुको सुनवाइ हुने सम्भावना भने प्रवल रुपमा बढेको छ।
अर्को समाचार
संसद नियमावलीमा सहमति जुटेन, भोलि संसदमा पेस हुने
२० वैशाख २०७३
•
२ मिनेट पाठ
संसद नियमावलीमा सहमति जुटेन, भोलि संसदमा पेस हुने
काठमाडौं- दलहरुबीच सहमति नजुटेपछि सात महिनादेखि विवादित बन्दै आएको संसद नियमावली व्यवस्थापिका संसदमा प्रस्तुत हुने भएको छ। सोमबार बसेको नियामवली मस्यौदा समितिको बैठकमा पनि सहमति नजुटेपछि भोलि (मंगलबार) बस्ने संसद बैठकमा नियमावली पेस हुने मस्यौदा समितिका सभापति राधेश्याम अधिकारीले जानकारी दिए।

दलहरुबीच सुनुवाई विशेष समिति कति सदस्यीय हुने भन्नेमा विवाद छ। एमाले र एमाओवादी नयाँ संविधान अनुसार सुनुवाई समिति १५ सदस्यीय हुनुपर्ने पक्षमा छन भने प्रमुख प्रतिपक्ष कांग्रेससहित साना दल पुरानै व्यवस्थाअनुसार नियमावली समिति ७२ सदस्यीय हुनुपर्ने अडान लिएका छन्। जसका कारण न्यायपरिषदले सिफारिस गरका ११ न्यायाधीश र सरकारले नियुक्तिका लागि सिफारिस गरेका २१ राजदूतको सुनुवाई प्रभावित बनेको छ।

संविधानमा संसदीय सुनुवाई समिति १५ सदस्यीय हुने उल्लेख छ। संविधानको धारा २९२ मा सोसम्बन्धी व्यवस्था गरिएको छ।

दलहरुबीच लामो छलफलपछि १५ सदस्यीय बनाउने सहमति भएअनुसार संविधानमा सो उल्लेख गरिएपनि दलहरुले अहिले आफू अनुकुल व्याख्या गर्न थालेका छन्।

यसअघि शनिबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमासमेत नियमावली समितिको विषयमा गम्भीर छलफल भएको थियो। बैठकमा नेताहरुले सहमतिबाटै समाधान खोज्न सुझाव दिएका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस