काठमाडौं–मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका प्रभावशाली नेता रामबहादुर थापाले आफनो समुहको केन्द्रीय समिति बैठक बोलाएका छन्। पुष्पकमल दाहाल नेतृत्वको एकीकृत माओवादीसँग पार्टी एकता गर्न अध्यक्ष वैद्य अनिच्छुक देखिए पछि थापाले आफनो समुहको केन्द्रीय समिति बैठक बोलाएका हुन्।केन्द्रीय समिति बैठक डाकेर एकीकरणको बारेमा निर्णय लिन थापाले दबाब दिए पनि वैद्यले अस्विकार गरेपछि थापाले उक्त कदम चालेका हुन्। थापा निकट नेता लेखनाथ न्यौपानेले अध्यक्ष वैद्यले केन्द्रीय समिति बैठक बोलाएर पार्टी एकताका बारेमा निर्णय गर्न अस्विकार गरे पछि अलग्गै बैठक बोलाउनु परेको बताए।
'मलाई पनि सो बैठकमा सहभागीता जनाउनका लागि निम्तो आएको छ, अध्यक्षले नभई बादल (जी)ले बैठक आह्वान गरेपछि अलग्गै केन्द्रीय समिति बैठक हो भनेर बुझ्नु पर्दछ,' न्यौपानेले नागरिकन्युजसँग भने, 'अब बादल (थापा)जीसँग सहमत हुनेहरु उक्त बैठकमा सहभागी हुनेछन्।' उनका अनुसार सोही बैठकले एमाओवादीसहित अन्य माओवादी शक्तिबीचको पार्टी एकीकरणको बारेमा निर्णय लिनेछ। थापाले २७ गते सम्पर्क गर्ने र २८ गते देखी बैठकमा सहभागीता जनाउने गरी केन्द्रीय समिति सदस्यलाई सन्देश पठाइसकेका छन्। उक्त बैठकमा १ सयभन्दा बढी केन्द्रीय सदस्य उपस्थित हुने अपेक्षा थापाको छ। 'सोही बैठकले अध्यक्ष बैद्यलाई कारवाही गरेर पार्टी एकतामा जाने निर्णय लिनेछ,' स्रोतले भन्यो।