चार मन्त्री र तीन सचिव विदेश सयरमा
१३ असोज २०७९
•
३ मिनेट पाठ
चार मन्त्री र तीन सचिव विदेश सयरमा
संघीय सरकारका चार मन्त्री र तीन सचिव यतिबेला विदेश सयरमा छन्। साताव्यापी विदेश भ्रमणमा गएका शिक्षामन्त्री भने बुधबार साँझ स्वदेश फर्किएका छन्।  




विदेशी मुद्राको सञ्चिती घटिरहेका बेला सरकारले खर्चमा कटौतीको निर्णय गरेको छ तर मन्त्री र सचिवहरू भने विदेश भ्रमणमा गइरहेका छन्। अरूलाई पठाएर हुने कार्यक्रममा पनि मन्त्री र सचिवहहरू आफैं विदेश भ्रमणमा निस्किएका हुन्।

वन तथा वातावरणमन्त्री प्रदीप यादव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ र संस्कृति, नागरिक तथा पयर्टनमन्त्री जीवनराम श्रेष्ठ विभिन्न कार्यक्रममा सहभागी हुन विदेश भ्रमणमा गएका हुन्। शिक्षामन्त्री देवेन्द्र पौडेल अस्ट्रियाको भियनामा आयोजित अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको कार्यक्रममा सहभागी भई बुधबार स्वदेश फर्किएका छन्। सोही कार्यक्रममा भाग लिन मन्त्री पौडेलसँगै गएकी विज्ञान सचिव प्रमिला बज्राचार्य पनि स्वदेश फर्र्किएकी छन्। शिक्षा तथा विज्ञान मन्त्रालयमा शिक्षा र विज्ञान हेर्नेगरी अलगअलग सचिवको व्यवस्था गरिएको छ।

संस्कृति, नागरिक तथा पयर्टनमन्त्री जीवनराम श्रेष्ठ अहिले क्यानडामा छन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४१औं त्रैवार्षिक महासभामा भाग लिन सोमबार त्यसतर्फ गएका हुन्। मन्त्रालयका अनुसार क्यानडाको मन्ट्रियल सहरमा बिहीबारदेखि सुरु हुने महासभामा विश्वका १९३ देशका मन्त्री तथा उच्चपदस्थ कर्मचारी सहभागी हुँदैछन्। पर्यटनमन्त्री श्रेष्ठ एक सातापछि काठमाडौं फर्कनेछन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ सहकारीसम्बन्धी साताव्यापी कार्यक्रममा सहभागी हुन आइतबार इजरायल गएकी हुन्। उनीसँग मन्त्रालयका प्रवक्ता सहसचिव जनक जोशी, प्रशासन महाशाखा प्रमुख सहसचिव निराजन घिमिरे, एक निजी सचिव र एक स्वकीय सचिव पनि इजरायल गएका छन्।  

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ नर्वे गएका हुन्। सुशासन तथा स्थानीय प्रशासनसम्बन्धी कार्यक्रममा सहभागी हुन संघीय मामिलामन्त्री श्रेष्ठ अघिल्लो साता नर्वे पुगेका हुन्। उनको भ्रमण दलमा मन्त्रालयका सहसचिव बलराज रिजालसहित पाँच जना छन्। वन तथा वातावरणमन्त्री प्रदीप यादव यतिबेला अमेरिका भ्रमणमा छन्। उनी शुक्रबार काठमाडौं फर्कने बताइएको छ। मिथेन ग्याससम्बन्धी आयोजना हुने कार्यक्रममा भाग लिन मन्त्री यादव अमेरिका पुगेका हुन्। वनसचिव पेमनारायण कँडेल पनि अमेरिकामै छन्। उनको भ्रमण भने अर्को प्रयोजनका लागि हो। अन्तर्राष्ट्रिय पर्वतीय दिवससम्बन्धी कार्यक्रममा सहभागी हुन सचिव कँडेल अमेरिका गएका हुन्।  

श्रमसचिव एकनारायण अर्याल पनि अहिले विदेश भ्रमणमा छन्। स्विडेनमा एनआरएनले आयोजना गरेको श्रम बजारसम्बन्धी कार्यक्रममा सहभागी हुन उनी शुक्रबार त्यसतर्फ गएका हुन्। यसैगरी एसियाली विकास बैंकको वार्षिक साधारणसभामा सहभागी हुन अर्थसचिव कृष्णहरि पुष्कर आइतबार फिलिपिन्स गएका छन्। अर्थमन्त्री जनार्दन शर्मा कोरियाबाट फर्केको २ साता नपुग्दै अर्थसचिव पुष्कर फिलिपिन्स गएका हुन्।

कृषिमन्त्री गोविन्द शर्मा एक साता विदेश भ्रमण गरी केही दिनअघि स्वदेश फर्किएका थिए। एक सचिवका अनुसार तल्लो तहका कर्मचारी आयोजकको खर्चमा र सहसचिवभन्दा माथिल्लो तहका कर्मचारी सरकारी खर्चमा विदेश जाने गर्छन्। सामान्यतः एक साताको भ्रमणमा सहसचिव र सचिवको हकमा ५ हजार र मन्त्रीको हकमा १० हजार डलर खर्च हुने गरेको ती सचिवले बताए। निर्वाचन आयोगले बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गरेको छ। आचारसंहिता लागु नहुँदै मन्त्री र सचिव यसरी विदेश भ्रमणमा गएका हुन्।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
१५ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस