हाजिर गरेको भोलिपल्टै सरुवा
१४ असोज २०७९
•
२ मिनेट पाठ
हाजिर गरेको भोलिपल्टै सरुवा
फाइल तस्बिर
चुनावको सँघारमा मनलाग्दी कर्मचारी सरुवा गरिएको छ। बुधबारदेखि निर्वाचन आचारसंहिता लागु भएकाले मंगलबारको मिति राखेर सहरी विकास मन्त्रालयमा एकजना सहसचिवको सरुवा भएको छ। केही कर्मचारीहरूको भने हाजिरी गरेको भोलिपल्टै सरुवा गरिएको छ।  




भदौको पहिलो साता सहरी विकास मन्त्रालयअन्तर्गत नयाँ सहर आयोजना फिदिममा कार्यरत आयोजनाप्रमुख सुमन मिश्रलाई फिदिमबाट सघन सहरी तथा भवन निर्माण आयोजना नेपालगञ्ज सरुवा गरियो। उनी नेपालगञ्जमा २ दिन मात्र बसे।

नेपालगञ्ज कार्यालयमा हाजिरी गरेको भोलिपल्टै मिश्रलाई सघन सहरी तथा भवन निर्माण आयोजना दाङमा सरुवा गरियो। दाङमा उनले भदौ ९ गते हाजिरी गरेका थिए। दाङमा कार्यरत खड्ग चौधरीलाई सघन सहरी तथा भवन निर्माण आयोजना नेपालगञ्जमा सरुवा गरियो। सहरी विकासमन्त्री मेटमणि चौधरीको निर्देशनमा मिश्रलाई नेपालगञ्जबाट दाङ लगिएको स्रोतको भनाइ छ ।

यसैगरी मंगलबारकै मिति राखेर सहरी विकास मन्त्रालय मातहतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सदस्य सचिव तथा वाग्मती सुधार अयोजना प्रमुख दिलीप भण्डारीलाई एक महिनामै मन्त्रालयमा तानिएको छ। भण्डारीको ठाउँमा सुवास बस्नेतलाई लगिएको छ। उक्त आयोजनामा सहसचिवसरहको दबरन्दी छ।

भण्डारी सहसचिव हुन् तर सहसचिव सरहका कर्मचारीलाई मन्त्रालयमा तानेर उपससचिवसरहका कर्मचारीलाई आयोजनामा कायममुकायम दिइएको छ। एसियाली विकास बैंकको सहयोगमा केही वर्षदेखि वाग्मती सुधार कार्यक्रम सञ्चालन भइरहेको छ। ‘आयोजना प्रमुखहरू बारम्बार फेर्दा दातृ निकायहरू मन पराउदैनन्,’ स्रोतले भन्यो, ‘तर यहाँ विधि र परम्पराभन्दा पनि मन्त्रीको लहडमा आयोजना प्रमुख फेरबदल भइरहेका छन् ।’

स्रोतका अनुसार भण्डारीलाई मन्त्रालयमा ल्याउन सहरी विकासमन्त्री चौधरीले नै दबाब दिएका थिए। वाग्मती विकास समितिले आयोजनामा कार्यरत ४६ जना ज्यालादारी कर्मचारीलाई गत साउनदेखि कामबाट हटाएको थियो। स्रोतले भन्यो, ‘यो विषय मन्त्रालयसम्म पुग्यो। मन्त्री चौधरीले हटाइएका कर्मचारीलाई पुनः सेवामा राख्न भण्डारीलाई दबाब दिएका थिए तर उनले कर्मचारीलाई तलब खुवाउन बजेट नभएकाले हटाइएका कर्मचारीलाई राख्न नमिल्ने जवाफ दिएका थिए ।’ त्यसपछि भण्डारीसँग मन्त्री चौधरी निकै असन्तुष्ट भएको स्रोतले बताएको छ। 
अर्को समाचार
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
७ मिनेट अघि
•
१ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अवलोकन गरेका छन्।




राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नासल चोक डबली हनुमानढोकामा सो कार्यक्रममा सरिक भएर देवीनाच अवलोकन गरेका हुन्।

सो अवसरमा उनले त्यहाँ पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए। 
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस