काठमाडौं–एकीकृत नेकपा माओवादीसँग पार्टी एकीकरणको नाममा पार्टी नै विभाजनको उद्देश्यसहित बोलाइएको नेकपा क्रान्तिकारी माओवादीका रामबहादुर थापा पक्षधरको केन्द्रीय समिति बैठक रोक्न अध्यक्ष मोहन वैद्यले आग्रह गरेपछि बैठक स्थगित भएको छ । मंगलबार बोलाइएको बैठकमा अध्यक्ष वैद्यले जेठ १ गतेसम्म बैठक रोक्न आग्रह गरेपछि बैठक स्थगित गरिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।अध्यक्ष मोहन वैद्य एमाओवादीसँग एकीकरण गर्न अनिच्छुक भएको भन्दै थापा पक्षले मंगलबार केन्द्रीय समिति बैठक बाेलाएको थियाे ।
वैद्यको पत्रले थापा पक्षधर अलमलमा
याे पनि पढ्नुस
वैद्यको पत्रले थापा पक्षधर अलमलमा