नविन खतिवडा, काठमाडौं माघ २५- तेक्वान्दो स्टार दीपक विष्टले लगातार चौथो स्वर्ण जित्दै साग खेलकुदको इतिहासमा नयाँ कीर्तिमान बनाएका छन्। सोमबार दीपकले भुटानी खेलाडीलाई पराजित गर्दै पछिल्लो स्वर्ण जितेका हुन्।
८७ केजीको प्रतिस्पर्धामा दीपकले क्वार्टर फाइनलमा बंग्लादेशका मोहम्मद मिजानुर र सेमिफाइनलमा भारतका नकुललाई पराजित गरेका थिए। मिजानुर पछिल्लो सागका स्वर्णधारी हुन्।

दीपकले काठमाडौंमा सन् १९९९मा भएको आठौं, पाकिस्तानमा २००४ मा भएको नवौं र २००६ मा श्रीलंकामा भएको १० औं सागमा स्वर्ण जितेका थिए।
२००२ को बुसान र २००६ को दोहा एसियाली खेलकुदमा कास्य पदक जितेर दीपक नेपालका लागि सबैभन्दा सफल खेलाडी बने पनि सागमा उनी बैकुण्ठ मानन्धर भन्दा पछाडि थिए। सागको खेलकुदको पहिलो तीन संस्करणमा म्याराथनतर्फ स्वर्ण जितेका बैकुण्ठले चौथो संस्करणमा कास्य पदक जितेका थिए।
नेपालले मुख्य आशा गरिएको तेक्वान्दोतर्फ मनिता शाही र आयषा शाक्य पनि फाइनलमा प्रवेश गरेका छन्। मनिताले २००६ को सागमा स्वर्ण र आयषाले रजत पदक जितेकी थिइन्।