काठमाडौं- एकीकृत नेकपा माओवादीसहित अन्य माओवादी पार्टीका नेताले १० वर्षका युद्धकालीन मुद्दा राजनीतिक सहमतिका आधारमा टुंग्याउन जोड गरेका छन्। विस्तृत शान्ति सम्झौताअनुसार संविधानको मूल मर्ममा टेकेर युद्धकालीन मुद्दा टुंग्याउनुपर्ने भन्दै उनीहरूले अदालती प्रक्रियामार्फत मुद्दा चलाएर जेल हाल्ने कार्य रोक्नुपर्नेमा जोड दिएका हुन्।'बृहत शान्ति सम्झौता र युद्धकालीन मुद्दा' शीर्षकको अन्तरक्रिया कार्यक्रममा शुक्रबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन नदिनका लागि अदालतलाई सक्रिय बनाउने कार्य गरिएको आरोप लगाए। 'विस्तृत शान्ति सम्झौताअनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत युद्धकालीन मुद्दा हल गर्नुपर्छ,' दाहालले भने, 'अहिले माओवादीविरुद्ध अदालतलाई तयार पारिँदैछ, अदालतले दिउँसै रात पार्ने काम गरिरहेको छ।'
अध्यक्ष दाहालका अनुसार उनीविरुद्ध ३७ वटा, नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईविरुद्ध १६ वटा, मोहन वैद्य र रामबहादुर थापासहित अन्यविरुद्ध आधा दर्जनभन्दा बढी मुद्दा विचाराधीन छन्। विस्तृत शान्ति सम्झौताले उक्त मुद्दा खारेज गर्ने निर्णय गरे पनि अझैसम्म खारेज नहुँदा समस्या देखा परेको उनको भनाइ छ।
'गृहमन्त्री र मुख्य न्यायाधिवक्तालाई मैले हामी (माओवादी नेता) विरुद्ध कहाँ–कहाँ मुद्दा छन्, कस्ता–कस्ता मुद्दा छन्, विवरण दिनुहोस् भनेर मागेको छु,' दाहालले भने, 'प्रारम्भिक रूपमा रिपोर्ट पनि आएका छन्, त्यसलाई अध्ययन गर्दछु।' दाहालले युद्धकालीन मुद्दालाई अदालती प्रक्रियाबाट पूरा गर्न खोजिए कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पनि आफूसँगै जेल जानुपर्ने बताएका छन्।
युद्धकालीन समयमा विद्रोहीपक्षको नेतृत्वकर्ता दलको हिसाबले आफू र राज्यको तर्फबाट युद्धको नेतृत्व गर्ने हिसाबले देउवा पनि जेल जानुपर्ने दिन आउने उनको भनाइ छ। 'शेरबहादुरजीले त हाम्रो टाउकोको मूल्य तोक्नुभएको हो, उहाँ राज्यको तर्फबाट युद्धको एउटा पक्ष हो, हामी विद्रोहीको तर्फबाट अर्को पक्ष हौं,' दाहालले भने, 'जुन दिन युद्धकालीन मुद्दाले म जेल जानुपर्छ, त्यो दिन शेरबहादुरजी पनि सँगसँगै जेल जानुपर्छ।' तत्कालीन सरकारी सुरक्षा प्रमुख पनि युद्धको एक हिस्सा भएकाले उनीहरू पनि सँगसँगै जेल जानुपर्ने दाहालको भनाइ छ।
मानवअधिकारको आडमा केही व्यक्ति विशेष माओवादीलाई सिध्याउने अभियानमा लागिपरेको जनाउँदै दाहालले तिनीहरूको पहिचान गर्न निर्देशन दिएका छन्। 'शान्ति सम्झौताअनुसार काम किन बढिरहेको छैन र माओवादीलाई घेराबन्दी गर्ने असफल प्रयास भइरहेको छ? आफूले बुझ्न नसकेको उनको भनाइ छ।
नेकपा क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्यले युद्धकालीन मुद्दालाई अदालती प्रक्रियाबाट नभई राजनीतिक रूपमा समाधान गर्नुपर्नेमा जोड दिए। 'देशमा परिवर्तन हाम्रै्र कारणले हुने अनि जेल पनि हामी नै जानुपर्ने? यो कस्तो विचित्रको मानवअधिकार हो?' वैद्यले प्रश्न गर्दै भने, 'त्यसैले यो विषयलाई राजनीतिक रूपमा समाधान गर्नुपर्छ, न कि कानुनी र अदालती प्रक्रियाबाट।' उनले अदालती प्रक्रियाबाट आएका मुद्दाका फैसाला स्वीकार्य नहुने जनाए।
अन्य माओवादी नेताले पनि विस्तृत शान्ति सम्झौताविपरीत युद्धकालीन मुद्दा उचालेर फसाउन खोजेको भन्दै आपत्ति जनाए। संक्रमणकालीन न्यायको सिद्धान्तविपरीत केही मानवअधिकारवादी लागिपरेको भन्दै उनीहरूले तीव्र आलोचनासमेत गरेका छन्।