कास्कीमा सत्ता गठबन्धन र एमालेले दलबलसहित पुगेर उम्मेदवारी दर्ता गरेका छन्। कास्कीका तीन छुट्टाछुट्टै उम्मेदवारी दर्ता स्थल पुगेर सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेका हुन्। निर्वाचन कार्यालय कास्कीले उम्मेदवारी दर्ताका लागि कास्की–१ का लागि पशु सेवा निर्देशनालयको भवन, कास्की–२ का लागि पोखरा सभागृह र कास्की–३ का लागि जिल्ला समन्वय समितिको सभाहललाई उम्मेदवारी दर्ता स्थल तोकेको थियो।
कास्की–१ मा प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका किशोरदत्त बरालले उम्मेदवारी दिएका छन्। यो क्षेत्रमा एमालेबाट मनबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेका छन्। यो क्षेत्र हेभीवेट बीचको भिडन्त हुने क्षेत्र हो। प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट उम्मेदवारी दिएका बराल नेपाली कांग्रेस कास्कीका सभापति हुन् भने गुरुङ नेकपा एमाले कास्कीका अध्यक्ष हुन्।
कास्की–२ मा गठबन्धनबाट श्रीनाथ बरालले उम्मेदवारी दर्ता गरेका छन्। नेकपा एकीकृत समाजवादीका उनी पूर्व जिविस उपसभापति हुन्। एमालेबाट यो क्षेत्रमा रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईले उम्मेदवारी दिएकी छन्। रवीन्द्रको निधनपछि भएको उप–चुनावमा जितेर सांसद भएकी भट्टराई दोश्रोपटक चुनावी भिडन्तमा आएकी हुन्।
कास्की–३ मा गठबन्धनबाट रामजीप्रसाद बरालले उम्मेदवारी दिएका छन्। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य उनी गण्डकी प्रदेशका अर्थमन्त्रीसमेत हुन्। यो क्षेत्रमा एमालेबाट दामोदर बैरागीले उम्मेदवारी दिएका छन्। बैरागी अवसर नपाएका नेता भनेर चिनिन्छन्।
कास्की १ को (क) मा गठबन्धनबाट दीपक कोईरालाले उम्मेदवारी दिएका छन्। यसअघि २०७४ सालको चुनावमा यहि निर्वाचन क्षेत्रबाट निर्वाचित कोईराला गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका निवर्तमान सभापति हुन्। यो क्षेत्रमा एमालेका खगराज अधिकारीले उम्मेदवारी दर्ता गरेका छन्। अधिकारी निवर्तमान प्रतिनिधि सभा सदस्य तथा पूर्व गृहमन्त्री र स्वास्थ्यमन्त्री हुन्। उनी मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेश सभा सदस्यका लागि चुनावी भिडन्तमा आएका हुन्।
कास्की १ को (ख) मा गठबन्धनबाट दीपक गुरुङ (माईला)ले उम्मेदवारी दर्ता गरेका छन्। २०७४ सालको स्थानिय तहको चुनावमा पोखरा–१३ को वडा सदस्यमा पराजित गुरुङ कांग्रेस महामन्त्री गगन थापाका प्रिय पात्र हुन्। यो क्षेत्रमा एमालेबाट बेदबहादुर गुरुङ (श्याम)ले उम्मेदवारी दर्ता गरे। उनी मादी गाउँपालिकाका निवर्तमान प्रमुख (अध्यक्ष) हुन्।
कास्की–२ को (क) गठबन्धनबाट विश्वप्रकाश लामिछानेले उम्मेदवारी दर्ता गरे। उनी नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीका निवर्तमान अध्यक्ष हुन्। यो क्षेत्रमा एमालेबाट भीम कार्कीले उम्मेदवारी दिएका छन्। उनी एमालेका केन्द्रीय सदस्य हुन्।
कास्की–२ को (ख) मा गठबन्धनबाट नेपाली कांग्रेसका विन्दुकुमार थापाले उम्मेदवारी दिएका छन्। २०७४ सालको निर्वाचनमा यहि क्षेत्रबाट निर्वाचित थापा गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री हुन्। यो क्षेत्रमा एमालेबाट मीना गुरुङले उम्मेदवारी दिएकी छन्। यसअघि समानुपातिकबाट गण्डकी प्रदेश सभा सदस्य रहेकी उनी यसपटक प्रत्यक्षतर्फको उम्मेदवार बनेकी हुन्।
कास्की–३ को (क)मा गठबन्धनबाट दुर्गादत्त भण्डारीले उम्मेदवारी दिएका छन्। नेकपा माओवादी केन्द्रका नेता उनी सोझा, ईमान्दार र अवसर नपाएका नेताका रुपमा परिचित छन्। यो क्षेत्रमा एमालेले गणेशमान गुरुङलाई उम्मेदवार बनाएको छ। पुराना एमाले नेता उनी पहिचानको मुद्धा बोकेर अशोक राईसँगै एमालेबाट विद्रोह गरेपनि एक वर्षअघि जसपाबाट एमाले प्रवेश गरेका थिए।