गठबन्धनविरोधी डा. कोइरालाले भने: संविधान जोगाउन गठबन्धन गर्नुपरेको हो
२४ असोज २०७९
•
१ मिनेट पाठ
गठबन्धनविरोधी डा. कोइरालाले भने: संविधान जोगाउन गठबन्धन गर्नुपरेको हो
नेपाली काँग्रेसका  नेता डा. शेखर कोइरालाले आफू गठबन्धनको विरोधी नभएको बताएका छन्। मोरङ क्षेत्र नम्बर ६ बाट  प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन गरेपछि कोइरालाले पत्रकारहरूसँग कुरा गर्दै स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा आफू रहे पनि प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धनको विपक्षमा आफू नरहेको बताएका हुन्।  




डा. कोइरालाले गठबन्धनकै कारण कतिपय नेता तथा कार्यकर्ता टिकटबाट बञ्चित भएको भएपनि त्यसलाई स्वभाविक रुपमा लिनुपर्ने बताए। आफूहरूले सकेसम्म बढी सिट लिने प्रयास स्वरुप  १ सय सिट दाबी गरे पनि गठबन्धन गर्दा भने जस्तै नहुने  कोइरालाले स्पष्ट पारे। कोइरालाले भने ‘गठबन्धन गर्दा आफूले भनेजति नै हुने कुरा पनि भएन।’  ट्र्याक बाहिर गएको संविधानलाई ट्र्याकमा ल्याउन गठबन्धन गर्नुपरेको कोइरालाले स्पष्ट पारे। उनले गठबन्धनको नेतृत्व काँग्रेसले गरिराखेकोले निर्वाचनपछि पनि काँग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरे। 
अर्को समाचार
दलहरूकै कारण गणतन्त्रमाथि प्रश्न चिन्ह उठेको छः नेता कोइराला
०१ मंसिर २०८०
•
२ मिनेट पाठ
दलहरूकै कारण गणतन्त्रमाथि प्रश्न चिन्ह उठेको छः नेता कोइराला
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको अवस्थाले गर्दा जनतामा निराश छाएको बताएका छन्।




शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै डा. कोइरालाले जनतामा निराशा छाउनुको मुख्य कारण गणतन्त्रको सही सदुपयोग गर्न नसक्दा यो अवस्था आएको बताएका हुन्। गणतन्त्र आफैँमा खराब नभएको र यो व्यवस्था राम्रो रहेको बताउँदै, डाक्टर कोइरालाले भने, ‘गणतन्त्र ल्याउनका लागि हामी सबैले आन्दोलन ग¥यौं । तर, हामीले के का लागि आन्दोलन गरेका थियौँ भन्ने सबैले बिर्से जस्तो लाग्छ। भ्रष्टाचार गर्न, दण्डहीनता बढाउनका लागि गणतन्त्र ल्याएका हौँ?’

यस्ता कुराहरूले गर्दा जनताहरू आजित र निराश भएका हुन्। गणतन्त्र आफैमा खराब होइन, गणतन्त्र राम्रो व्यवस्था भएको डाक्टर कोइरालाले प्रस्टाए। उनले भने, ‘राजनैतिक दलहरुका कारणले गर्दा गणतन्त्रमा प्रश्न चिन्ह लागेको हो। यो कसरी जान्छ भविष्यले नै बताउने छ।’

कोशी प्रदेशको सरकारले बजेटपछि पूर्णता पाउने उनले बताए। प्रदेश सरकारले बजेट ल्याएपछि गति लिने उनको भनाइ छ। ‘सरकारलाई धेरै दिन अन्योलमा राख्न नहुने बताउँदै, डाक्टर कोइरालाले भने, ‘प्रदेश सरकारले पहिलो बजेट ल्याएर पास गरेपछि मात्रै सरकार बनाउनु पर्छ। मैले पहिलेदेखि भन्दै आएको छु एमालेलाई सहमतिको सरकार बनाऊँ भनेर। उहाँहरूलाई सरकार नछान भनेको थिएँ। उहाँहरूबिचमा पनि होला आफ्ना कठिनाइ । त्यही भएर सरकार छाड्नु भयो होला।’

सामाजिक सञ्जाल टिकटकलाई बन्द गर्न नेपाल सरकारले अघि सारेको कदमबारे यसलाई नियमन गर्न आवश्यक रहेको बताए। टिकटक बन्द गर्नुपर्छ भन्ने पक्षमा आफू नरहेको बताउँदै, डाक्टर कोइरालाले भने, सरकारले सामाजिक सञ्जाललाई बन्द गर्ने होइन कि यस कडा रुपमा नियमन गर्न सक्नुपर्छ। नियमन गर्ने धेरै उपायहरू हुँदाहुँदै बन्द गर्न हुँदैन। नियमन गर्न नसक्ने अनि हठातमा सरकारले टिकटक बन्द गर्नु गैह्र जिम्मेवार कुरा हो। अब अदालतले जे गर्ला, अदालतको निर्णय त मानेकै छौ।’

कोशी प्रदेशका मानीयहरुले काँग्रेसलाई जोगाएको बताएकोमा धन्यवाद दिँदै, डाक्टर कोइरालाले भने, ‘अहिले नेतृत्वहरुले प्रदेश माओवादी दिँदा काँग्रेसीजनको अनुहार कस्तो हुन्थ्यो। त्यो हामीले बुझ्न सकेनौँ  हामी सशक्त रहिरहँदा हामीले त्यसलाई नजरअन्दाज गरेका हौँ। म यहाँको माननीयज्यूहरूलाई नमन गर्छु।’ 
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस