शीर्ष नेतालाई जिताउने रणनीति: विपक्षीले दिए कमजोर उम्मेदवार
२५ असोज २०७९
•
४ मिनेट पाठ
शीर्ष नेतालाई जिताउने रणनीति: विपक्षीले दिए कमजोर उम्मेदवार
प्रमुख राजनीतिक दलका अध्यक्षले उम्मेदवारी दिएका क्षेत्रमा विपक्षी पार्टीहरूले कमजोर उम्मेदवार दिएर एकले अर्कालाई अघोषित सहजीकरण गरेका छन्। आगामी मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा होमिएका चार शीर्ष नेताहरूको क्षेत्रमा सबै दलले कमजोर उम्मेदवार दिएका हुन्। एकातर्फ कांग्रेस नेतृत्वको पाँच दलीय सत्तागठबन्ध र अर्को तर्फ एमाले  नेतृत्वमा जसपा र राप्रपाको स्थान विशेषको गठबन्धन भए पनि शीर्ष नेताहरूको स्थानमा दुवैपक्षले कमजोर उम्मेदवार खडा गरेका छन्।  




मंसिर ४ मा सम्पन्न हुने संघीय संसद्को निर्वाचनका लागि झापा–५ बाट प्रतिनिधिसभा मनोनयन दर्ता गराएका एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धाका लागि कांग्रेसले आफ्नो मत सुरक्षित गर्नका लागि मात्रै उम्मेदवारी दिएको छ। गठबन्धन दलबीच सिट बाँडफाँट हुँदा झापा–५ कांग्रेसको भागमा परेपछि कांग्रेसले खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ।

झापामा अधिकारी गठबन्धनको उम्मेदवार भए पनि खासै चिनिएका र सुनिएका उम्मेदवार नभएकाले ओलीका लागि निर्वाचन सहज हुने अनुमान गरिएको छ। २०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा ओलीलाई माओवादीका विश्वद्वीप लिङ्देनले हराएका थिए। उनी अहिले संसदीय राजनीति र सक्रिय राजनीतिबाट टाढा रहेका छन्। त्यसपछि सो क्षेत्रबाट ओली निरन्तर विजयी बन्दै आएका थिए। यस पटक पनि ओलीले राप्रपासँग तालमेल गरेका छन्। झापा क्षेत्र नम्बर ३ मा राप्रपाका राजेन्द्र लिङ्देनलाई एमालेले सहयोग गर्नेछ। झापामा राप्रपाको मत निकै राम्रो भएकाले ओलीले आफूलाई थप सुरक्षित बनाउन राप्रपासँग तालमल गरेका हुन्।  

यसैगरी सातौं पटक निर्वाचनका लागि होमिएका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको क्षेत्र पनि सुरक्षित रहेको बताइन्छ। २०४८ सालदेखि निरन्तर निर्वाचन जित्ने देउवाले सधैंको क्षेत्र डडेलधुराबाट उम्मेदवारी दिएका छन्। देउवाले प्रतिस्पर्धीका रुपमा कांग्रेस बिपीका कर्ण मल्ल पाएका छन्। उनी नेपाली कांग्रेसकै नेता कार्यकर्ता भए पनि पछिल्लो पटक देउवासँग असन्तुष्ट रहेकाले नेपाली कांग्रेस बिपीको तर्फबाट देउवाविरुद्ध उम्मेदवारी दिएका हुन् । उनी देउवाकै पुराना सहयोगी हुन्। देउवालाई हराउन एमालेले मल्ललाई सहयोग गर्ने भन्दै डडेलधुरामा उम्मेदवारी नदिने निर्णय गरेको थियो। तर, अन्तिम अवस्थामा एमालेले उम्मेदवारी दिए पनि कमजोर व्यक्तिलाई उठाएको छ। एमाले, बिपी कांग्रेस र स्वतन्त्र जति नै भए पनि देउवाको क्षेत्रमा कांग्रेस बलियो रहेकाले देउवालाई सहज हुने भएको हो। देउवालाई एक टेलिभिजन कार्यक्रममा प्रश्न सोधेर सामाजिक सञ्जालबाट चर्चामा आएका सागर ढकालको पनि उम्मेदवारी परेको छ। उनी अहिले मत माग्न जानुको साटो निराहार व्रत बस्न लागिपरेका छन्।  

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्कमल दाहालका लागि झन् सहज भएको छ। स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी मत माओवादीले ल्याएका कारण दाहाल गोरखातर्फ आकर्षित भएका हुन्। चितवन–३ भन्दा गोरखा सहज भएपछि दाहालले अन्तिम समयमा गोरखा रोजेका हुन्। दाहालले गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका छन्। गोरखालाई माओवादीको आधारथलो समेत भन्ने गरिएको छ। उनले उम्मेदवारी दर्ता गर्दैगर्दा आफू विजयी जुलुसमा सहभागी भएको अनुभूति भएको अभिव्यक्ति दिएका थिए।  

गोरखा–२ बाट पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि उम्मेदवारी दावी गरेका थिए। सुरुमा श्रेष्ठ र भट्टराईले दाबी गरेको भए पनि भट्टराईले आफ्नी छोरी मानुषी भट्टराईलाई काठमाडौं–७ बाट गठबन्धनतर्फबाट उम्मेदवार बनाउने सर्तमा दाहाललाई गोरखा छाडेका थिए। गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि माओवादीले राम्रो मत ल्याएको थियो।  

चितवनबाट निर्वाचन लड्ने तयारीमा रहेका दाहाललाई बाबुराम र नारायणकाजीकै जोडबलमा गोरखा लगिएको थियो। त्यसैका आधारमा पनि दाहाललाई जित्न सहज देखिन्छ। गोरखा–२ मा गठबन्धनका उम्मेदवार दाहालका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नै हुन्। सोे क्षेत्रमा एमालेले कमजोर उम्मेदवार उठाएको छ।

गोरखा–२ मा अब्दुस मियाँ एमालेका उम्मेदवार हुन्। २८ वर्षीय मियाँ खासै चिनिएका र सुनिएका उम्मेदवार होइनन्। उनी भर्खरै साझा विवेकशील पार्टी छाडेर सर्वेन्द्र खनालसँग एमालेमा प्रवेश गरेका व्यक्ति हुन्। त्यहाँ कांगे्रसका तर्फबाट माधवी भट्टले पनि उम्मेदवारी दिएकी छिन्। काठमाडौं क्षेत्र नम्बर २ दाबी गरेकी भट्टले माओवादी अध्यक्षविरुद्ध उम्मेदवारी दिएकी छिन्।  

यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि सहज हुने अवस्था छ। नेपालसँग गौरका पूर्व मेयर अजय गुप्ताले प्रतिस्पर्धा गर्दैछन्। गुप्ता माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्। रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका नेपाललाई काठमाडांैको क्षेत्र–२ भन्दा रौतहट–१ सहज हुने देखिएको छ।  

काठमाडौंबाट चुनाव जित्दै आएका नेपालका लागि यस पटक काठमाडौं त्यति सहज छैन। त्यसैले पनि अघिल्लो निर्वाचन काठमाडौं–२ बाट जितेका नेपालले यसपटक रौतहट रोजेका हुन्। स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीले रौटहटमा राम्रै नतिजा ल्याएको थियो। असोज २३ गते उम्मेदवारी दर्ता गर्दैगर्दा माधव नेपालले आफूलाई जन्मघरले तानेको अभिव्यक्ति दिएका थिए। नेकपा माओवादीको समेत राम्रो प्रभाव रहेको यस क्षेत्रमा नेपाल सत्तारुढ गठबन्धनका उम्मेदवार बनेपछि झन् सहज भएको बताइएको छ।
अर्को समाचार
शीर्ष नेता भन्छन्: गठबन्धनलाई हार्ने छुट छैन
०४ कार्तिक २०७९
•
२ मिनेट पाठ
शीर्ष नेता भन्छन्: गठबन्धनलाई हार्ने छुट छैन
पोखरामा शुक्रबार सम्बोधन गर्दै सत्ता गठबन्धनका शीर्ष नेता। तस्बिरः उमेश पुन/नागरिक
सत्तारुढ पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुले गठबन्धनलाई हार्ने छुट नभएको बताएका छन्। गठबन्धन दलहरुको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै गठबन्धनका शीर्ष नेताहरुले गठबन्धनलाई हार्ने छुट नभएको बताएका हुन्।




संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले यो वा त्यो बहानामा गठबन्धनलाई हार्ने छुट नभएको बताए। ‘प्रजातन्त्र बचाई राख्नका लागि, लोकतन्त्रका लागि गठबन्धनले जित्नुपर्छ। यसपटक हामीलाई हार्ने छुट छैन,’ उनले भने।

गण्डकी प्रदेश अन्य प्रदेशको तुलनामा कमजोर भएको र यहाँ उम्मेदवार चयनमा असन्तुष्टी पनि रहेको बुझेका उनले अगाडि भने, ‘हाम्रा बीचमा सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला । तर हतार नगर्नुस्, एक दिन सबैको पालो आउँछ अहिलेलाई गठबन्धनका उम्मेदवारलाई जिताउनूस् ।’ उनले गठबन्धनको सरकार बनेपछि अहिले अवसर नपाएकाले अवसर पाउने बताए।

कांग्रेस सभापति देउवाले गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे। गठबन्धन आजको आवश्यक्ता भएको बताउँदै उनले भने, ‘अहिलेको स्थितिमा कसैको पनि बहुमत आउँदैन। त्यसैले पार्टीहरु मिलेर गठबन्धन गर्नुपरेको हो। ‘गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने काम कसैले पनि नगरौं,’ उनले भने।  

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि गठबन्धनलाई हार्ने छुट नभएको र त्यसमा पनि गण्डकी प्रदेशमा त झन् त्यो हुनै नहुने बताए। असन्तुष्टी हुनु स्वाभाविक भएपनि मत नै नहाल्ने, बिरुद्धमा जाने स्थिति बनाउन नहुने बताए। ‘मंसिर ४ मा हुने चुनावमा आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने अडान नलिनूस्, यसले गणतन्त्र, संविधान, धर्म निरपेक्षता लगायतका प्राप्त उपलब्धी जोखिममा पर्छ,’ दाहालले भने । उनले अर्को दलको निर्वाचन चिह्न स्वीकार गर्न गाह्रो नमान्न उनले नेता कार्यकर्तालाई आग्रह गरे।  

आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुने बताउँदै उनले भने, ‘हँसिया हथौडालाई रूखमा, रूखलाई हसिया हथौडामा र कलमलाई मत हाल्न गाह्रो भएको महसुस गरेको सुन्ने गरेका छौं’, तर हामीले गठबन्धन गर्दा नै सबै चुनाव चिह्न स्वीकार गरेका हौं। आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुनेछ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गण्डकी प्रदेशलाई बाम लोकतान्त्रिक गठबन्धनका किल्ला बनाउन आग्रह गरे। गठबन्धनका दललाई भोट नहाल्दा विपक्षीले जित्ने खतरा हुनेतर्फ सचेत रहन आग्रह गर्दै उनले भने,‘यहाँ जित्नेगरी लाग्नूस्। गठबन्धनलाई जिताएमात्र गणतन्त्र, संविधानलगायतका प्राप्त उपलब्धीको रक्षा हुन्छ।’
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस