नेकपा एमालेका केन्द्रीय अर्थ तथा योजना विभागका सदस्य योगेन्द्र शाही दैलेख क्षेत्र नं. २ ‘ख’ बाट प्रदेशसभा सदस्यको उम्मेदवारका आकांक्षी थिए। कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्ष रहिसकेका शाहीलाई जिल्लाले प्रदेशसभा सदस्यका लागि केन्द्रमा सिफारिस पनि गरेको थियो। तत्कालीन अवस्थामा झलनाथ खनाल निकट शाहीलाई पार्टी अध्यक्ष केपी ओलीले टिकट दिएनन्। उनले पार्टीबाट राजीनामा दिएको भोलिपल्टै माओवादीले प्रदेशसभा सदस्यको टिकट दियो।
कर्णाली प्रदेशसभामा तत्कालीन माओवादी केन्द्र नेतृत्वको सरकार ढाल्न नेकपा एमालेले अविश्वास प्रस्ताव दर्ता गर्यो। ४० सदस्यीय प्रदेशसभामा एमालेका २० सांसद थिए। एक सिट रहेको राप्रपाले पनि एमालेलाई समर्थन गरिसकेको थियो। तत्कालीन माधवकुमार नेपाल समूहमा रहेका कुर्मराज शाहीसहित चार जनाले फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकार मात्रै जोगाइ दिएनन्, देशभर एमालेबाट सत्ताको बागडोर खोसियो। फ्लोर क्रस गरेर एकीकृत समाजवादीमा लागेका शाहीलाई आइतबार अचानक एमालेले कालिकोटबाट प्रदेशसभा सदस्यको टिकट दियो।
सुर्खेत क्षेत्र नं. १ ‘ख’ बाट एमालेले जिल्ला हुँदै प्रदेशबाट प्रदेशसभा सदस्यका लागि एकल उम्मेदवार सिफारिस गरेको थियो। पार्टी केन्द्रले डण्डीप्रसाद शर्माको हातमा टिकट थमाएपछि सुर्खेतमा सिंगो एमाले विभाजित भयो। आइतबार शर्माले सूर्य चिन्हबाट उम्मेदवारी दर्ता गराउँदा खत्रीले स्वतन्त्र उम्मेदवारी दिए।
एमाले सुर्खेतले उम्मेदवारी दर्ताको अघिल्लो दिन जिल्ला कमिटीको बैठक राखेर पार्टी केन्द्रले उम्मेदवार बनाएका शर्मालाई जिताउन नसक्ने भन्दै हारको जिम्मेवारी केन्द्रले नै लिनुपर्ने निर्णयसमेत गर्यो। उम्मेदवारी दर्तामा पनि त्यस्तै छनक देखियो। एमालेबाट सुर्खेत क्षेत्र नं. १ मा उम्मेदवारी दर्ता गराउन प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाही, प्रदेशसभाका उम्मेदवार ठम्मर विष्ट र उम्मेदवार शर्मा उम्मेदवारी दर्ता गराउन जाँदा कुनै तामझाम थिएन। स्वतन्त्र उम्मेदवारी दर्ता गराउन गएका खत्रीसँग सिंगो एमालेपंक्ति थियो। ‘पार्टी केन्द्रले हचुवाका भरमा अर्को क्षेत्रकालाई टिकट दिए पनि जिल्ला कमिटी र प्रदेश कमिटी मेरो पक्षमा छ,’ उम्मेदवारी दर्ता गराएपछि खत्रीले भने, ‘पार्टीकै मतले पनि म चुनावमा विजयी हुन्छु।’ मंसिर ४ गते हुने आम निर्वाचनका लागि यो पटक धेरैले उम्मेदवार बन्न दल अदलबदल मात्रै गरेनन्, टिकट नपाउँदा केहीले स्वतन्त्र उम्मेदवारीसमेत दिए।
टिकट नपाएपछि सल्यान कांग्रेसका दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। पूर्व राज्यमन्त्री राजेन्द्रबहादुर शाहले प्रतिनिधिसभातर्फ र कर्णाली प्रदेश कार्यसमितिका सहमहामन्त्री एकराज डाँगीले प्रदेशसभामा स्वतन्त्रु उम्मेदवारी दिएका छन्। शाह र डाँगी २०७४ को निर्वाचनमा समेत उम्मेदवार थिए। गठबन्धनले प्रतिनिधिसभातर्फ नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव एवम् कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला, प्रदेशसभातर्फ माओवादी केन्द्रका भीमप्रकाश शर्मा र कांग्रेसका सुरेश अधिकारीलाई उम्मेदवार बनाएको छ।