मोरङमा दुई जनाको उमेदवारी खारेज भएको छ। मोरङ क्षेत्र नम्बर १ को प्रदेश (क) का स्वतन्त्र उमेदवार प्रेम वर्देवा र क्षेत्रनम्बर २ को प्रदेश (क) का राष्ट्रिय जनमत पार्टीका उमेदवार दिपेन्द्रकुमार चौधरीको उमेदवारी खारेज भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन कश्यप अधिकारीका अनुसार स्वतन्त्र वर्देबा कालो सूचीमा परेको र चौधरीले स्थानिय तहको निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा नबुझाएका कारण उमेदवारी खारेज गरिएको हो। प्रतिनिधिसभाको ६ र प्रदेश सभासदस्यको १२ पदका लागि मोरङमा २ सय २७ जनाले उमेदवारी दिएकोमा दावी विरोधका क्रममा दुई जनाको उमेदवारी खारेज भएपछि अब, २ सय २५ जना उमेदवार कायम रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।