रुपन्देहीमा नेकपा एमालेका प्रदेश, जिल्ला र नगर कमिटिका सदस्य सहितका ३२ जनाले पार्टी परित्याग गरेका छन्। रुपन्देहीको क्षेत्र नं. १ स्थित लुम्बिनी प्रदेश कमिटि सदस्य शैलेन्द्र उपाध्याय,सनोज कुमार यादव,जिल्ला कमिटि सदस्य मुलायम सिंह यादव,रोहिणी गाँउपालिका सचिव इन्द्रजित राय,सदस्य जाहिद हुसेन लगायतका ३२ जनाले सामुहिक रुपमा पार्टी परित्याग गरेका हुन्।
आज (बुधबार) पत्रकार समेलन गर्दै उनीहरुले एमाले परित्याग गरी घनश्याम भुसाललाइ समर्थन गर्ने जानकारी गराएका हुन्। नीति र विधिलाइ लत्याउँदै व्यक्ति हावी हुँदा पार्टी तहसनहस भएको, केन्द्र देखि जिल्ला,क्षेत्र, नगरमा पनि निरङ्कुसता लादेको लगायतका कारण देखाउँदै उनीहरुले पार्टीबाट सामुहिक राजीनामा दिएर घनस्याम भुसाललाइ सहयोग गर्ने निर्णय गरेका हुन्।
केन्द्रमा केपी शर्मा ओलीले निरंकुशता लादेको र रुपन्देहीमा पनी जिल्ला, नगरसंगै क्षेत्र नं.१ मा छविलाल विश्वकर्माको निरंकुश चरित्रबाट कार्यकर्ता पिडीत भएको बुधबार पार्टी परित्याग गरेका प्रदेश कमिटि सदस्य शैलेन्द्र उपाध्यायले बताए। आफुहरुसंगै इमान्दार नेता कार्यकर्ताको मेहनत र लगनले निर्माण गरेको संगठनमा व्यक्तिवाद र स्वार्थी तत्व हावी भएर घनश्याम भुसाल जस्ता इमान्दार नेताहरुलाइ पाखा लगाइएकाले आफुहरु त्यस्तो पार्टीमा बस्नुको औचित्य नरहेको उपाध्यायले बताए।
एमालेबाट बाहिरीएर सत्ता गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका नेता भुसाललाइ जिताउन एमालेमै रहेका भनिएकाहरुको ठुलो समुहले समेत साथ दिने र जित निश्चित रहको दावी एमाले परित्याग गरेकाहरुको छ।