सुनसरी क्षेत्र नं १ मा प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका २ जना स्वतन्त्रले मनोनयन फिर्ता गरेका छन्।
धरान ८ स्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा (१) र प्रदेशसभा (२) का एक एक जना उम्मेदवारले मनोनयन फिर्ता गरेका हुन्। मनोनयन दर्ता गराएकाहरुलाई आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन फिर्ता गर्ने समय तोकिएको थियो। उक्त समयभित्र प्रदेशसभा १ मा पासाङ डोल्मा गुरुङले मनोनयन फिर्ता गरेका छन् भने प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवार कमलबहादुर कटवालले मनोनयन फिर्ता गरेको निर्वाचन अधिकृत रुद्र अर्यालले जानकारी दिए। प्रतिनिधिसभातर्फ भने कसैले पनि मनोनयन फिर्ता नलिएको उनले बताए। उनले भने, ‘कुल ४९ जनाको उम्मेद्वारी परेको थियो, अब ४७ जना भएको छ।’
निर्वाचन कार्यालयका अनुसार अब प्रतिनिधिसभामा ११ जना स्वतन्त्र र ९ जना पार्टीका गरि कूल २० जना उम्मेद्वार छन्। प्रदेशसभा (१) मा ७ जना राजनीतिक दल र ७ स्वतन्त्र गरि १४ जना उम्मेद्वार छन् भने प्रदेशसभा (२) मा ६ जना राजनीतिक दल र ७ जना स्वतन्त्र गरि १३ जना उम्मेदवार रहेका छन्।
एमालेका बागीले लिएनन् फिर्ता
प्रतिनिधिसभामा पार्टी निर्णय विपरीत स्वतन्त्र उम्मेद्वारी दिएका नेकपा एमालेका बागी उम्मेदवार मनोजकुमार मेन्याङ्बोले मनोनयन फिर्ता लिएनन्। उनको उम्मेद्वारी फिर्ता नलिएपछि एमाले जसपा गठबन्धनमा तनावको पारो झनै बढेको छ।
नेताहरुका अनुसार मेन्याङ्बोलाई मनोनयन फिर्ता गराउन एमाले वृत्तमा ठुलै कसरत भएको थियो। तर उनले फिर्ता लिन मानेनन्। सुनसरी १ मा एमालेबाट उम्मेदवारको रुपमा जयकुमार राईको नाम सर्वसम्मत एकल सिफारिश भएको थियो। तर अन्तिम समयमा एमाले जसपा तालमेल हुँदा सुनसरी १ जसपाको भागमा पर्यो। यसले एमालेका नेता, कार्यकर्ताहरुमा चरम असन्तुष्टी पैदा गरेको थियो। तिनै असन्तुष्ट नेता, कार्यकर्ताहरुको साथ लिएर एमाले प्रदेश १ कमिटी सचिवालय सदस्य एवं पुर्वमेयरसमेत रहेको मेन्याङ्बोले स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका छन्।
उम्मेद्वारी दर्ता लगत्तै मेन्याङ्बोले आफू पार्टीको कुनै कमिटी र साधारण सदस्य पनि नरहेको घोषणा गरिसकेका छन्। यद्यपी, मेन्याङ्बोको पक्षमा थुप्रै एमाले नेता, कार्यकर्ताहरु खुलेका छन्। यसले एमाले जसपा गठबन्धनका संयुक्त उम्मेदवार अशोक राईलाई चुनौती खडा गरेको छ।