मोरङ क्षेत्र नम्बर ६ का चार जनाले उमेदवारी फिर्ता लिएका छन्।
मोरङ क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभा सदस्यमा उमेदवारी दिएका १ र प्रदेशसभामा उमेदवारी दिएका ३ जनाले उमेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीका अनुसार मोरङको क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभा तर्फ उमेदवारी दिएका लोकतान्धिक समाजवादी पार्टीका उमेदवार राजु मण्डलले उमेदवारी फिर्ता लिएका छन्। यस्तै प्रदेशसभा (ख) तर्फ नेकपा एकिकृत समाजवादीका ओसिम आलम, स्वतन्त्र उमेदवार सुरेशकुमार श्रेष्ठ र जीवनकुमार गुप्ताले उमेदवारी फिर्ता लिएका छन्। मोरङ क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभा तर्फ १८ र प्रदेशसभा (ख) मा १४ जनाले उमेदवारी दिएका थिए।