राजु गुरुङको उम्मेदवारी खारेज सम्बन्धि आयोगको पत्र : निर्वाचन अधिकृत हटाउन र निर्णय सच्याउन गठबन्धनको माग
२६ असोज २०७९
•
६ मिनेट पाठ
राजु गुरुङको उम्मेदवारी खारेज सम्बन्धि आयोगको पत्र : निर्वाचन अधिकृत हटाउन र निर्णय सच्याउन गठबन्धनको माग
मंसिर ४ को निर्वाचनकालागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने दिन बुधबार रुपन्देही क्षेत्र नं. २ मा नाटकीय रुपले राजनीतिक तरङ्ग फैलीयो । सो क्षेत्रका मुख्य दुइ  प्रतिश्पर्धीको रुपमा चुनावी मैदानमा थिए  गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका राजु गुरुङ र एमालेका बिष्णु पौडेल ।  




दुवै उम्मेदवारले तामझामका साथ आइतबार मनोनयन दर्ता गराएका थिए । सोमबार दिउँसो ३ बजेसम्म उम्मेवार विरुद्ध उजुरी गर्ने समय तोकिएको थियो । सो समय भित्र यी उम्मेदवार बिरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ का कर्मचारीले बताएका थिए । उम्मेदवार बिरुद्ध कुनै उजुरी नपरेपनि मंगलबार राती ११ बजेपछि निर्वाचन अधिकृतको कायालय क्षेत्र नं. २ बुटवलले गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खरेज भएको पत्र सार्वजनिक गर्यो । गुरुङ बिरुद्ध उजुरी नपरेपनि एक नेताको मौखिक जानकारीको आधारमा गुरुङको चेक अनादर मुद्धाको निहुँमा उम्मेद्वारी खारेज गरीएको श्रोतको दावी छ ।  

आयोगको सो पत्रले बुधबार बिहानै देखि रुपन्देहीको राजनीतिक बृत्तमा हल्लीखल्ली मच्यायो । गूरुङको उम्मेदवारी खारेजीले एमालेका पौडेललाइ चिठ्ठा परेको, पौडेल निर्विरोध भएको जस्ता अडकलबाजी  भइरहेका छन ।तर गठबन्धनका दलहरुले भने आयोगको निर्णय राजनीतिक स्वार्थमा टेकेर गरीएकाले सच्याउनु पर्ने माग गरेका छन । अदालतमा बिचाराधिन मुद्दालाइ कारण बनाएर  निर्वाचन आयोगले गूरुङको उम्मेदवारी खारेज गरेको उनीहरुले निर्णय सच्याउन माग गरेका हुन ।

प्रतिनिधिसभा सदस्य ऐन २०७४ अनुसार फौजदारी अभियोगमा मुद्धा दर्ता गरि कसुर ठहर भएमा स्वत उम्मेद्वारी खारेज हुने उल्लेख छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) र निर्देशिका २०७९ को दफा १६(ज) लाई आधार बनाएर उम्मेद्वारी खारेज गरेको निर्वाचन आयोगले जनाएको छ ।  

आयोगका कर्मचारीले नियतवश गुरुङको मनोनयन खारेज गर्न नमिल्ने अधिवक्ता कमलराज बस्यालको दावी छ । “निर्वाचन अधिकृतको कार्यालयले व्यक्तिगत लेनदेनको मुद्धालाई बैंकको कालोसूचीको निहुँमा खारेज गर्ने कुरा कानुनी रुपमा सहि होइन” उनले भने ।  जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या प्रसाद भण्डारीले उजुरी नपरेको तर, कालोसुचीमा भएकाले गुरुङको उम्मेद्वारी खारेज भएको बताए । नेकपा एकिकृत समाजवादी रुपन्देहीका अध्यक्ष अविराम विकले भने गुरुङको मुद्धा अदालतमा विचाराधिन भएको अवस्थामा नियोजित रुपमा उम्मेदवारी खारेज गर्न नमिल्ने बताए ।

आयोगको पत्रले तरङ्गित राजनीतिक बृत्त

रुपन्देही क्षेत्र नं. २ मा प्रतिनिधि सभाकालागि  गुरुङका मुख्य प्रतिश्पर्धी हुन नेकपा एमालेका बिष्णु पौडेल । पौडेलले यसअघिका तीन वटा निर्वाचन यही क्षेत्रबाट जितेका थिए । एमालेको लाल किल्ला भनेर जबरजस्त परिचय स्थापित गरीएको यो क्षेत्रमा यसपाली  भने पौडेललाइ विगतको तुलनामा कमजोर आकंलन गरीएको थियो । बालुवाटारको जग्गा काण्ड,बुटवलबाट राजधानी सार्न सहयोगी भुमिका खेलेको,मुलुकको धुकुटीबाट वितरण हुने बजेट आफनै खल्तीबाट दिएको जस्तो गरी  निर्वाचनका बेला विकासको  गफ चुटने तर तीनै विकासे आयोजना बर्षौ सम्म अलपत्र हुँदा ध्यान नदिने जस्ता कारणले पछिल्लो समय पौडेलको लोकप्रियता खस्कदै गएको चर्चा राजनीतिक बृत्तमा छ ।  

स्थानीय निर्वाचनमा यो क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवारले पाएको भारी मतले पनि एमालेको लोकप्रियता घट्दै गएको कुरालाइ पुष्टि गर्ने बलियो आधार बनाएको छ । यीनै आधारलाइ टेकेर गठबन्धनका गुरुङले यसपाली पौडेललाइ टक्कर दिने आकंलन गरीएको थियो ।  गुरुङलाइ  गठबन्धनका अलावा पौडेलसंग असन्तुष्ट एमालेजनले पनि आशालाग्दा युवाको रुपमा मत दिने अनुमान गरीएको थियो ।

तर अन्तिम नामावली  प्रकाशन गर्नु केही घण्टा अघि  झण्डै मध्ये रात पारेर पौडेलका मुख्य प्रतिश्पर्धीका रुपमा हेरीएका गुरुङको उम्मेदवारी खारेज भएको पत्र आयोगले नाटकीय रुपमा सार्वजनिक गरेपछि भनेराजनीतिक बृत्त तरङ्गित भएको छ । संचारमाध्यम देखि समाजिक संजाल जताततै गूरुङको उम्मेदवारी खारेजी संगै पौडेललाइ चिठ्ठा परेको,निर्विरोध भएको जस्ता अडकलबाजी गर्न थालिएको छ । तर सत्ता गठबन्धनका नेताहरु भने आयोगले न्यायसंगत निर्णय नगरे कानुनी उपचार खोज्ने बताएका छन । त्यसोत २०७४ को निर्वाचनमा गुरुङ पौडेलकै चुनावी सारथी थिए  । यसपाली तीनै पौडेलको मैदान खाली गर्न आयोगलाइ प्रभावमा पारीएको आरोप पनि समाजवादीका नेताहरुको छ ।

के हो  गुरुङको मुद्या

गुरुङ अध्यक्ष रहेको नर्थ वेष्ट नेपाल इन्फा प्रालिले गौतमबुद्ध विमानस्थल भैरहवाको निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको वेष्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाइ तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमकालागि  बभिन्न मितीमा काटिएका ८ वटा चेक वाउन्स भएपछि गुरुङको कम्पनीलाइ सिद्धार्थ बैंकले कालोसूचिमा राखेको थियो । बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्सका अध्यक्ष अन्जित विष्टले सोही केशमा अदालतमा मुद्धा दायर गरेका थिए । नर्थ कम्पनीले १ करोड ५० लाख तिरिसकेको भएपनि विष्टले २ करोड २५ लाख रुपैयाँ दावी गर्दै अदालतमा मुद्धा दिएको दावी समाजवादीका नेताहरुको छ ।  सोही मुद्यामा बिष्टलाइ तिर्नु पर्ने रकम नतिरेको भन्दै काठमाण्डौ जिल्ला अदालतले गुरुङ सहित उनको कम्पनीका ६ जना बिरुद्ध फैसाल गरेको थियो ।  

जिल्ला अदालतको फैसला बिरुद्ध गूरुङ पुनरावेदन गएको र हाल सो मुद्या बिचाराधिन भएको अवस्थामा निर्वाचन अधिकृतले नियोजित रुपमा उनको उम्मेदवारी खारेज गरेको नेकपा एकिकृत समाजवादी रुपन्देहीले आरोप लगाएको छ । समाजवादी रुपन्देहीका अध्यक्ष अविराम विकले नर्थ वेष्ट नेपाल इन्फा प्रालीमा गुरुङ सहित अन्य ५ जना सचालक रहेको र अदालतमा विचाराधिन रहेको प्रमाण पेश गर्दा पनि आयोगले नियोजित रुपमा फसाउन खोजेको आरोप लगाए ।  

‘निर्वाचन अधिकृतको कार्यालय बुटवलका प्रमुख उदविर नेपालीले पुर्वाग्रह राखेका हुन’ अध्यक्ष विकले भने । नेपाली यसअघि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेना कानुनी शाखामा कार्यरत रहेको र नेपालीका श्रीमती जुनादेवी नेपाली एमाले नेतृ तथा प्रदेशसभा सदस्यका उम्मेद्वार रहेकाले एमालेका नेताको डिजाइनमा यस्तो निर्णय आयोगले लिएको दावी समाजवादीका नेताहरुले लगाउने गरेका छन ।

निर्वाचन अधिकृत हटाउन र निर्णय सच्याउन गठबन्धनको माग

सत्ता गठबन्धनमा आबद्ध दलहरुले रुपन्देही क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतलाई परिवर्तन गरी अन्य अधिकृत खटाउन र निर्णय सच्याउन माग गरेका छन् । निर्वाचन अधिकृत उदवीर नेपालीका कतिपय निर्णय राजनीतिक पूर्वाग्रही रहेको भन्दै गठबन्धनमा आबद्ध दलहरुले नेपालीलाई हटाउन माग गरेका हुन् ।

बुधबार रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालामार्फत् निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाउँदै नेपाली काँग्रेका क्षेत्र नम्बर २ का कार्यबाहक क्षेत्रीय सभापति पर्शुराम ढकाल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द केसी, नेकपा एकीकृत समाजवादीका नेता चीनबहादुर गुरुङ, जनमोर्चा नेपालका पदम श्रेष्ठ र नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य हरि घर्तीमगरले नेपालीलाई तत्काल हटाउन माग गरे ।

अदालतमा मुद्दा विचारधीन रहेको पत्र अदालतले निर्वाचन आयोगलाई पठाउँदासमेत त्यसको बेवास्ता गरि क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी रद्ध गरिएको जनाएका छन् । यस्तै, हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसाल (निकोलस) ले पुरस्कार पाए वापत भनेर उम्मेदवारी रद्ध गरिएकाले त्यो पनि गैरकानूनी भएको जनाएका छन् ।

निर्वाचन अधिकृत नेपाली राष्ट्रिय सभा अध्यक्षका निजी सचिवालयबाट आएकाले उनले गराउने निर्वाचन निष्पक्ष हुनेमा शंका गरेका हुन । ज्ञापन पत्रमा भनिएको छ, ‘उहाँको निष्पक्षतामा विश्वास गर्न सकिँदैन, त्यसैले नेपालीलाई हटाई उहाँको स्थानमा अरु पठाउने र क्षेत्र नम्बर २ को निर्णय सच्याउन निवेदन गर्दछौं ।’

ज्ञापन पत्र बुझ्दै रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कोइरालाले दलहरुले बुझाएको ज्ञापनपत्र निर्वाचन आयोगमा पठाउने र समास्या समाधानमा आफ्नो तर्फबाट सहजीकरण गर्ने बताए ।  
अर्को समाचार
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
५ मिनेट अघि
•
१ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।




कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।

राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।

उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।

उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस