मोरङमा ११ जनाले उमेदवारी फिर्ता लिएका छन्। प्रतिनिधिसभा र प्रदेशसभामा उमेदवारी दिएका २ सय २७ जना मध्ये ११ जनाले उमेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए।
मोरङ क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा उमदवारी दिएकी सुजाता थापा र प्रदेशसभा (ख) मा स्वतन्त्र उमेदवारी दिएका डिल्लीराम अधिकारीले उमेदवारी फिर्ता लिएका छन्। यस्तै मोरङ क्षेत्र नम्बर ३ मा प्रदेशसभा (ख) मा स्वतन्त्रबाट उमेदवारी दिएका कञ्चनकुमार बुढाथोकी र तिलकप्रसाद राईले उमेदवारी फिर्ता लिएका छन्।
क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्रबाट उमेदवारी दिएका गोकुलप्रसाद पोखरेलले उमेदवारी फिर्ता लिएका छन्। यस्तै प्रदेशसभा (ख) बाट उमेदवारी दिएका नेकपा एकिकृत समाजवादीका महेश रेग्मीले उमेदवारी फिर्ता लिएका छन्।
यस्तै मोरङ क्षेत्र नम्बर ५ को प्रदेशसभा (ख) बाट स्वतन्त्रमा उमेदवारी दिएका भूराजराईले पनि उमेदवारी फिर्ता लिएका छन्। मोरङ क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभा तर्फ उमेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टीका उमेदवार राजु मण्डलले उमेदवारी फिर्ता लिएका छन्। यस्तै प्रदेशसभा (ख) तर्फ नेकपा एकिकृत समाजवादीका ओसिम आलम, स्वतन्त्र उमेदवार सुरेशकुमार श्रेष्ठ र जीवनकुमार गुप्ताले उमेदवारी फिर्ता लिएका छन्।
मोरङमा २ सय २७ जनाले उमेदवारी दिएका थिए। जसमा दुईजनाको उमेदवारी खारेज भइसकेको छ भने ११ जनाले उमेदवारी फिर्ता लिएका छन्। अब, कुल उमेदवार २ सय १४ जना कायम भएका छन्।