सुनसरी १: एमालेबाट मेन्याङ्बोको विद्रोहले तरंग,गठबन्धनलाई पनि छैन सजिलो
२७ असोज २०७९
•
७ मिनेट पाठ
सुनसरी १: एमालेबाट मेन्याङ्बोको विद्रोहले तरंग,गठबन्धनलाई पनि छैन सजिलो
नेकपा एमाले–जनता समाजवादी पार्टी गठबन्धनका उम्मेदवारविरुद्ध एमालेकै नेता मनोजकुमार मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिएपछि मंसिर ४ गतेको निर्वाचन सुनसरी क्षेत्र नं १ मा रोचक बनेको छ।  




पार्टी निर्णयविरुद्ध मेन्याङ्बोको उम्मेदवारीले मात्र होइन, सुनसरी १ को ठुलो दल एमाले र काँग्रेस दुवैबाट प्रतिनिधिसभामा उम्मेदवार नहुनाले रोचकता थपिएको छ। यी दुवै पार्टीको असन्तुष्ट मत कता जान्छ भन्नेमा सर्वत्र चासो छ। उम्मेदवारी मनोनयन नजिकिँदै गर्दा सत्ता गठबन्धनबाट सुनसरी १ मा जसपा नेता अशोक राईले टिकट पाउने चर्चा थियो। एमालेबाट सर्वसम्मत जयकुमार राई सिफारिश भएका थिए। २०७४ को निर्वाचनमा जस्तै यी दुवै बीच चुनावी प्रतिस्पर्धा हुने अनुमान थियो। काँग्रेसले गठबन्धनको नाममा फेरि जसपालाई भोट दिनुपर्ने भन्दै काँग्रेसजनमा तीव्र असन्तुष्टी भइरहेको थियो।  

तर, केन्द्रीय राजनीतिमा आएको फेरबदलले सुनसरी १ को चुनावी महोल एकाएक फेरियो। जसपा सत्ता गठबन्धनबाट बाहिरिएर एमालेसँग चुनावी तालमेल भयो। यसको असर सुनसरी १ मा पर्यो। एमालेको जित सुनिश्चित मानिएको सुनसरी १ जसपाको भागमा पर्यो। सर्वसम्मत उम्मेदवार सिफारिश भएका जयकुमार राई उम्मेद्वारको होडबाटै बाहिरिए। प्रतिनिधिसभा सदस्यमा एमाले–जसपाको संयुक्त उम्मेदवार अशोक राईले उम्मेदवारी मनोनयन दर्ता गरे।

सत्ता प्राप्तीको लागि एमाले र जसपा नेतृत्वले गरेको यो चुनावी तालमेलले यहाँका एमाले नेता, कार्यकर्ताहरु निराश र असन्तुष्ट छन्। केन्द्रको यो निर्णय नमान्ने भन्दै प्रदेश १ कमिटी सचिवालय सदस्य तथा धरानका पुर्वमेयर मनोज मेन्याङ्बोले पार्टी सदस्य पनि नरहने भन्दै स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनलाई एमालेकै असन्तुष्ट प्रदेश, जिल्ला र नगरका नेता, कार्यकर्ताहरुले खुलेरै साथ दिएका छन् भने कतिपयले भित्रभित्रै सहयोग गरिरहेका छन्। मेन्याङबोको निर्वाचन परिचालक कमिटी संयोजक नै एमाले प्रदेश कमिटी सदस्य किशोरकुमार कार्की भएका छन्। यसले एमाले–जसपा गठबन्धनका उम्मेदवार अशोक राईको चुनावी यात्रा कठिन बनाएको छ। दुवै पार्टीका नेताहरुलाई अहिले एमालेको असन्तुष्ट पक्षलाई फकाउन हम्मे परिरहेको छ।

एमालेका विद्रोही उम्मेदवार मेन्याङ्बोका निर्वाचन परिचालन मुल कमिटी संयोजक तथा प्रदेश कमिटी सदस्य कार्की जनप्रतिनिधिको रुपमा र हरेक राजनीतिक आन्दोलनमा योगदान पुर्याएर खारिएर आएका नेता मेन्याङ्बोले जित्ने दाबी गर्छन्। दलीय गठबन्धनले असन्तुष्ट नेता, कार्यकर्ताको भोट आउने संकेत गर्दै उनले भने, ‘उहाँलाई सबै क्षेत्रबाट सहयोग हुन्छ। अन्य राजनीतिक दलबाट पनि सहयोगको सम्भावना छ।’

एमालेको ठुलो पंक्ति असन्तुष्ट हुनुमा सुनसरी १ मा जनाधार नभएको पार्टीलाई सिट छोड्नुमा हो। सुनसरी १ मा धरानको २० वटा वडा, बराहक्षेत्र नगरपालिकाको वडा १,२,३,४, ५ र रामधुनी नगरपालिकाको वडा ६,७ गरि कुल २७ वडा समेटिएको छ। गएको स्थानीय निर्वाचनमा यीमध्ये कुनै पनि वडामा जसपाले जितेको छैन। धरानमै अझै केही वडामा जसपाको कमिटी छैन भने गएको स्थानीय तह निर्वाचनमा सबै वडामा उम्मेदवार पनि उठाउन सकेन। स्थानीय निर्वाचनमा धरानसहित सुनसरी १ मा पर्ने कुल २७ वडा मध्ये सबैभन्दा धेरै एमालेले १४ वटा वडामा जित हासिल गरेको छ। धरानको वडा २, ४, ५, ७, ८, १०, १२, १३, १५, १९ जितेको छ भने बराहक्षेत्रको १, २ र ४ वडा जितेको छ। रामधुनीको पनि वडा ७ मा एमाले विजयी भएको छ।

काँग्रेसले धरानको १, ३, ९, ११, १६, १८ र २० वडा जितेको छ भने बराहक्षेत्रको ३ र ५ वडा, रामधुनीको वडा ६ मा पनि जितेको छ। माओवादी केन्द्रले धरानको वडा १७ मात्र जितेको छ। जसपाको कमजोर संगठन हुनु र एमालेलाई पहिचान विरोधी भन्दै गाली गर्ने नेता अशोक राई उम्मेदवार बन्नुले पनि कार्यकर्ताहरु हच्चिएको एमाले नेताहरु नै बताउँछन्। २०७४ को निर्वाचनमा एमालेका जयकुमार राईसँग काँग्रेस–जसपा गठबन्धनबाट उम्मेद्वार अशोक राई दोब्बर मतान्तरले हारेका थिए।

मेन्याङ्बोको स्वतन्त्र उम्मेद्वारीले एमाले–जसपा गठबन्धनलाई मात्र होइन, सत्ता गठबन्धनलाई पनि चुनौतीपुर्ण बनाएको छ। सुनसरी १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा माओवादी केन्द्रको भागमा छ। सत्ता गठबन्धनबाट माओवादी केन्द्रका नेता मुक्साहाङ मेन्याङ्बो उम्मेदवार छन्। २०७४ को निर्वाचनमा जस्तै यसपटक पनि काँग्रेसले गठबन्धनको नाममा आफ्नो उम्मेदवार उठाएको छैन। जबकी सुनसरी १ मा एमाले पछि काँग्रेस दोस्रो ठुलो पार्टी हो। यहाँबाट काँग्रेस नेता मीन विश्वकर्मा टिकटका आकांक्षी थिए। काँग्रेस नेता, कार्यकर्ताहरु गठबन्धनको नाममा २०७४ मा जसरी नै अर्कै पार्टीलाई भोट हाल्नुपर्नंे भन्दै असन्तुष्ट छन्।  

नेपाली काँग्रेसका कार्यकर्तासमेत रहेका समाजसेवी प्रेमप्रसाद पराजुली ठुलो पार्टी भनिएका एमाले, कांग्रेसबाट उम्मेद्वार नै नभएकोले निर्वाचन परिणाम फरक आउने बताउँछन्। ‘देशको नीति बनाउन, ठुला परियोजनाहरु निर्माण गर्न गठबन्धन हुनुपर्ने थियो, तर चुनाव जित्नै लागि मात्र भयो। जनतामा, कार्यकर्तामा नरुचाइएका व्यक्ति उम्मेद्वार भएर आउने भए,’ पराजुलीले भने, ‘यसले कार्यकर्ता र जनतालाई निराश बनाएको छ। यसपाली कांग्रेस, एमालेका कार्यकर्ताहरुले स्वतन्त्र उम्मेद्वारलाई भोट दिने वातावरण बन्दै गरेको देख्छु।’

सुनसरी १ मा पहिलो र दोस्रो हुने पार्टी एमाले र काँग्रेसले गठबन्धनको नाममा आफ्ना उम्मेद्वार नउठाउदा ती पार्टीका कार्यकर्ता, शुभेच्छुकहरुलाई विकल्प रोज्ने अवसर मिलेको छ। यसको फाइदा स्वतन्त्र उम्मेद्वार मेन्याङ्बोलाई जाने अनुमान गरिएको छ। उम्मेदवार मन नपर्दा कार्यकर्ता र मतदाताहरुले भोट क्रस गरेर स्वतन्त्रलाई जिताएको उदाहरण गएको स्थानीय तह निर्वाचनमा धरानले देखाइसकेको छ। बहुमत वडाअध्यक्ष र सदस्यहरु विजयी हुँदा एमालेकै मेयर उम्मेदवार तेस्रो स्थानमा सिमित भएको थियो।

एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा धरान इञ्चार्ज नारायण सुवेदी मेन्याङबोको उम्मेदवारीले केही फरक पारे पनि कार्यकर्तामाझ पुगेर असन्तुष्टी हटाउने काम भइरहेको बताउँछन्। मुलुकको विकास, समृद्धि र स्थायित्वको लागि एमाले जसपा गठबन्धन आवश्यक भएको भन्दै कार्यकर्तामा रहेको द्धिविधा क्लियर गर्दै गएको उनले बताए। ‘हामीले अशोक राई जतिको नेतालाई सहर्ष स्वीकार गर्नुपर्छ। धरानमा एमालेको संगठन बनाउन उहाँको पनि योगदान छ’, उनले भने, ‘मनोज मेन्याङ्बोको व्यक्तित्व, पुर्वमेयर, पार्टीको आन्तरिक कुराले केही फरक पार्छ तर सबै कुरालाई चिर्दै, व्यवस्थापन गर्दै अशोक राईको पक्षमा महोल बनाउन लागेका छौं।’

सुनसरी १ मा एमाले जसपा गठबन्धनबाट प्रतिनिधिसभामा अशोक राई र प्रदेशसभा १ मा एमालेका रमेश बस्नेत, २ मा विजय राई उम्मेद्वार छन्। यता, सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा माओवादीका मुक्साहाङ मेन्याङ्बो, प्रदेशसभा १ मा काँग्रेसका उमेश थापा र २ मा नेकपा एसका रेवतीरमण राई उम्मेदवार छन्। प्रदेशसभा २ मा कमजोर उपस्थिति भएको नेकपा एसलाई टिकट दिएकोमा पनि काँग्रेस नेता, कार्यकर्ताहरुमा चरम असन्तुष्टी छ। उक्त प्रदेशसभा २ मा कांग्रेसका महाधिवेशन प्रतिनिधि रोहित सुब्बाले बागी उम्मेद्वारी दिएर सत्ता गठबन्धनलाई चुनौती दिएका छन्।

सत्ता गठबन्धनको घटक नेपाली काँग्रेसका सुनसरी क्षेत्र नं १ सभापति सुजेन्द्र तामाङ गठबन्धनको कारण सिट बाँडफाँट हुँदा अहिलेको परिस्थिति बनेको बताउँछन्। चित्त नबुझे पनि पार्टीको निर्णय र देशको आवश्यकतालाई बुझेर असन्तुष्टी भए पनि स्वीकार गरेर जानुपर्ने उनले बताए। ‘सिट बाँडफाँडमा असन्तुष्टी भएपनि स्वीकार गरेर अघि बढेका छौं। आफ्नो पार्टी भित्र र गठबन्धनमा पनि पटक पटक बैठक बसेर चित्त बुझाउन काम भएको छ,’ उनले भने।

स्वतन्त्र उम्मेद्वारको लर्को

गएको स्थानीय तह निर्वाचनमा मेयर पदमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अप्रत्याशित जितले राजनीतिक तरंगित मात्र भएन, अहिले मंसिर ४ को निर्वाचनमा स्वतन्त्रहरु उम्मेदवारी दिने लहर देखिएको छ।

सुनसरी क्षेत्र १ मा प्रतिनिधिसभामा २० जना उम्मेदवार छन्। ती मध्ये स्वतन्त्र ११ जना हुन्। केही पार्टीको डमी उम्मे्वार भएपनि अधिकांश सामाजिक अभियन्ताहरु नै छन्।

राजनीतिक दलबाट निराश र वितृष्णा जागेका मतदाताहरुले स्वतन्त्र उम्मेद्वारप्रति आशापूर्ण नजरले हेरेका छन्। ठुला दलबाट गठबन्धनको नाममा उम्मेदवार नहँुदा ती दलका कार्यकर्ताको मत स्वतन्त्रमा जाने धेरै सम्भावना छ। तर, स्वतन्त्र उम्मेद्वार धेरै संख्यामा भएकोले कस्ले जित हासिल गर्छ भनेर सहज अनुमान लगाउन भने कठिन छ। 

स्वतन्त्र उम्मेदवारी दिएकामा एमालेबाट विद्रोह गरेका मनोज मेन्याङ्बोको धेरै चर्चा छ। यद्यपी उनको छवि स्वतन्त्र छैन, र उनलाई एमालेकै नेताको रुपमा हेरिन्छ। उनले खरायो चुनाव चिह्न पाएका छन्। मेन्याङ्बोपछि स्वतन्त्र उम्मेदवारमा चर्चा पाएका छन्, मेयर हर्क साम्पाङको टिमबाट भनिएका तर्कराज मागरले। उनको चुनाव चिह्न पानीको जार रहेको छ। उनकै टिमबाट प्रदेशसभा १ मा समिर तामाङ र २ मा हेमचन्द्र राईले पनि उम्मेदवारी लिएका छन्। उनीहरुको चुनाव चिह्न लालटिन छ। स्थानीय निर्वाचनमा मेयर साम्पाङले पाएको मत यी उम्मेद्वारले तान्ने अनुमान गरिएको छ। सामाजिक सञ्जालमा मेयर साम्पाङको टिम भन्दै उनीहरुको व्यापक प्रचार भइरहेको छ।

चुनावमा प्रभाव पार्नसक्ने अर्का स्वतन्त्र उम्मेदवार हुन्, कुमार कार्की। उनी भुमिहिन सुकुम्बासी अभियन्ता हुन्। देशभरका सुकुम्बासीहरुको छाता संगठन नेपाल बसोबास बस्ती संरक्षण समाजका उनी केन्द्रीय अध्यक्ष पनि छन्। धरान, बराहक्षेत्रमा ठुलो संख्यामा सुकुम्बासी मतदाताहरु छन्। सुकुम्बासी मत उनले तान्न सके चुनावी परिणाममा प्रभाव पर्नेछ। उनको चुनाव चिह्न घण्टाघर छ।
अर्को समाचार
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
५२ मिनेट अघि
•
१ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको चिसोपना बढेका बेला सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबिच बिहीबार पाँच घण्टा लामो छलफल भएको छ।




पाँच घन्टा के के विषयमा छलफल भयो भन्ने दुवैले खुलाएका छैनन्। तर सरकारको कामप्रति रास्वपा सभापति लामिछाने सन्तुष्ट छैनन्। प्रधानमन्त्री शाह पनि सरकारको कामलाई सहयोग गर्नुको साटो पार्टीबाटै अवरोध भएको बुझाइमा रहेको निकटहरूको दाबी छ।

सरकारका कामलाई प्रभावकारी बनाउन भन्दै मन्त्रिपरिषद्ले विभिन्न अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्यादेश तत्काल जारी नगरी रोकेका छन्। रास्वपा सभापति लामिछाने पनि अध्यादेशको विपक्षमा रहेको निकटहरूको दाबी छ।

यसअघि मन्त्रिपरिषद्ले अध्यादेश सिफारिस गरेको भोलिपल्टै रास्वपा सभापति लामिछानेले केही निकटलाई प्रेस काउन्सिल अध्यादेश जारी नहुने आश्वासन दिएको स्रोतको दाबी छ।

लामिछानेले राष्ट्रपतिमार्फत अध्यादेश रोकिने धारणा निकटसँग राखेको सूचना पाएपछि प्रधानमन्त्री शाह असन्तुष्ट बनेको स्रोतको दाबी छ।

राष्ट्रपतिले अध्यादेश रोकेकै बेला लामिछाने र शाहबिच बिहीबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म छलफल भएको थियो। भेट लामिछाने निवासमा भएको हो। भेटका क्रममा मन्त्रिपरिषद्ले सिफारिस गरेका अध्यादेश, संघीय संसद्को बैठक, प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीको आन्तरिक राजनीतिलगायत विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।

छलफल भएकै भोलिपल्ट शुक्रबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाह राष्ट्रपति कार्यालय शीतलनिवास एक्लाएक्लै पुगेका छन्।

भारतको दुईदिने राजकीय भ्रमणमा निस्कनुपूर्व राष्ट्रपतिसँग शिष्टाचार भेटसमेत नगरेका प्रधानमन्त्री शाहले शुक्रबार शीतलनिवासमा करिब २० मिनेट बिताएका छन्। राष्ट्रपतिसँग प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराउनुका साथै अध्यादेशका विषयमा चासो राखेको स्रोतले दाबी छ।

प्रधानमन्त्री शाहले सिफारिस अध्यादेशमा कुनै आपत्तिजनक विषय नभएको र संसदीय प्रक्रियाबाट जाँदा ढिलाइ हुने भएकाले अध्यादेशको बाटो रोजिएको स्पष्ट पारेका थिए। उनले संसद्प्रति आफ्नो पूर्ण सम्मान रहेको बताउँदै उनले चाँडै अध्यादेश जारी भएमा सहज हुने धारणा राखेका थिए।

प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएका छन्।

राष्ट्रपति पौडेलले प्रेस काउन्सिल (पहिलो संशोधन) अध्यादेश, २०८३ फिर्ता पठाउने संकेत गरेका छन्। मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्ययनका क्रममा रहेको जनाउँदै राष्ट्रपति पौडेलले मौलिक हकसँग जोडिने विषयका कानुन संसदबाट नआई अध्यादेशबाट आउँदा त्यसले पार्ने असरप्रति चासो देखाएको स्रोतले बतायो। प्रधानमन्त्री शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई भेटेका थिए।

शीतलनिवासमा पनि पार्टी सभापति र प्रधानमन्त्री एकैदिन अलग–अलग पुग्नुले दुवै पक्षले राष्ट्रपतिसँग आआफ्नो कुरा राख्न खोजेको देखिन्छ। राष्ट्रपतिसँगको सम्बन्धमा शिष्टाचारको प्रश्न छ। विदेश भ्रमणअघि राष्ट्रपतिलाई जानकारी गराउने विगतको चलन प्रधानमन्त्रीले यस पटक तोडेका छन्।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३६ सेकेन्ड अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस