माओवादीको तानाशाही प्रवृतिविरुद्ध मेरो उम्मेदवारी हो: नेता वराल
२७ असोज २०७९
•
३ मिनेट पाठ
माओवादीको तानाशाही प्रवृतिविरुद्ध मेरो उम्मेदवारी हो: नेता वराल
प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका काशिचन्द्र वरालले भुई मान्छे अर्थात कुनै पनि हालतमा पहुँचमा पुग्न नसकेका नागरिकको प्रतिनिधित्व गदै आफू चुनावी मैदानमा उत्रेको बताएका छन्।




उनले पार्टी नेतृत्वको व्यक्तिवादी पेलुवा, हैकमवादी,तानाशाही,स्वइच्छाचारी प्रवृति विरुद्धको आफ्नो उम्मेदवारी रहेको जानकारी गराएका छन्। आज मान्ममा आयोजित पत्रकार सम्मेलनमा मेरो उम्मेदवारी किन भन्ने २८ बुद्धे खाका प्रस्तुत गदै सत्ता र शक्तिको आडमा भैरहेको दलालीकरण एवं कमिशन तन्त्रको अन्त्य गर्न,जिल्लामा भैरहेको सामाजिक शक्ति असन्तुलनलाई सन्तुलन कायम राख्नका लागि आफू स्वतन्त्र भएर चुनाव लढ्न मैदानमा होमिएको बताए।  

नेकपा माओवादी केन्द्रवाट बिद्रोह गरेर आफू स्वतन्त्र लढ्नुको कारण १५ वर्षसम्म एकै राजा,महाँराज हुने प्रबृद्धीको अन्ते गर्न आफूले बिद्रोह गरेको सुनाए। प्रचण्डले पनि अस्थीर राजनीति गरिरहेका आफू कम्युनिष्ट भन्ने तर जहाँ अवसर आयो त्यही हात मिलाउने,घाइत अपांगहरुको उपचार राहत दिने तर्फ र देशलाई आर्थिक रुपमा समृद्ध बनाउनेतर्फ कुनै चासो नदिएकाले पनि आफू लामो समयदेखि फरक बिचार राख्दै आएको बताए। उनले आफ्नो पक्षमा माओवादी पार्टी भित्रकै दबिएर वसेका नेता कार्यकर्ता, र सहरा बिहिन नागरिक रहेकाले आफूले चुनाव जित्ने दावी गरे।

उनले दुई पटक बिजयी भएका र अहिले पनि सत्ता गठबन्धनवाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका पुर्व मुख्यमन्त्री महेन्द्र वहादुर शाही प्रति लक्षित हुदै,शासन लाद्ने,आफूलाई राजा अरु सबै रैती हुन भनि दवाउने प्रबृतीका विरुद्धको आफ्नो उम्मेदवारी भएकाले गरिब, घाइते,अपांग र माटो उल्टाई पल्टाई गर्ने किसानले आफूलाई मतदान गर्ने बिश्वास रहेको ठेकुवा गरेका छन्।

अन्तमा महेन्द्र वहादुर शाहीलाई नै समर्थन गर्ने हल्ला छ नि भन्ने प्रश्न वरालले त्यो कल्पना नगर्न पत्रकारलाई जवाफ दिए। जो प्रबृद्धी बिरुद्ध आफू मैदानमा छु उसैलाई मैले साथ दिने कुरा भएन। हिजो पनि प्रचण्डले आफूलाई राजदुत बनाउने,सबैधानिक आयोगको जिम्मा दिनेदेखि अनेक प्रतिबद्धता जनाउदा पनि नमानेर उम्मेदवार कायम गराएको जानकारी दिदै आफु त्यो वर्ग जसले आफै श्रम गरेर खाने वर्गको प्रतिनिधि भएकाले सबै दलमा आबद्ध नागरिकले आफूलाई सहयोग गर्ने हुदा तानाशाहका विरुद्ध चुनावमा होमिएको दोहोराए।

चुनाव जित्ने आधारमा पनि तानाशाही प्रबृद्धीको अन्ते,आफू राजा र अरुलाई दास बनाउने शासकलाई हराउन,वास्तविक राष्ट्रियताको रक्षा र सम्बर्धन गर्न र जिल्लाको विकासको गुरु योजना बनाई दिगो प्रणालीगत विकास निमाण गदै युवा रोजगारी सृजना गर्ने योजना रहेको दावी गरे। उनले कसैले नपत्ताएको एक सहकारी गाउँवाट सुरु गरेर कहिले एक हजार चार सय सेयर सदस्य बनाएको उल्लेख गदै आफ्ना जित्ने आधार यिनै रहेको र पछि पनि देशैभर रहेका जम्मा एक हजार तीन सय घाइतेलाई रोजगारी दिने आफ्नो योजना रहेको सुनाए।  

आफूले चुनाव जितेपनि नजितेपनि तिनखम्बे अर्थ नीति लाई आत्मसात गरि ब्यापक रोजगारी सृजना मार्फत आम नागरिकलाई आत्मनिर्भर स्वरोजगार वनाउने लक्ष्य लिएको सुनाए। योजनावद्ध दिगो र संतुलित योजना विकासको खाका तयार गरी कार्यान्वयनमा लैजाने हुदा बिकास खोजेका सबै कालिकोटवासिले आफूलाई मतदान गर्ने दावी वरालको छ।

वरालले सत्ता गठबन्धन विरुद्ध नै आफ्नो उम्मेदवारी भएको बताएका छन्। अस्थीर,सत्ता जोगाउन बनेको गठवन्धनले देशको बिकास गर्न नसक्ने भन्दै त्यसलाई तोड्न  र स्वच्छ प्रतिस्पर्धावाट जनउत्तरदाही नेताको बिकास गर्न दवाफ दिन पनि आफू चुनावमा आएको सुनाएका छन्।  
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
१८ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५० सेकेन्ड अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस