कास्कीका उम्मेदवारको निर्वाचन खर्चः प्रतिनिधिसभातर्फ ३१ र प्रदेशसभातर्फ १५ लाख
२८ असोज २०७९
•
३ मिनेट पाठ
कास्कीका उम्मेदवारको निर्वाचन खर्चः प्रतिनिधिसभातर्फ ३१ र प्रदेशसभातर्फ १५ लाख
प्रतिनिधिसभा सदस्य तर्फका कास्कीका उम्मेदवारले आगामि निर्वाचनमा बढीमा ३१ लाख रुपैयाँ मात्र खर्च गर्न पाउने भएका छन्। यो नै कास्कीका उम्मेदवारले पाउने सबैभन्दा बढी निर्वाचन खर्च हो। निर्वाचन आयोगले कास्की–३ का उम्मेदवारका लागि ३१ लाख रुपैयाँको खर्च सिमा तोकिदिएको छ। कास्की–१ का उम्मेदवारले २९ लाख र कास्की–२ का उम्मेदवारले भने २७ लाख रुपैयाँ मात्र खर्च गर्न पाउनेछन्।  




प्रदेशसभा सदस्यका उम्मेदवारले भने बढीमा १९ लाख रुपैयाँ मात्र खर्च गर्न पाउँछन्। निर्वाचन कार्यालयका अनुसार कास्की ३ (क) र (ख) का उम्मेदवारले १९ लाख रुपैयाँका दरले गर्न पाउँनेछन। कास्की–१ (क) का उम्मेदवारको खर्च सिमा १७ लाख रुपैयाँ छ भने कास्की –१ (ख)का उम्मेदवारको खर्च सिमा १५ लाख रुपैयाँ छ । कास्की–२ (क) र (ख) का उम्मेदवारले भने १५ लाख रुपैयाँ मात्र खर्च गर्न पाउँनेछन्।  

‘कास्की–३ तुलनात्मक रुपमा दुर्गम क्षेत्र हो । त्यही भएर त्यस क्षेत्रका प्रतिनिधिसभा तथा प्रदेशसभा उम्मेदवारको खर्च सिमा अरुको भन्दा बढी छ,’ निर्वाचन आयोग कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले भने, ‘मतदाता संख्या, भौगोलिक अवस्थाका आधारमा निर्वाचन आयोगले उम्मेदवारको खर्च सिमा तोकिदिएको छ। त्यही सिमाभित्र रहेर उम्मेदवारले खर्च गर्नुपर्छ।’ जिल्ला अनुसार सुुगम, दूर्गम र मतदाता संख्याका आधारमा फरक खर्च सिमा तोकिदिने गरेको न्यौपानेले बताए । कास्की ३ का केही भेग निकै नै दुगर्म क्षेत्र पर्छन।

निर्वाचन कार्यालय कास्कीका अनुसार कास्कीमा सबैगरि २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता रहेका छन्। ती मध्ये सबैभन्दा बढी कास्की–१ का १ लाख १० हजार ७ सय १५ जना रहेका छन्। कास्की १ (क) मा ५८ हजार ४ सय ४५ र (ख) मा ५२ हजार २ सय ७० जना मतदाता रहेका छन्।

त्यस्तै कास्की–२ मा ७९ हजार १ सय ३८ जना मतदाता मात्र रहेका छन्  कास्की २ (क) मा ४२ हजार २ सय ८२ र (ख) मा ३६ हजार ८ सय ६५ जना मतदाता रहेका छन्। कास्की–३ मा भने १ लाख १ हजार ७ सय १५ जना मतदाता रहेका छन्। कास्की ३ (क) मा ५२ हजार ८ सय ६२ र (ख) मा ४८ हजार ८ सय ५३ जना मतदाता रहेका छन। कास्कीमा सबैगरि ३४४ मतदान केन्द्र रहेको आयोगले बताएको छ।  

कास्कीका ३ वटा निर्वाचन क्षेत्रमध्ये तुलनात्मक रुपमा कास्की ३ ले दुर्गम भेग समेट्छ।  अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रसम्मको सबै भेग कास्की ३ मा पर्छ। अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका र पोखरा महानगरपालिकाका ११ वटा वडा यो क्षेत्रमा समेटिएका छन् । पर्यटकीय क्षेत्र लेकसाइड कास्की ३ भित्र पर्छ। सूचना अधिकारी न्यौपानेले कास्की ३ तुलानात्मक रुपमा दुर्गम क्षेत्र पर्ने भएकोले त्यहाँका उम्मेदवारको खर्च सिमा पनि अरुको भन्दा बढी रहेको जानकारी दिए । कास्की ३ पश्चिम भेग हो।
कास्की १ मा भने रुपा र मादी गाउँपालिका सहित पोखरा महानगरपालिकाका ११ वटा वडा पर्छ। साविक लेखनाथ नगरपालिका कास्की १ मा पर्छ। पोखरा १ कास्कीको पूर्वि खण्ड हो। कास्की २ भने अधिकांश क्षेत्र सहरी भेग पर्छ। यो क्षेत्रमा पोखरा महानगरपालिकाका ११ वटा मात्र वडा पर्छन। पोखराको मुख्य बजार यो क्षेत्रमा समेटिएका छन्। जहाँ बाक्लो बस्ती रहेको छ। महेन्द्रपुल चिप्लेढुंगा, रत्नचोक, सिर्जनाचोक, नयाँबजार, रामबजार लगायतका घना बस्ती यो क्षेत्रमा समेटिएका छन्।  

निर्वाचन आयोगले सिमा तोकिदिएपनि दलका उम्मेदवारहरुको खर्च भने त्यो भन्दा निकै नै बढी हुने गरेको भन्दै आलोचना हुने गरेको छ। तर, उम्मेदवारहरुले भने आयोगले तोकिदिएको सिमाभित्रै रहेर रकम खर्च गर्दै आएको दावि गर्दै आएका छन्। आयोगले तोकिदिएको सिमाले उम्मेदवारको खर्च धान्नै नसक्ने नेताहरुले बताउने गरेका छन्। उम्मेदवारहरुले भने सिमाभित्रै रहेर खर्च गरेको दावि गर्दे अतिरिक्त खर्चलाई अरु कार्यकर्ता र शुभचिन्तकले खर्च गरिदिएको भनेर पन्छिने गरेका छन्।  
अर्को समाचार
निर्वाचन खर्चको विवरण नबुझाउनेलाई तत्काल कारवाही अघि नबढाउनुः सर्वोच्च अदालत
०४ फागुन २०७९
•
१ मिनेट पाठ
निर्वाचन खर्चको विवरण नबुझाउनेलाई तत्काल कारवाही अघि नबढाउनुः सर्वोच्च अदालत
निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारहरुलाई तत्काल कारवाही अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।




विवरण नबुझाउने व्यक्ति उम्मेदवार पनि हुन नपाउने र जरिवाना पनि तिर्नुपर्ने निर्वाचन आयोगको निर्णय विरुद्घ काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले हालेको रिटमा सर्वोच्च अदालतले बुधबार यस्तो आदेश दिएको हो।

बिहीबार मात्र सार्वजनिक उक्त अन्तरिम आदेशमा तत्काल उम्मेदवारहरुलाई कारवाही नगर्नु भनिएको छ। मेयर शाहले १ लाख २३ हजार ६ सय २४ जना जनप्रतिनिधिहरुको पक्षबाट सर्वोच्चमा रिट हालेका थिए। सबैको हकमा आदेश जारी भएको छ।

मेयर बालेन शाहले निर्वाचन आयोग विरुद्ध आफूले मात्र नभई अन्य व्यक्तिहरुको पक्षबाट पनि रिट हालेका थिए। आयोगले समयमै निर्वाचनको खर्च विवरण नबुझाएको भन्दै मेयर शाहसहित सबैलाई जरिवाना तिर्न पत्राचार गरेको थियो।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस