नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले अहिले मुलुकमा सुशासन, पारदर्सीता र जवाफदेहिता नहुनुका साथै भ्रष्टाचार बढेर समस्या भएका बेला जनतालाई निरासाबाट मुक्त गराउने दावी गरेका छन्।
उनले नेपाली जनतालाई निरासाबाट मुक्त गराउन नै आफ्नो उम्मेदवारी रहेको दाबी गरे। कोइराला मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधीसभाका उम्मेदवार हुन्।
‘सुशासन कायम गर्न, अपारदर्सीता हटाउन, जवाफदेहिता वन्न र भ्रष्टाचार हटाउन मेरो उम्मेदवारी हो,’ कोइरालाले शुक्रबार सुन्दरहरैँचामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै भने, ‘यतिबेला मुलुकमा सुशासन, पारदर्सीता र जवाफदेहिता छैन, भ्रष्टाचार पनि बढेकाले सवै निरासा छन्। अब निरासा हुन दिने छैनाैं।’
उनले भविष्यमा गठबन्धन थप मजबुद हुनु पनि दावी गरे। ‘अहिलेको संविधानले चुनाब अघि या त पछि गठबन्धन गर्नैपर्ने बाध्यता सिर्जना गरेकाले गर्दा भविष्यमा थप मजबुद हुनेछ,’ उनले भने। नेता कोइरालाले अहिले जहाँ गएपछि राजनीतिक स्थीरता र विकास नभएको प्रश्न गर्ने भएकाले गर्दा आफू जितेपछि त्यसलाईं सही ढंगले अघि बढाउने प्रतिबद्दता व्यक्त गरे।
प्रदेश सभाका उम्मेदवार क्षेत्र नं. ६ ‘क’ बाट गठबन्धनका तर्फबाट माओवादी केन्द्रका जीवन आचार्य र ‘ख’ बाट गठबन्धनबाट नेपाली काँग्रेसका केदार कार्की उम्मेदवार छन। नेता कोइरालाले प्रदेश सभामा दुवै जना उम्मेदवार युवा र प्रतिनिधीसभामा पाको मान्छेको होस्ले क्षेत्र नं. ६ लाई देशभर १६५ वटा निर्वाचन क्षेत्रमध्ये नमूना बनाएर छाड्ने जिकिर गरे ।
मोरङ क्षेत्र नं. ६ मा कोइरालको प्रतिस्पर्धा एमाले–जसपा गठबन्धनबाट उम्मेदवार रहेका एमालेका लालबाबु पण्डितसँग हुनेछ। लालबाबु आफूले थालेका अधुरा योजनाहरू पूरा गर्न वाचासहित चुनाबी अभियानमा छन्। कोइराला संविधान, विकासका हरेक कामलाई अघि बढाउने र जनतामा पैदा भएको निरासा हटाएरै छाड्ने वाचा गर्दैै चुनाबी अभियानमा छन्। अघिल्लो पटक पनि कोइराला र पण्डितबीच नै प्रतिस्पर्धा भएको थियो। जसमा पण्डित विजयी भएका थिए।
मोरङ क्षेत्र नं. ६ ‘क’ मा एमालेबाट रीता न्यौपाने र क्षेत्र नं. ६ ‘ख’ बाट पर्शुराम बस्नेत चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। जसले गर्दा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालका ज्वाई रहेका जीवन आचार्य र एमालेकी न्यौपानेबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ। यस्तै, क्षेत्र नं. ६ ‘ख’ मा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनन्त्री रहेका कार्की र एमालेका बस्नेतबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ।
विराटनगर महानगरका सात वटा वडा, बुढीगंगा गाउँपालिकाका सातै वटा वडा र सुन्दर हरैंचा नगरपालिकाका ६ वटा वडा रहेको निर्वाचन क्षेत्र नं. ६ मा कुल १ लाख २६ हजार ७६१ मतदाता छन्।