राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सिद्धार्थनगर सभापति चन्द्रभक्त श्रेष्ठ नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। आज (शुक्रबार) एक कार्यक्रमकाबीच गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले श्रेष्ठलाई टिका माला लगाएर काँग्रेसमा प्रवेश गराएका हुन्।
रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार समेत रहेका खाँणले श्रेष्ठलाई पार्टी सदस्यता प्रदान गरेका हुन्। गृहमन्त्री तथा काँग्रेस नेता खाँणले श्रेष्ठको पार्टी प्रवेशले नेपाली काँग्रेसलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे। नेता खाँणले लोकतन्त्रको रक्षा,विकास र समृद्धिका लागि मंसिर ४ को निर्वाचनमा आफूले उम्मेदवारी दिएको बताए।
काँग्रेसमा प्रवेश गरेका श्रेष्ठ नेवा खलः सिद्धार्थनगर समितिका उपाध्यक्ष समेत हुन्। श्रेष्ठलाई काँग्रेस रुपन्देहीको आमन्त्रित जिल्ला सदस्यमा नियुक्त गरीएको जिल्ला सभापती रामकृष्ण खाँणले जानकारी दिए। सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा काँग्रेसका खाण उम्मेदवार हुन भने उनका मुख्य प्रतिश्पर्धीका रुपमा एमाले/राप्रपाको गठबन्धनबाट राप्रपाका बरिष्ठ नेता दिपक बोहोरा उठेका छन्।