उम्मेदवारी खारेजी प्रकरण: दिनहुँ धर्ना र प्रदर्शन,अधिकृतविरुद्ध आक्रोश बढ्दै
२९ असोज २०७९
•
७ मिनेट पाठ
उम्मेदवारी खारेजी प्रकरण: दिनहुँ धर्ना र प्रदर्शन,अधिकृतविरुद्ध आक्रोश बढ्दै
रुपन्देहीको निर्वाचन क्षेत्र न. २ मा निर्वाचन अधिकृतको कार्यालयले पूर्वाग्राही ढंगबाट विधि र कार्यतालिका मिचेर काम गरेको भन्दै व्यापक आलोचना भइरहेको छ। निर्वाचन अधिकृत उदविर नेपालीको भूमिका शंकास्पद रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालय अगाडी तीन दिनदेखि धर्ना र विरोध प्रदर्शन भइरहेको छ।  




रुपन्देहीको क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवार राजु गुरुङ,हाम्रो नेपाली पार्टीका डा. कमल भुसाल (निकोलस)  र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी आयोगले खारेज गरीदिएको थियो। आयोगले राजनीतिक पूर्वाग्राह राखी विधि र प्रक्रिया नै मिचेर गुरुङ र भुसालको उम्मेद्वारी खारेज गरीएको भन्दै सत्ता गठबन्धनका दल र भुसालका समर्थकहरु विरोधमा उत्रेका हुन्। भुसालका समर्थकहरुले बिहिबार देखि नै निर्वाचन अधिकृतको कार्यालय अगाडी धर्ना दिइरहेका छन्। सत्ता गठबन्धनका उम्मेदवार नेकपा समाजवादीका गुरुङले नियम विपरित आयोगले उम्मेदवारी खारेज गरीदिएको भन्दै सर्वोच्चमा  मुद्दा दर्ता गरेका छन्। मुद्याको  सुनुवाइ आइतबार हुँदैछ। सत्ता गठबन्धन दलहरुले निर्वाचन अधिकृत नेपालीको भूमिका शंकास्पद रहेको भन्दै उनको ठाउँमा अर्को कर्मचारी खटाउन माग सहित आयोगलाइ ज्ञापन पत्र बुझाइसकेका छन्।

उम्मेद्वारी खारेजीको विषयले विवादित बनेको निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका समेत मिचेर अगाडी बढेपछि थप विवादित बनेको हो। निर्वाचन कार्यतालिका अनुसार बुधबार अपरान्ह ५ बजेसम्म उम्मेद्वारको नामावली प्रकाशन र साँझ ७ बजेसम्म निर्वाचन चिन्ह प्रदान गर्नुपर्ने थियो। तर निर्वाचन अधिकृतको कार्यालयले समय तालिका नै मिचेर राती ९ बजे पछि मात्रै उम्मेद्वारहरुको नामावली प्रकाशन र चिन्ह प्रदान गर्यो।  कार्यतालिका फेरबदल गर्नुपरेमा सूचना जारी गर्नु पर्ने प्रावधान भएपनि विना सूचना समय सकिएपछि रातीमा निर्णय सार्वजनिक गरी र कार्यतालिका उल्लंघन गरेको नेकपा एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष अविराम विकले बताए।

मनोनयनपत्र उपरको उजुरी जाँचबुझमा समेत विधि र कार्यतालिका मिचिएको छ। आयोगले असोज २४ गते अपरान्ह ३ बजेसम्म उजुरी दिन पाउने र २५ गते ३ सम्म उजुरी उपर जाँचबुझको समय तोकिएको थियो। तर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवार उपरको जाँचबुझको निर्णय भन्दै  झण्डै मध्यरात पारेर उम्मेदवार खारेजीको सूचना सार्वजनिक गर्यो। मंगलबार राती ११.२०  बजे गुरुङ,भुसाल र बस्यालको उम्मेदवारी खारेज भएको सूचना सार्वजिक गरिएको थियो। कार्यतालिका मिचेर रातीमा सूचना जारी गरेपछिका दुइ दिन निर्वाचन अधिकृत  नेपाली सम्पर्क विहिन भएका थिए। तर शुक्रबार देखि भने उनी सम्पर्कमा आएका छन्।  

निर्वाचन अधिकृत नेपालीले राजनीतिक स्वार्थबाट प्रेरित भइ काम गरिरहेको र कार्यतालिका निरन्तर उल्लंघन गरेको समाजवादीका अध्यक्ष विकले बताए। निर्वाचन अधिकृतको कार्यालयले उम्मेद्वारलाई आवश्यक सूचना समेत नदिने र दुःख दिने गरेको नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार  बनेका हरिसुन्दर बासीले बताए। गुरुङ र भुसालको उम्मेदवारी खारेजीमा  पूर्वाग्रह राखेर विधि,प्रक्रिया र नियम मिचीएको देखिएको अधिवक्ता कमलराज बस्यालले बताए। रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद कोइरालाले क्षेत्र नं. २ मा निर्वाचन अधिकृतको कार्यालयले कार्यतालिका अनुरुप काम नगरेको भन्ने गुनासो आएको स्वीकार गर्दै अदालतमा मुद्धा नै परेको अवस्थामा थप प्रतिक्रिया दिन उचित नहुने बताए।

अधिकृत नेपाली भन्छन्–निर्वाचन आयोग केन्द्रको परामर्श र निर्णय अनुसार गरेको छु

विधि,प्रक्रिया र निर्वाचन तालिका मिचेको आरोप लगेका निर्वाचन अधिकृत उदविर नेपालीले भने कानुनी रित पूरा गरेर विधि र प्रक्रिया अनुरुप नै जिम्मेवारी पूरा गरेको दाबी गरेका छन्। ‘उम्मेदवार उपर परेका उजुरीको छानबिन गरेर सम्बन्धित पक्षले त्यससम्बन्धि पेश गरेका प्रमाणहरुको अध्ययन गरी आयोगको केन्द्रमा पठाइएका हौं, केन्द्रको छलफल परामर्श अनुरुप नै कामबारबाही अगाडी बढाइएको हो’, नेपालीले भने। समय तालिका मिचेको सम्बन्धमा पनि उनले निर्वाचन आयोग केन्द्रको निर्णय र परामर्श कुर्दा ढिला भएको प्रतिक्रिया दिए।  

गुरुङ र भुसालको उम्मेदवारी खारेजी प्रकरण

रुपन्देही २ मा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङ,हाम्रो नेपाली पार्टीका डा. कमल भुसाल (निकोलस)  र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी आयोगले खारेज गरिदिएको छ। गुरुङलाइ कालोसूचीमा परेको र भुसालले सरकारी सुविधा लिएकाले उम्मेदवार हुन अयोग्य भएको भनिएको छ।

गुरुङ अध्यक्ष रहेको नर्थ वेष्ट नेपाल इन्फा प्रालिले गौतमबुद्ध विमानस्थल भैरहवाको निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको वेष्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाइ तिर्नुपर्ने झण्डै सवा २ करोड बराबरको रकमका लागि  विभिन्न मितिमा काटिएका चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाइ बैंकले कालोसूचीमा राखेको थियो। बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्सका अध्यक्ष अन्जित विष्टले सोही केशमा अदालतमा मुद्धा दायर गरेका थिए। नर्थ कम्पनीले १ करोड ५० लाख तिरिसकेको भएपनि विष्टले २ करोड २५ लाख रुपैयाँ दाबी गर्दै अदालतमा मुद्धा दिएको दाबी समाजवादीका नेताहरुको छ।  

सोही मुद्धामा बिष्टलाइ तिर्नुपर्ने रकम नतिरेको भन्दै काठमाडौँ जिल्ला अदालतले गुरुङ सहित उनको कम्पनीका ६ जना विरुद्ध फैसाल गरेको थियो। जिल्लाको निर्णय उपर गुरुङ पुनरावेदन गएका थिए। पुनरावेदनमा मुद्दा बिचाराधीन छ।  सोही मुद्दालाइ आधार बनाएर निर्वाचन अधिकृतको कार्यालय बुटवलले गत मंगलबार मध्यरातमा गुरुङको उम्मेदवारी खारेज गरिदिएको थियो।  

त्यसोत पछिल्लो समय कम्पनीले तिर्नुपर्ने रकम भुक्तानीकालागि गुरुङ पक्षले बिष्टलाइ सम्पर्क गर्न खोजेपनि उनी नियतबस सम्पर्कमा आउन नचाहेको श्रोतको दाबी छ। बिष्ट बुटवल क्षेत्र नं. २ का एमाले उम्मेदवार बिष्णु पौडेल निकट व्यक्ति भएको र पोडेलकै डिजाइनमा मैदान खाली गर्न प्रपञ्च रचिएको दाबी समाजवादीका नेताहरुको छ।  

अधिकृत नेपाली राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेनाको कानुनी शाखामा कार्यरत रहेको र उनकी श्रीमती जुनादेवी नेपाली एमाले नेतृ तथा प्रदेशसभा सदस्य उम्मेद्वार रहेकाले एमालेकै नेताको डिजाइनमा यस्तो निर्णय आयोगले लिएको आरोप समाजवादीका नेताहरुले लगाएका छन्। त्यसोत एमालेको संगठित सदस्यता लिएको भन्ने आरोप पनि अधिकृत नेपाली माथि लागेको छ।

नेकपा एकिकृत समाजवादी लुम्बिनीका अध्यक्ष सोमप्रसाद पाण्डेले गुरुङ व्यक्तिगत रुपमा कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको र उनी शेयर सदस्य रहेको कम्पनीलाइ कालोसूचीमा राखिएपछि त्यसका विरुद्ध पुनरावेदनमा रिट दर्ता भइ  मुद्दा बिचाराधीन रहेकाले उम्मेदवारी खारेज  गर्न नमिल्ने बताए। नेपालीले भने आफू सरकारी कार्मचारी भएकाले सरकारकै आदेशमा राष्ट्रिय सभामा काजमा खटिएकाको बिषयलाइ राजनीतिसँग जोडन नमिल्ने बताए।

अर्का उम्मेदवार कमल भुसाल निकोलसले  पनि प्रतिस्पर्धाबाट डराएकाहरुले राजनीतिक डिजाइनमा मैदान खाली गर्न विधि र प्रक्रिया मिचेर उम्मेदवार हुनबाट बञ्चित गर्न खोजिएको बताए। सरकारी सुविधा नलिने लिखित निर्णय गरेर चुनावी मैदानमा होमिएकाले आफूले न्याय  पाउने विश्वास व्यक्त गरे। भुसालले आयोगको निर्णय विरुद्ध मुद्दा दर्ता गरेका छन्।  

रुपन्देही क्षेत्र नं. २ मा प्रतिनिधि सभाका लागि मुख्य प्रतिस्पर्धीका रुपमा गठबन्धनका राजु गुरुङ र  एमालेका बिष्णु पौडेललाइ हेरिएको थियो। कमल भुसाल निकोलसले पनि युवा र पाको पुस्ताको मत तान्ने आंकंलन गरिएको थियो। तर गुरुङ र भुसालको उम्मेदवारी खारेजको सूचना आयोगले सार्वजनिक गरेपछि पौडेललाइ फेरि एक पटक चिठ्ठा परेको चर्चा सुरु भएको छ।

पौडेलले यसअघिका तीन वटा निर्वाचन यही क्षेत्रबाट जितेको भएपनि यसपाली उनलाई कमजोर आँकलन गरिएको थियो। पार्टी भित्रै र बाहिर पौडेललाइ कमजोर आंकंलन गरिएका बेला मैदान नै खाली हुने गरी मुख्य प्रतिस्पर्धीहरु कै उम्मेदवारी खारेज हुनुलाइ कतिपय राजनीतिज्ञहरुले कपटपूर्ण राजनीतिक प्रपञ्चका रुपमा विश्लेषण गर्न थालेका छन्।
अर्को समाचार
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
५ मिनेट अघि
•
१ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।




कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।

राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।

उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।

उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस