रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ।
आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गूरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। सर्वोच्चले दुवै पक्षलाइ छलफलकालागि कात्तिक २ गते बोलाएको छ।
चेक बाउन्स प्रकरणमा कालो सूचिमा परेको भन्दै निर्वाचन आयोगले गुरुङको उम्मेदवारी खारेज गरीदिएको थियो। गुरुङले आयोगको निर्णय बिरुद्ध उम्मेदवारी कायम गरीपाउ भन्दै सर्वोच्चमा मुद्या दायर गरेका थिए।
सोही मुद्याको सुनुवाइ गर्दै सर्वोच्चले निर्वाचन आयोगलाइ कारण देखाउ अल्पकालिन आदेश जारी गरेको हो। गुरुङ सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्।
नेपाली कांग्रेसले भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र साहले सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै आपत्ति जनाएको छ।
शनिबार पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीको व्यवहारप्रति असन्तुष्टि जनाएका हुन्। सीमा विवादको विषयमा प्रवेश नै नगराई फर्कनुले प्रधानमन्त्री साहको दोहोरो चरित्र उदाङ्गो भएको पौडेलको भनाइ छ।
प्रधानमन्त्रीको विगतका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबीच विरोधाभास देखिएको मूल्याङ्कन कांग्रेसले गरेको उनले बताए। विगतमा भारतसँगको सम्बन्ध र विशेषगरी सीमा मुद्दामा साहले प्रस्तुत गर्ने अभिव्यक्ति कूटनीतिक संवादको अवसर प्राप्त हुँदा पनि व्यवहारमा नदेखिएको पौडेलले उल्लेख गरे।
प्रधानमन्त्री बन्नुअघि र पदमा रहँदा पनि भारतसँगको सम्बन्ध र सीमाका विषयमा साहको प्रस्तुतिलाई कांग्रेसले अपरिपक्व तथा उत्तेजक अभिव्यक्तिका रूपमा लिएको उनले बताए। ‘लोकप्रियता आर्जन गर्न मात्रै ती विषयहरू सीमित थिए भन्ने हाम्रो बुझाइ थियो। राष्ट्रवादको नक्कली प्रदर्शन थियो भन्ने पनि हाम्रो बुझाइ थियो,’ महामन्त्री पौडेलले भने।
कूटनीतिक संवादमार्फत निर्णायक रूपमा विषय उठाउने अवसर प्राप्त गर्दा पनि ती विषय नउठेको स्थितिले हिजो कांग्रेसले गरेको अनुमान आज पुष्टि भएको उनको जिकिर छ। विगतमा साहले सीमासम्बन्धी अभिव्यक्ति लोकप्रियता हासिल गर्ने उद्देश्यले गरेको राष्ट्रवादको प्रदर्शन मात्रै रहेको पुष्टि भएको उनले बताए।
नेपाल-भारत सम्बन्ध ऐतिहासिक, बहुआयामिक र विशिष्ट रहेको उल्लेख गर्दै दुई देशबीच सहकार्यका प्रशस्त सम्भावना भए पनि सीमालगायत संवेदनशील विषय लामो समयदेखि समाधान हुन नसकेको पौडेलले बताए।
यस्ता विषयको समाधान एकपटकको भ्रमण वा बैठकबाट सम्भव नहुने भन्दै उनले निरन्तर, गम्भीर र परिणाममुखी कूटनीतिक पहल आवश्यक रहेको धारणा राखे।
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...