कालिकोटमा दुई पूर्व माओवादी नेताले स्वतन्त्र उम्मेदवारीबाट कांग्रेस–माओवादी गठबन्धनलाई चुनौती दिएका छन् । प्रतिनिधि सभामा माओवादी केन्द्रका केन्द्रीय लेखा समिति सदस्य तथा निवर्तमान रास्कोट नगरप्रमुख काशीचन्द्र बराल र प्रदेश सभा २ मा गठबन्धनविरुद्ध उम्मेदवारी दिएका पलाँता गाउँपालिकाका निवर्तमान अध्यक्ष लक्ष्मणवहादुर बमले आफ्नो स्वतन्त्र उम्मेदवारी दिँदै मंसिर ४ गते हुने निर्वाचनमा टक्कर दिने देखिएको हो।
बरालले पुतली र बमले धारा चुनाव चिह्न रोजेका छन् । २०५४ मा एमालेबाट फुकोट गाविसको निर्विरोध गाविस अध्यक्ष विजयी बरालबीचमा भूमिगत भएर २०७४ को स्थानीय तहको चुनावमा रास्कोट नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । जिल्लामा नयाँ प्रविधिसहित सहकारी आन्दोलनका अगुवाको रूपमा चिनिने बरालको दल आबद्धता भने फेरबदल हुने गरेको छ ।
जनमोर्चा, एमाले, माले, कांग्रेस हुँदै सशस्त्र द्वन्द्वमा भूमिगत भएका उनी कालिकोटका पूर्वपत्रकार पनि हुन् । उनले २८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । ‘पार्टी नेतृत्वको व्यक्तिवादी पेलुवा तानाशाही प्रवृत्तिविरुद्ध मेरो उम्मेदवारी हो,’ उनले भने, ‘पार्टीले बेवास्ता गरेका, सधैं अवसरबाट वञ्चित भुइँमान्छेको म सच्चा प्रतिनिधि हुँ ।’
त्यस्तै कालिकोट १ (२) बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका बमले पलाँतासहित जिल्लाका सबै घरधुरीमा खानेपानी,बिजुली,सडक,स्वरोजगारका योजनासहित समृद्ध कालिकोट बनाउन आफू चुनावमा होमिएको बताएका छन् । उनले आफू पलाँताको गाउँपालिका अध्यक्ष रहेर पूर्वाधार विकास,युवा स्वरोजगार लगायतमा काम गरेर देखाइसकेको दाबी गरे ।
कालिकोटमा प्रतिनिधिसभामा गठबन्धनबाट पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही,एमालेबाट नगिन्द्र शाही, कांग्रेस बीपीबाट कालीकोट कांग्रेसका संस्थापक सभापति पंखबहादुर बिष्ट,नेमकिपाबाट जिल्ला अध्यक्ष खड्कराज शाही, राप्रपाका धनबहादुर बुढा र स्वतन्त्र रूपमा कांग्रेसका पुराना नेता धनप्रसाद पाण्डेको उम्मेदवारी परेको छ ।
त्यस्तै, प्रदेशसभा १ (१) मा चार जनाको उम्मेदवारी कायम भएको छ भने प्रदेशसभा १ (२) बाट ६ जनाले चुनावमा प्रतिस्पर्धा गर्नेछन्। प्रदेशसभा सदस्यमा १ मा गठबन्धनका तर्फबाट माओवादीका दुर्गबहादुर रावत, एमालेका कुर्मराज शाही,राप्रपाका सूर्यबहादुर शाही र नेमकिपाका रवीन्द्र शाही छन्। प्रदेश २ मा गठबन्धनको तर्फबाट कांग्रेसका हिक्मतबहादुर विष्ट,एमालेका वीरेन्द्रबहादुर बोगटी, नेमकिपाका जनकवहादुर विष्ट, कांग्रेस बीपीका कर्णबहादुर विष्ट, एकीकृत समाजवादीका विश्वराज बम उम्मेदवार छन् ।