व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिबद्ध छः पर्यटनमन्त्री श्रेष्ठ
०३ कार्तिक २०७९
•
१ मिनेट पाठ
व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिबद्ध छः पर्यटनमन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकमा व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिबद्ध रहेको बताएका छन्।




मारवाडी सेवा समितिले काठमाडौँमा आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री श्रेष्ठले निजी क्षेत्रले भोग्नुपरेका समस्यालाई समाधान गर्दै व्यवसायमैत्री वातावरण बनाउन वाम-लोकतान्त्रिक गठबन्धन क्रियाशील रहने बताए।

मंसिर ४ गते हुने आम निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ बाट वाम-लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार रहेका मन्त्री श्रेष्ठले दीगो अर्थतन्त्र निर्माणका लागि विभिन्न क्षेत्रमा सुधार आवश्यक रहेको बताए। समुन्नत मुलुक निर्माणमा निजी क्षेत्रबाट योगदान पुर्‍याउन व्यवसाय मैत्री वातावरण अपरिहार्य रहेको बताउँदै उनले नीतिगत सुधार, क्षमता विस्तार जस्ता व्यवसायिक सुधारका कामहरु अघि बढाउनुपर्ने बताए।

उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकार गम्भीर रहेको समेत उनले बताए। लोकतन्त्र संस्थागत नभइ आर्थिक विकास र विभिन्न पेशा, व्यवसाय र रोजगारीमा संलग्न नागरिकको अधिकार सुरक्षित नहुने भन्दै उनले लोकतन्त्र र संविधानको रक्षा लागि गठबन्धन बनाउनुपरेको बताए।

कार्यक्रममा प्रदेशसभाका उम्मेदवार राजुराज जोशीले नीतिगत र व्यवहारिक पक्षमा लगानी मैत्री वातावरण बनाउन आफूहरु लागिपर्ने बताए। कार्यक्रममा समितिका अध्यक्ष कैलाश गोयल लगायत पदाधिकारीहरुले मारवाडी सेवा समितिले गरिरहेका सामाजिक सेवाका कामहरुबारे जानकारी दिएका थिए।
अर्को समाचार
जाँदाजाँदै ३० करोड अनुदान बाँड्न अर्थमा प्रस्ताव
१० पौष २०७९
•
४ मिनेट पाठ
जाँदाजाँदै ३० करोड अनुदान बाँड्न अर्थमा प्रस्ताव
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जाँदाजाँदै आफूनिकट विभिन्न संघसंस्थालाई ३० करोड रूपैयाँ अनुदानका रूपमा उपलब्ध गराउन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका छन्। सामाजिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा कार्यरत संघसंस्थालाई प्रवद्र्धन गर्ने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुदान दिने गरेको छ। यसरी दिइने अनुदान नियमित भने हुँदैन।




मन्त्री श्रेष्ठले गत साता ७० वटा संघसंस्थाका लागि रकम तोकेरै अनुदान दिन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका हुन्। मन्त्रालयका सचिव सुरेश अधिकारले ७० वटा संघसंस्थालाई अनुदान दिन अर्थमा प्रस्ताव पठाएको स्विकारे। ‘हामीले संस्था र अनुदान रकमसमेत तोकेर अर्थमा प्रस्ताव पठाएका छौं’, सचिव अधिकारीले भने, ‘अर्थले अझै सहमति दिएको छैन।’ अर्थले सहमति दिए विभिन्न ७० वटा संघसंस्थालाई अनुदानका रूपमा रकम उपलब्ध गराइने उनले बताए।

मन्त्रालयले प्रतिष्ठान वा संघसंस्थालाई अनुदान रकम उपलब्ध गराउने सम्बन्धमा कार्यविधि तयार पारेको छ। कार्यविधिमा अनुदानका लागि पाँचवटा मापदण्ड बनाइएको छ। मन्त्रालय स्रोतले भन्यो, ‘तर नाम छनोट गर्ने क्रममा मापदण्ड लागु भएको छैन।

विशेषगरी मन्त्रीको स्वविवेक र इच्छामा अनुदान पाउने संघसंस्था छानिएका छन्।’ कार्यविधिको मस्यौदा तयार गर्नुअघि नै मन्त्री श्रेष्ठले अनुदान पाउने संघसंस्थाको सूची तयार गरेका थिए। मन्त्रालयका सचिव अधिकारीका अनुसार अनुदान पाउने संघसंस्थालाई पाँच वर्गमा बाँडिएको छ। मन्त्रालयका प्रवक्ता सहसचिव राजेन्द्र केसीका अनुसार मन्त्रालयबाट अनुदान पाउन ५ सयभन्दा बढी संघसंस्थाले निवेदन दिएका थिए। प्राप्त निवेदनका आधारमा अनुदान पाउने संघसंस्थाको नाम छानिएको केसीले बताए।

मन्त्रालयका अनुसार ‘क’ वर्गमा राखिएका संघसंस्थाले १ करोड २५ लाख रूपैयाँ पाउनेछन्। यसैगरी ‘ख’ वर्गमा राखिएका संघसंस्थाले ७० लाख रूपैयाँ, ‘ग’ वर्गमा राखिएका संघसंस्थाले २५ लाख, ‘घ’ वर्गमा राखिएका संघसंस्थाले १० लाख रूपैयाँ र ‘ङ’ वर्गमा परेका संघसंस्थाले पाँच लाख रूपैयाँ अनुदान पाउने भएका छन्। मन्त्रालयका अनुसार ‘क’ वर्गमा राखिएका संघसंस्था विशिष्ट नेताहरूको नामसँग जोडिएका छन। कृष्णप्रसाद भट्टराई, मदन भण्डारी, महेन्द्रनारायण निधि, पुष्पलाल श्रेष्ठ नाममा खोलिएका संघसंस्थाले १ करोड २५ लाख रूपैयाँ अनुदान पाउनेछन्। यस्ता संघसंस्था पाँचवटा छन्। ७० लाख रूपैयाँ पाउने संघसंस्थाहरूमा गजेन्द्रनारायण सिंह, रामराजाप्रसाद सिंह, सहिद सुरेश वाग्ले, सहिद प्रतिष्ठान, सहिद तथा बेपत्ता फाउन्डेसन लगायत छन्।

मन्त्रालयका एक कर्मचारीले भने, ‘खासगरी ७० लाख र २५ लाख रूपैयाँ पाउने संघसंस्थाको नाम छान्न मन्त्रीको चाहना बढी देखिएको थियो।’ सचिव अधिकारीले भने मन्त्रीस्तरीय निर्णयबाट अनुदान पाउने संघसंस्थाको नाम छनोट भएको दावी गरे। स्रोत भन्छ, ‘अर्थले सहमति दिन ढिला गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले अर्थका उच्च कर्मचारीलाई ताकेता गरिरहेका छन्।’ नयाँ सरकार गठन हुन लागेका बेला यसरी अनुदान रकम बाँड्दा राम्रो सन्देश नजाने एक कर्मचारीले बताए।

कार्यविधिमा राजनीति, इतिहास, समाजसेवा, धर्मलगायत विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूका नाममा स्थापित प्रतिष्ठान, संघसंस्थाले अनुदान पाउन सक्ने व्यवस्था छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका श्रेष्ठले विभिन्न मुलुकका एक दर्जनभन्दा बढी सहरमा पर्यटन दूत नियुक्त गर्ने विषयमा पनि तयारी अघि बढाएका छन्। पर्यटन दूतले सरकारी तहबाट सेवासुविधा भने पाउँदैनन्। विदेशमा रहेका नेपालीलाई पनि पर्यटन दूत नियुक्त गर्ने परम्परा छ। मन्त्री श्रेष्ठ काठमाडौं–८ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार थिए। त्यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भए। चुनावमा पराजित भए पनि मन्त्री श्रेष्ठले नियमितझैं काम गरिरहेका छन्।

सहरीमा उपसचिवलाई सरुवा गरी अधिकृतलाई निमित्त

सहरी विकासमन्त्री मेटमणि चौधरीले आफूले भनेको नमानेको भन्दै शुक्रबार मन्त्रालय मातहतका उपसचिवलाई सरुवा गरेका छन्। उनले संघीय आयोजना कार्यान्वयन एकाइ बाँकेका प्रमुख उपसचिव खड्ग चौधरीलाई सहरी विकास तथा भवन निर्माण विभागमा तानेर अधिकृतसरहका कर्मचारी विजयकेशर खनाललाई निमित्त आयोजना प्रमुखको जिम्मेवारी दिएका छन्। मन्त्रालय स्रोतका अनुसार खड्गलाई सरुवा गर्न मन्त्री चौधरीले सचिव सुरेश आचार्यलाई दबाब दिएका थिए। आफूले भनेको नमानेको भन्दै मन्त्री मेटमणि खड्गसँग आक्रोशित भएको स्रोतको भनाइ छ।

गत साता मन्त्री चौधरीले मन्त्रालयलका तीनजना सहसचिवलाई सरूवा गरेका थिए। स्रोतले भन्यो, ‘मन्त्री चौधरीले अन्य कर्मचारीलाई पनि सरूवा गर्न सचिवलाई नाम बुझाएका छन्। तर सचिव आचार्य भने तत्काल कर्मचारीको जिम्मेवारी फेरबदल गर्ने पक्षमा छैनन्।’
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस