मंसीर ४ पछि जनकपुरको रेल भन्दा छिटो विकासको गति अगाडि बढछः केपी ओली
०४ कार्तिक २०७९
•
२ मिनेट पाठ
मंसीर ४ पछि जनकपुरको रेल भन्दा छिटो विकासको गति अगाडि बढछः केपी ओली
नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले मंसीर ४ पछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दावी गरेका छन्।  अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै अध्यक्ष ओलीले मंसीर ४ गते बस्ने जनताको ‘महाअदालत’ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने बताएका हुन्। 

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित आदिवासी जनजातिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो फैसला आफ्नो पार्टीको पक्षमा हुनेगरी परिचालित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।  अध्यक्ष ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि जनकपुरमा चलिरहेको रेलको गतिमा विकास, निर्माणको कामले तीव्रता पाउने आश्वासन दिँदै त्यसका लागि गाउँगाउँमा गएर पार्टीको पक्षमा जनमत निर्माण गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे। वर्तमान सरकार काम गर्न नभई अर्कै प्रयोजनका लागि बनेको आरोप लगाउँदै उनले त्यसबाट जनताले विकास, निर्माणको आशा गर्नु बेकार हुने पनि बताए। 

ओलीले भने, ‘म साथीहरुलाई आग्रह गर्न चाहन्छु–यो सरकार काम गर्न जन्मेकै होइन। यसलाई काम गर्ने फुर्सद नै छैन। त्यसकारण यो बेग्लै उद्देश्यका साथ बनेको सरकार हो। अव मंसीर ४ पछि जनकपुरको रेल भन्दा छिटो विकासको गति अगाडि बढछ। हाईवे को गाडी भन्दा छिटो विकासका गति अगाडि बढछ। हाम्रो देशको विकासको गति अगाडि बढछ। साथीहरु ढुक्क हुन म आग्रह गर्दछु। र, यो सन्देश तपाईहरुले गाउँगाउँमा लिएर जानुहोस। गाउँगाउँमा लिएर गएर महाअदालत बसेर महाफैसला मंसीर ४ गते गर्दैछ। अदालत सदालत धेरै बसे। सरकार हटाए। त्यो सबै सच्याउने गरी जनताको महाअदालत ४ गते बस्दैछ। त्यसले महाफैसला गर्नेछ। त्यो महाफैसला सही हुनु पर्दछ । सही फैसला गर्न, गराउन साथीहरु लाग्नुस्। म त्यही आग्रह गर्न चाहन्छु।’

अध्यक्ष ओलीले निर्वाचनको बेला जनतालाई अल्मल्याउने काम सत्तारुढ दलहरुले गरिरहेको आरोप समेत लगाए। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उहाँले आफूहरुले निर्वाचन आचारसंहिता विपरित फ्रि भिसा र फ्रि टिकटको कुरा नगरेको बताए। एमाले जनतालाई सचेत बनाउने र देशलाई समृद्ध बनाउने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस काममा आफूहरु प्रतिवद्ध रहेको दोहोराए। उनले झापाको दमकमा रंगशाला बनाउनका लागि आफैंले काम सुरु गरेको र त्यो काम पूरा गरेरै छाडने दृढता समेत व्यक्त गरे।  

अध्यक्ष ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले अरु पार्टीले २० वर्षमा गर्न नसकेको काम ३ वर्षमै गरेर देखाएको बताए। उहाँले सबै जाति, भाषा र संस्कृतिको विकासका लागि एमालेले काम गर्ने गरेको बताए।  
अर्को समाचार
अपेक्षाको कसीमा सरकारको एक वर्ष
१० पौष २०८०
•
३ मिनेट पाठ
अपेक्षाको कसीमा सरकारको एक वर्ष
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले सोमबार एक वर्ष पूरा गरेको छ। निर्वाचन सम्पन्न भएपछि बनेको सरकारको यो पहिलो वर्ष पनि हो। सामान्यतः यो एक वर्षमा सरकारको आगामी चार वर्षमा तय गर्ने दिशा निर्धारण हुन्छ। एकातिर आमनागरिकमा सरकारप्रति चुलिएका आकांक्षा छन्। अर्कोतिर सरकार आफ्नै गतिमा ती आकांक्षा पूरा गर्ने दिशामा उन्मुख हुनुपर्छ। यस हिसाबले सरकार आमनागरिकका अपेक्षा पूरा गर्न संघर्षरत देखिन्छ। मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाविरुद्धको भाष्य निर्माण गरिएको छ। यस्तो बेलामा सरकारले राज्यका दैनिक कार्य सञ्चालनमा मात्र होइन, संविधानले निदृष्ट गरेको दिशामा आमनागरिकलाई आश्वस्त तुल्याउनुपर्ने बाध्यतामा समेत दाहाल सरकार घेरिएको छ।

संसद्को तेस्रो ठूलो दलको हैसियतमा यतिबेला नेकपा (माओवादी केन्द्र) ले सरकारको नेतृत्व गरिरहनुपरेको अवस्था छ । यो अवस्थामा सबै दललाई साथमा लिएर अगाडि बढ्नुपर्ने चुनौतीपूर्ण अवस्थालाई दाहालले आत्मसात गर्नुपरेको छ। मुलुकमा वामपन्थीको उल्लेख्य उपस्थिति भए पनि दाहाल सरकार टिकाउन नेपाली कांग्रेसको बलियो साथ र सहयोग आवश्यक छ। यसै कारण उनी टिक्न सफल भएका छन्। अस्थिरताकै बीचमा स्थिरता दिनुपर्ने बाध्यताले दाहाल घेरिएका छन्। तैपनि आफ्नो ऊर्जाशील सक्रियता देखाइरहेका छन्। दाहालले यो ऊर्जालाई मुलुकका वर्तमान चुनौती पार गर्न उपयोग गर्नुको विकल्प छैन। उनी आफ्ना काममा सफल हुनु भनेको मुलुकको लोकतान्त्रिक आन्दोलनका दलहरूका निम्ति पनि उपलब्धिपूर्ण हो। यस कारण पनि कांग्रेसलगायतका गठबन्धन दलले उनलाई साथ दिइरहेका छन्। सबै दललाई मिलाएर लैजाने मामलामा दाहाल सक्रिय देखिएका छन्।

सरकारको एक वर्ष आरोह/अवरोधपूर्ण रहेको छ। विशेषगरी भ्रष्टाचार र अनियमितताविरुद्ध सुरु भएको अभियानले यो सरकारप्रति आशावादी हुने वातावरण सिर्जना गरेको पनि हो। बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरण जस्ता अनेकन घटनाक्रममा सरकारको सक्रियता देखिँदा मुलुकमा सुशासनप्रतिको आशा जागेको पनि हो। ती गतिविधिले सरकारप्रति थोरै आशा जगाए पनि पूराका पूरा यसप्रति विश्वास भने अझै बन्न सकेको छैन। अनियमितताविरुद्ध काम गर्न अझै धेरै बाँकी छ। त्यसैगरी सुशासनका निम्ति सरकारले पर्याप्त काम गर्न सकेको अनुभव भएको छैन। आज पनि आमनागरिकले सुशासनको अभावमा कठिनाइ महसुस गर्नुपर्ने अवस्था छ। नागरिकले सरकारी कार्यालयमा पुगेर काम गराउन सक्ने सहज अवस्था छैन। यसलाई संबोधन गर्न सरकार सफल हुन सक्दा मात्रै पनि आमनागरिकमा विश्वास बढ्छ।

एक वर्षयता सरकारका केही मन्त्रीले आफूलाई लोकप्रियताको कसीमा उभ्याउन खोजेको देखिन्छ। यसै पनि नेपाली समाज गहिरो गरी निष्कर्षमा नपुग्ने र सतही काममा रमाउने गरेको देखिन्छ। यस्तो अवस्थामा केही चटकी व्यक्तित्व सतहमा आउन पनि सक्छन् । त्यो नै सरकारको लोकप्रियता हुन सक्दैन। वास्तवमा सरकार लोकप्रिय हुन प्रधानमन्त्रीको नेतृत्वमा सबैले सक्रियता देखाउनुपर्ने हुन्छ। प्रधानमन्त्री दाहालको एउटा गति र अन्य मन्त्रीको आआफ्नै बाटो हुँदा त्यसले सही दिशामा नपु¥याउन सक्छ। यतिबेला मुलुकमा एक किसिमको निराशा तैरिइरहेको देखिन्छ। आफ्नो भविष्यको खोजीमा सबै नेपाली छट्पटाएका छन्। गाउँहरू रित्तिँदै गएका छन्। सकेसम्म अवसरको खोजीमा विदेशिन खोज्ने नागरिकलाई देशभित्रै अवसर रहेको सन्देश दिनुपर्ने अवस्था आइसकेको छ। एक वर्षको कार्य अनुभवका आधारमा सरकारले आगामी बाटो तय गर्नुपर्नेछ।

सरकारको आफ्नै मूल्यांकनमा पनि अपेक्षित काम हुन नसकेको देखिन्छ। आफ्नो कामको आकलन गर्दै त्यसमा देखिएका कमजोरी निराकरणका निम्ति तत्पर हुनु उपयुक्त हो। स्वमूल्यांकनले आगामी बाटो तय गर्न मद्दत गर्छ। मुलुकका निम्ति एक वर्ष लामो नहुन सक्ला तर व्यक्तिका निम्ति भने प्रत्येक दिनको महत्त्व छ। आफ्नो जीवन अपेक्षित उपलब्धिका निम्ति प्रतीक्षारत रहँदैमा गइरहेको हुन्छ। यसले निराशा मात्र बढाउँछ। यो निराशाको स्थिति नहोस् भनेर पनि सरकारले आगामी दिनमा कामलाई गति दिन सक्नुपर्छ। विशेषगरी सरकारका विकास निर्माणका कामको गति अझै अपेक्षाअनुरूप देखिएको छैन। जुन मुलुकले विकास निर्माणका गतिलाई तीव्र पार्न सक्दैन, तिनले आमनागरिक अपेक्षालाई पनि बोक्न सक्दैनन्। सरकारले आफूलाई गतिशील देखाउने हो भने बितेको वर्षको निर्मम समीक्षा गर्दै आगामी बाटो तय गर्नुपर्छ। प्रधानमन्त्री दाहालको जाँगरिलो र गतिशील नेतृत्वले देशलाई अगाडि बढाउन आउने दिनमा थप क्रियाशील हुनुपर्ने अपेक्षा आमरूपमा भइरहेको छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस