रोहित राई, धरान, फागुन १-१२ औं अर्न्तराष्टिय आमन्त्रण टुबोर्ग बुढासुब्बा गोल्डकपको उपाधिको कब्जा गर्न शनिबार नेपाल पुलिस क्लब र अन्नपुर्ण आरसिटी भिड्दैछन्।
विभागीय टिम नेपाल पुलिस क्लब चौथो पटक उपाधि हत्याएर बुढासुब्बाको सर्वाधिक उपाधि विजेता बन्ने दाउमा छ भने एकदशक यता उपाधिविहिन बनेको आरसिटी बुढासुब्बा गोल्डकपको फाइनल जितेर नयाँ शुरुवात गर्ने योजनामा छ। आरसिटीले ०५७ को काठमाण्डौंमा सम्पन्न बर्थ डे कप पछि यता कुनै पनि ठुला प्रतियोगिताहरु जित्न सकेको छैन।
बुढासुब्बामा दोस्रो पटक सहभागी आरसिटी फाइनल पुगेको पहिलो अवसर हो। त्यसैले पनि उपाधि कब्जा गरेर बुढासुब्बामा इतिहास रच्न आरसिटीले कुनै कसर बाँकी राख्ने छैन। जारी सँस्करणमा गोल नखाइ फाइनल पुगेको आरसिटीले पुलिससँगको भिडन्तमा यो क्रमलाई निरन्तरता दिनु निक्कै ठुलो चुनौती हुनेछ। आरसिटीले क्वार्टरफाइनलमा झापालाई १-० र सेमीफाइनलमा आयोजक धरानलाई टाइबेकरमा पराजित गरेको थियो। यसअघि बुढासुब्बाको पहिलो सँस्करणमा सहभागी आरसिटी सेमीफाइनलमा भारतको बुल्गेरिया स्पोर्टिग क्लबसँग पराजित भएको थियो।
पाँच पटक बुढासुब्बाको फाइनल पुगेको पुलिसले दोस्रो, चौथो र पाँचौ सँस्करण जितेर नबील थ्रीस्टारसँगै तीनपटकको उपाधि विजेताको रेकर्ड कायम गरेको छ। तेस्रो सँस्करणमा वंगलादेशको धनमण्ड क्लब र छैठौं सँस्करणमा मनाङ मर्स्याङदी क्लबसँग पराजित भएर सर्वाधिक उपाधि जित्नेको रेकर्ड कायम गर्न पुलिस असफल भएको थियो। जारी सँस्करणमा पुलिसले क्वार्टरफाइलनमा किसोर खेलाडीहरुले भरिएको एन्फा यु १६लाई ४-० र हिमालयन शेर्पा क्लबलाई २-०ले हराएर फाइनल यात्रा गरेको हो। फाइनलमा दुवै टिम ४-४-२ को शैलीमा मैदानमा उत्रनेछन्। दुवै टिम आक्रामक शैलीमा उत्रने भएकोले फाइनल ज्यादै प्रतिस्पर्धात्म हुनेछ। पुलिसले पहिलो रोजाइका तथा भरपर्दा खेलाडीहरु जुमानु राई, राकेश श्रेष्ठ, चेतन घिमिरे र दिपक पौडेल घाइते भएको कारण उनीहरु विना नै फाइनल खेल्नुपर्ने छ।
काठमाण्डौंमा शुरु हुने लिगको लागि पनि चारै खेलाडीलाई पुलिसले मैदानमा उतार्ने छैन। यसको फाइदा फाइनलमा आरसिटीले उठाउन सक्छ। तर, पुलिसका प्रशिक्षक विराटकष्ण श्रेष्ठ मैदानमा आफ्ना खेलाडीहरुले जुमानु, राकेश, चेतन र दिपकको कमी महशुश हुन नदिनेमा ढुक्क छन्। "हामी हाछांैं भनेर कहिल्यै खेल्दैनौं, त्यसैले खेलाडी घाइते हुदैमा निराश हुनुपर्ने अवस्था छैन"-प्रशिक्षक श्रेष्ठले भने। तरपनि, आरसिटी सशक्त टिम भएकोले कम आक्न नहुने उनको भनाई छ। "आरसिटी पनि राम्रो टिम हो। कुनै पनि टिमलाई जित्न सक्ने क्षमता आरसिटीसँग छ"-पुलिसका प्रशिक्षक श्रेष्ठले भने।
प्रशिक्षक श्रेष्ठले फाइनलमा सबैभन्दा बढी आशा मिडफिल्डबाट गरेका छन्। जसलाई पर्वत पाण्डेले सम्हाल्नेछन्। पाण्डेसँगै मिडफिल्डमा योगेश श्रेष्ठ, रोशन कार्की र भोला सिलवाल रहनेछन्। फरवर्डमा पंकज शाही र दिपेन श्रेष्ठ रहनेछन्। सुमन सुवेदी,रुपेन श्रेष्ठ, दिपेन्द्र पौडेल र सुरज विश्वकर्माले रक्षापंक्ति सम्हाल्नेछन्।
आरसिटीका प्रशिक्षक मधु कार्की आफ्ना खेलाडीहरु राम्रो फर्ममा रहेकोले जित्ने आत्मविश्वास रहेको बताउँछन्। "खेलाडीहरु राम्रो खेलिरहेका छन्। पुलिसका खेलाडी घाइते भएकोले फिट छैन जस्तो छ। त्यसैले फाइनल जित्ने विश्वास छ"-आरसिटीका प्रशिक्षक कार्कीले भने। पुलिस विरुद्धको फाइनलमा आक्रामण खेल्ने रणनीति बनाएको आरसिटीले फरवर्डमा ऋर्षि राई र दिपक राईलाई उतार्नेछ। प्रशिक्षक कार्कीका अनुसार आरसिटीको दह्रो रक्षापंक्ति पुलिसको लागि टाउको दुःखाइ हुनेछ। कष्ण कुँवर, रघु प्रजापति, सन्तोष गुरुङ र भिम दर्लामीले आरसिटीको रक्षापंक्तिलाई सम्हाल्नेछन्। "हामीलाई उपाधिको खडेरी लागेको छ, त्यसैले बुढासुब्बा जितेर हटाउनुछ। खेलाडीहरु जित्ने आत्मविश्वासका साथ खेल्नेछन्"-प्रशिक्षक कार्कीले भने।