काँग्रेस बाजुराको चुनावी रणनीति: बाह्य प्रचार कम, भित्री भेटघाट बाक्लो
१२ कार्तिक २०७९
•
३ मिनेट पाठ
काँग्रेस बाजुराको चुनावी रणनीति: बाह्य प्रचार कम, भित्री भेटघाट बाक्लो
घरदैलोमा काँग्रेसका उम्मेदवार बद्री पाण्डे।
नेपाली काँग्रेस बाजुराले बाह्य प्रचारलाई कम महत्व दिएको छ। जनताको घरदैलो पुग्ने र चुनावी एजेण्डा सुनाउने आन्तरिक रणनीति बनाएको काँग्रेसले बाह्य प्रचारलाई कमै महत्व दिएको हो। 




बाह्य प्रचारमा गठबन्धनको नाममा नेकपा माओवादी र एकीकृत समाजवादी साथमा नदेखिए सन्देश नराम्रो जाने मानसिकताका साथ काँग्रेसले आन्तरिक प्रचारलाई नै महत्व दिएको देखिन्छ। उम्मेदवारी दर्ता लगत्तै डेंगुले थला परेका काँग्रेस सहमहामन्त्री एवं गठबन्धनको तर्फबाट प्रतिनिधी सभा उम्मेदवार बद्री पाण्डे ढिलो गरि प्रचारमा जोडिएका छन्। 

प्रदेश निर्वाचन क्षेत्र (क) मा माओवादी वा समाजवादी मध्ये कस्ले टिकट कस्ले पाउने र आधिकारीकता को भन्नेमै विवाद देखिँदा काँग्रेस खुला प्रचारमा कमै देखिएको छ।

गठबन्धनका तर्फबाट प्रदेश (ख) का उम्मेदवार पदमबहादुर शाहीले घरदैलो तथा चुनावी भेटघाटलाई निरन्तरता दिएपनि प्रतिनिधी सभा उम्मेदवार बद्री पाण्डे जगन्नाथका केही बस्ती बाहेक पुगेको अवस्था छैन्। समाजवादीका उम्मेदवार नरेश कुमार शाही बोक्ने की माओवादीका कर्णबहादुर विक दोधारमा काँग्रेस देखिन्छ।  

उसोत बाह्य प्रचारले हल्ला मात्र हुने उपलब्धी कमै देखिने भएकोले काँग्रेस आन्तरिक तयारी, छलफल र भेटघाटमा लागेको देखिन्छ। चुनावी सभा र कार्यक्रम गर्दा जनतासँग भेटघाट कम हुने र प्रचारले खासै अर्थ नराख्ने निष्कर्ष सहीत काँग्रेसले यो पटक चुनावी प्रचार रणनीति नै फेरेको देखिन्छ।  

उम्मेदवार आउनु पूर्व सबैलाई जानकारी दिने, बाह्य सूचना जारी गर्ने र प्रचार गर्ने नीति नै नलिएको काँग्रेसका एक नेताले जानकारी दिएका छन्। बद्री पाण्डे कार्तिक ८ गतेमात्र बाजुरा आएका हुन्। कोल्टीमा झरेका पाण्डेले जगन्नाथ घुमेर बुढीनन्दा हुँदा मार्तडी पुगेका छन्।  

मार्तडीमै पालिका केन्द्रीत अगुवा नेता कार्यकर्ता भेट्ने र चुनावी रणनीति तय गर्ने रणनीतिमा काँग्रेस देखिन्छ। काँग्रेसले चुनावी घरदैलोमा सीमित नेता कार्यकर्ता परिचालन गरी सबैलाई जिल्ला तथा पालिका तहका नेताहरुलाई सम्बन्धित गाउँ, बस्ती र वडामा केन्द्रीत हुन सर्कुलर नै गरेको देखिन्छ।  

शनिबार मात्र मार्तडीमा काँग्रेसले सामुहीक तथा पालिका स्तरीय छलफल गरेको छ। सबै भातृभगेनी संगठन र आवश्यक चुनावी योजनाकारसँग छलफल चलाएको छ। प्रचारका लागि कमै समय भएकोले काँग्रेस प्रत्येक टोल पुग्ने र ठुला कार्यक्रम गर्ने पक्षमा देखिएको छैन्। सबैलाई समेट्ने र सन्देश पुर्याउने लक्ष्य सहीतको योजनामा काँग्रेस रहेको प्रतिनिधी सभा उम्मदेवारको चुनावी प्रचारमा हिँडेका एक नेताले जानकारी दिएका छन्।  

सबै वडा बस्तीमा पुग्ने लक्ष्य छ, तरपनि त्यो भन्दा बढी महत्व आन्तरिक प्रचार रणनीतिलाई अघि सारेको काँग्रेसका ती नेताले बताए। काँग्रेसले समाजवादी र माओवादीको साथ पाए एमालेसँग सहजै जित्न सकिने आँकलन गरेको छ। तर स्थानीय तहको मत, गठबन्धन भित्रको अन्तर कलहले मुस्कीलको अवस्था छ।  

हालसम्म गठबन्धनका तीन दलका नेताहरु सामुहीक प्रचारमै हिँडेका छैनन्। समाजवादीका नेताहरु मार्तडीमा जिल्ला कमिटीको बैठकमा व्यस्त छन्। भने माओवादीका नेताहरु पनि कोल्टीमा चुनावी रणनीति बनाइरहेका छन्। समाजवादीका उम्मेदवारलाई सहयोग पुग्ने संकेत देखाएपनि माओवादीका उम्मेदवार रिसाएका छन्। काँग्रेसले बडीमालिका नगरपालिकाबाट चुनावी प्रचार सुरु गर्ने बताएको छ।
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
६ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस