निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छः प्रवक्ता महत
१३ कार्तिक २०७९
•
२ मिनेट पाठ
निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छः प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवत्ता डा.प्रकाश शरण महतले निर्वाचनपछि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दावि गरेका छन्। नेपाल प्रेस यूनियन चितवन शाखाले आज(आइतवार) भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै महत्तले अहिलेकै दलहरुबीचको सहकार्यमा नेपाली कांग्रेसको सरकार बन्ने बताएका हुन्।  




‘लोकतान्त्रिक मुल्य मान्यता र संविधान माथि जतिबेलासम्म खतरा रहन्छ। त्यसबेलासम्म हामी साथै जान्छौँ। खतरा छैन भनेपछि स्वच्छ प्रतिस्पर्धा गरौँला। त्यो भविष्यको कुरा हो, महतले भने ‘आउने सरकार गठबन्धनकै बन्छ नेपाली कांग्रेसकै नेतृत्वमा बन्छ।’ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र  डा.बाबुराम भट्टराईले सहित स्वयम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बन्ने बताउँदै आएका छन्। त्यसको प्रतिउत्तरमा प्रवक्त महत्तले नेपाली कांग्रेसको सरकार बन्ने दावि गरेका हुन्।  

‘हिजो त हामी जुन अवस्थामा थियौँ। त्यतिखेर त हाम्रै नेतृत्व खोजर आए।’ उनले भने, ‘जसको नेतृत्वमा सरकार बन्छ त्यो म हुन्छु भनेर हिँड्दैन।’ उनले पार्टी सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री हुने संकेत गरे। उनले निर्वाचन पछि पनि गठबन्धन नटुट्ने दावि समेत गरे। नेपाली कांग्रेसको ध्यान बढी सिट जित्नेमा गएको भन्दै बागी उम्मेद्वारहरुलाई गठबन्धनलाई सघाउन समेत गनुरोध गरे।  

‘उहाँ जुन ठाउँमा उभिनु भएको छ त्यो अहिले उपयुक्त छैन। अहिले व्यक्तिगत बिषय होइन। पार्टीमा को भयो भएन भन्ने कुरो होइन। धेरै योग्य साथीहरु हुनुहुन्छ। गठबन्धनमा कतिपय ठाउँमा छोड्न पर्ने हुन्छ। उहाँलाई त्यो ठाउँ छोडेर गठबन्धनलाई समर्थन गर्न म आग्रह गर्छु’, डा. महतले भने।

अहिले कांग्रेसको नेतृत्वमा गठबन्धन अघि बढेकोले यसलाई अन्यथा सोच्न नहुने उनको भनाइ थियो। उनले बागी उम्मेदवारहरुलाई पार्टीले जिम्मेवारी दिएर उचित ठाउँमा व्यवस्थापन गर्ने भन्दै गठबन्धनको पक्षमा सहयोग गर्न आग्रह गरे। ‘उहाँहरुलाई पार्टीले मुल्याङ्कन गरेर जिम्मेवारी दिन्छ। राज्य संरचनामा पनि त्यस्ता साथीहरुलाई हामी जिम्मेवारी दिन्छौं’, उनले भने। नेपाली कांग्रेस बढी उम्मेद्वार उठाउने भन्दा पनि जित्ने गरि निर्वाचनमा भएको उनको भनाई थियो।
अर्को समाचार
निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकार: प्रवक्ता महत
२० कार्तिक २०७९
•
१ मिनेट पाठ
निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकार: प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी मङ्सिरमा हुने निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण हुने बताएका छन्।  




प्रवक्ता डा महतले भने, 'लामो समयदेखि अवरुद्ध विकास प्रक्रियालाई गति दिन तथा नेपालको समृद्धिका लागि पनि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक छ र आगामी निर्वाचनपछि यस्तो सरकार बन्छ।' 

आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने , 'विभिन्न रुपमा संविधानको मूल मर्ममाथि प्रहार हुन थाल्यो। प्रतिगामी विभिन्न बहानामा सल्बलाउने जस्तो देखियो र नेपाली जनताले नै वर्तमान सरकारको चाह गरेका हुन्। अब पनि संविधानको रक्षा र देशको विकास गर्नु छ, हाम्रो यही दायित्व बहन गर्न कांग्रेस नेतृत्वको सरका आवश्यक हो।'  

प्रवक्ता डा महतले यो निर्वाचन सबैका लागि कोसेढुङ्गा सावित हुने पनि बताए। उनले निर्वाचनपछि मुलुकमा स्थायी सरकार बन्नेमा जोड दिए। उनले निर्वाचनमा कांग्रेस नेतृत्वको वर्तमान सत्ता साझेदार दलको गठबन्धनले नै स्पष्ट बहुमत हासिल गर्ने बताए। 'यो निर्वाचनमा स्पष्ट बहुमत कांग्रेसको पक्षमा आउँछ र कांग्रेसकै नेतृत्वमा सरकार पनि बन्छ।'  

उनले भने, 'हिजो संसद्मा नेपाली कांग्रेस थोरै सिटका साथ उपस्थित थियो र पनि नेपाली जनता तथा कांग्रेसबाहेकका अन्य पार्टीले कांग्रेसकै नेतृत्वको अपेक्षा गरे भने अबको चुनावपछि त कांग्रेस पहिलो पार्टी नै बन्ने निश्चित छ।' प्रवक्ता महतले नेपाली कांग्रेसले आगामी चुनावमा समानुपातिकमा मत प्रतिशत पहिलेको तुलनामा धेरै बढाउने बताए।  

गठबन्धनका दलको उदेश्य एउटै भएकाले गठबन्धन गरिएको हो भन्दै चुनावपछि यही गठबन्धन मिलेर सरकार बनाउने र देशमा विकासको लहर ल्याउने उनको दाबी थियो। 
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस