निराहार ब्रत बसेर छठ पर्व मनाउँदै इटहरीका मेयर पौडेल
१३ कार्तिक २०७९
•
२ मिनेट पाठ

छठ पर्वको महत्वपूर्ण दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइएको छ। यसै क्रममा इटहरीको बुढीगंगा जमूना मुक्तिधाममा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले पनि अस्ताउँदो सूर्यलाई अर्घ दिएर पर्व मनाए।  

मेयर पौडेलले निराहार ब्रत बसेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन्। बुढीगंगा जमूना मुक्तिधाममा छठ पर्वको औपचारिक उद्घाटन उनै पौडेलले पानसमा बत्ती बालेर गरेलगतै अस्ताउँदो सूर्यलाई अर्घ दिन खोलाको पूजा स्थलमा गएका थिए।  

इटहरी छठ सेवा समितिका उपाध्यक्ष बासुदेव कर्णका अनुसार पछिल्लो चार दसकयता कार्यक्रमको प्रमुख अतिथि नै निराहार ब्रत बसेको पौडेल पहिलो घटना हो। ‘छठ पूजाको उद्घाटन गर्दा हामीले जहिल्यै धार्मिक आस्था राख्ने व्यक्तिद्दारा उद्घाटन गर्ने गरेकोमा यसपटक मेयर पौडेलले निराहार व्रत बसेर मनाउने घोषणा गरेसँगै उहाँबाटै कार्यक्रम उद्घाटन पनि गरिएको हो,’ उनले भने।  

इटहरीको बुढीगंगा जमूना मुक्तिघाटमा पश्चिम इटहरीतर्फ र पूर्व सुन्दरहरैँचातर्फ पूजा स्थल निर्माण गरिएको छ। जसमा ठूलो संख्यामा ब्रतालु उपस्थित भएर अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्। यहाँ छठ पूजाका लागि भक्तजनलाई रातभर बस्न सहजताका निम्ति टेन्ट र पण्डाल लगाइएको छ। सुरक्षाका लागि प्रहरीले बाक्लो परिचालन गरिएको छ।

उत्ता, विराटनगरमा पनि विराटनगरवासीहरुले स्थानीय सिंगिया खोला, नहर र पोखरीहरुमा अस्ताउँदो सूर्यलाई अर्घ दिई श्रद्धा एवम् भक्तिपूर्वक मनाएका छन्। प्रकृतिको पूजा गर्दै मनाइने छठ पर्वले मधेसमा बसोबास गर्ने विभिन्न  समुदायहरुबीच सौहार्दता, आत्मीयता र सद्भाव स्थापना गर्न सहयोग पुगेको छ। उनीहरुले सामुहिक रुपमा पूजापाठ र व्रत गरेका छन्।  

उदाउँदो र अस्ताउदो सूर्यको उपासना गरी मनाइने यो पर्वमा व्रतालु महिला–पुरुषले चोखो निखो बसेर पूजा–आजा गरेमा पारिवारिक सुख, समृद्धि र रोगव्याधीबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ। केही स्थानीयहरुले भने कोरोना संक्रमणको जोखिमका डर र भीडभाडबाट जोगिन घर मै पोखरी बनाएर छठ पर्व मनाएका छन्।  

तराईमा बसोबास गर्ने मधेसीहरु मात्र होइन छठ पर्वलाई पहाडी मुलका हिन्दु धर्माबलम्बीहरुले पनि श्रद्धापूर्वक मनाएका छन्। सोमबार बिहान उदाँउदो सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन हुन्छ।
अर्को समाचार

इटहरीका मेयर हेमकर्ण पौडेल अस्ताउँदो सूर्यलाईं अर्घ दिर्दैं।

लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ

कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ

नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस