चुनावी प्रचार प्रसारमा रहेका नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला एक्कासी बिरामी भएपछि अस्पताल भर्ना भएका छन् ।
आज दिउँसो नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा कोइराला बिरामी भएपछि चितवनको पुरानो मेडिकल कलेज भर्ना गरिएको छ। नवलपुर क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्य पदका उमेद्वार समेत रहेका कोइराला चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बेहोस भएर ढलेका थिए।
अहिले भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। 'सबै रिपोर्ट राम्रो छ। उहाँ स्वस्थ नै हुनुहुन्छ,'अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा पौडेलले भने 'उहाँलाई आज अस्पतालमा रेस्ट गराएर भोली बिहान डिस्चार्ज गर्दछौं ।' कोइराला यस क्षेत्रबाट दुईपटक निर्वाचित सांसद हुन्।