बागलुङ- आगामी चैत २८ मा बागलुङ क्षेत्र नम्बर १ मा हुने संविधानसभा उपनिर्वाचनका लागि टिकट हात पार्न राजनीतिक दलका नेताहरू दौडधूपमा लागेका छन्। यस क्षेत्रबाट निर्वाचित सभासद हरिबहादुर खड्काको सडक दुर्घटनामा परी निधन भएकाले निर्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो। आयोगले आगामी चैत १ उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ।निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीबाट १४ जनाले चुनावी दौडमा जाने इच्छा देखाएका छन्। उनीहरूमध्ये अधिकांश टिकट हात पार्न काठमाडौं गएका छन्।
कांग्रेसमा दिवंगत सभासद खड्काकी पत्नी चम्पादेवी, छोरा डा. सुदीप, पार्टीका पूर्व जिल्ला सभापति मणिभद्र शर्मा कँडेल, कार्यवाहक सभापति जगदीशचन्द्र उपाध्याय, महासमिति सदस्य दीपेन्द्र थापा र क्षेत्रीय सभापति होमबहादुर हमालले इच्छा देखाएका छन्। केन्द्रले उम्मेदवारको नाम नमागेकाले कसैलाई पनि सिफारिस नगरिएको जिल्ला सभापति प्रकाश शर्मा पौडेलले बताए। 'साथीहरूले व्यक्तिगत रूपमा इच्छा जाहेर गर्नुभएको छ,' पौडेलले भने, 'केन्द्रबाट माग भएपछि प्रक्रियागत रूपमा अघि बढाउछौं।'
एमाले र एमाओवादीले जिल्ला तहबाट सम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिसकेका छन्। एमाले क्षेत्रीय समितिको सिफारिसमा जिल्ला कमिटीले पाँच जनाको नाम केन्द्रमा पठाएको छ। 'केन्द्रको निर्देशनबमोजिम पाँच आकांक्षीको नाम सिफारिस गरेका छौं,' एमाले जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले भने, 'अन्तिम टुंगो केन्द्रीय नेतृत्वले लगाउनेछ।'
समान प्राथमिकताका आधारमा गत निर्वाचनमा पराजित भएका हीराबहादुर केसी, वैकल्पिक केन्द्रीय सदस्य मनकुमारी केसी, प्ररायु संघका पूर्व महासचिव इन्›लाल सापकोटा, पूर्व जिल्ला अध्यक्ष जनक पौडेल, पूर्व ऊर्जा राज्यमन्त्री रामजीप्रसाद शर्मालाई एमालेले सिफारिस गरेको हो।
एमाओवादीले पनि उम्मेदवारका लागि जिल्ला सदस्य गीता शर्मा, प्रचार विभाग प्रमुख कृष्ण केसी, तिलक उप्रेती र यज्ञवल्लभ शर्मालाई केन्द्रमा सिफारिस गरेको कार्यालय सचिव चन्द्रबहादुर थापाले जानकारी दिए।
गत निर्वाचनमा नेपाली कांग्रेसका खड्का १३ हजार ५ सय मत प्राप्त गरी विजयी भएका थिए भने निकटतम प्रतिद्वन्द्वी एमालेका केसीले ११ हजार ९ सय ६३ मत प्राप्त गरेका थिए। तेस्रो स्थानमा रहेका एमाओवादीका कृष्ण केसीले ६ हजार ३ मत प्राप्त गरेका थिए।
३ हजार मतदाता थपिए
प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती निरीक्षण गरी जिल्ला निर्वाचन कार्यालयलाई आवश्यक निर्देशन दिएर फर्किसकेका छन्। उप्रेतीको निर्देशनसँगै निर्वाचन कार्यालयले उपनिर्वाचनलाई नमुना बनाउने तयारीका साथ काम गरिरहेको छ।
फोटोसहितको नामावली संकलन गर्ने कार्य सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले जानकारी दिए। 'करिब ३७ सय जनाले फोटोसहितको नामावलीमा नाम दर्ता गराएका छन्,' उपाध्यायले भने, 'हरेक गाविसमा मतदाताको मृत्यु र बसाइसराइलाई घटाउँदा करिब ३ हजार मतदाता थपिने देखिएको छ।'
कार्यालयले मृत्यु भएका मतदाताहरूको नाम छानबिन गरी अन्तिम संख्या सार्वजनिक गर्ने तयारी गरेको छ। गत वर्ष मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा मतदाता संख्या ४७ हजार ८ सय ८० थियो। उपनिर्वाचनमा विद्युतीय मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाउने आयोगले जनाएको छ। कार्यालयले 'मतदाता सहजकर्ता' मार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। छनोट गरिएका ६५ जना सामाजिक परिचालक र स्वयंसेवकले घरघरमा पुगेर प्रत्येक मतदातालाई प्रशिक्षण दिने उपाध्यायले जानकारी दिए। 'मतदाता शिक्षाका लागि हरेक गाविसमा सहजकर्ता तयार गरेका छौं,' उनले भने, 'तालिम दिएपछि हरेक मतदातालाई भोटिङ मेसिनमार्फत भोट गर्ने तरिका सिकाउने तयारी छ।'